पर्सा जिल्लाको पर्सागढी नगरपालिका १ गुलरियाबाट आज शनिबार एपीएफ टोलीले करीब एक लाख ५० रुपैयाँ बराबरको ५० क्यूफिट सालको गोलिया काठ बरामद गरेको छ।
सो ठाउँस्थित धान खेतमा लुकाई राखेको अवस्थामा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस बागेश्वरीबाट खटिएको एपीएफ टोलीले उक्त काठ बरामद गरेको हो।
बरामद काठ सब–डिभिजन वन कार्यालय सबैयामा बुझाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक अजय छतकुलीले बताएका छन्।