पत्रकार थापाको हत्या अभियोगमा ५ पक्राउ
२१ पौष २०६९
•
३ मिनेट पाठ
पत्रकार थापाको हत्या अभियोगमा ५ पक्राउ
गोविन्द केसी, दैलेख, पुस २१ - तत्कालिन माओवादी कार्यकर्ताबाट मारिएका पत्रकार डेकेन्द्रराज थापाको हत्या अभियोगमा दैलेख प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एकृकित नेकपा माओवादी तथा नेकपा-माओवादीका जिल्ला स्तरीय नेता/कार्यकता छन्।
 
पत्रकार थापाको हत्या अभियोगमा द्वारी -१ का लक्षीराम घर्तीमगर, रानीवन -१ का जयबहादुर शाही, बालुवाटार- ७ का बीरबहादुर केसी, बालुवाटार- ९ का निरकबहादुर घर्तीमगर र द्वारी- ३ का हरिलाल पुनमगरलाई अनुसन्धानको लागि दैलेख प्रहरीले पक्राउ गरेको हो।
थापापत्नी लक्ष्मीले स्थानीय माओवादी कार्यकर्ताहरु 'मुक्ति' भनिने कट्टीका बमबहादुर खड्का, छिउडीपुसाकोटका बमबहादुर खड्का, केशव खड्का, द्वारीका लक्षीराम घर्तीविरुद्ध कानुनी कारबाहीको माग गर्दै ०६५ भदौ १२ गते जाहेरी दर्ता गरेकी थिइन्।
प्रहरीले घटनाको अनुसन्धान गर्न किटानी जाहेरीमा नाम भएका लक्षीराम घर्तीलाई नियन्त्रणमा लिएपछि अन्य कार्यकर्ताहरु मुछिएका हुन् । किटानी दिएका अन्य ३ जना आरोपीहरुलाई व्यापक खोजीकार्य गरिरहेको प्रहरी निरीक्षक विनोद शर्माले जानकारी दिए। बीरबहादुर केसी बाहेक अरु नेकपा-माओवादी समर्थित कार्यकर्ताहरु हुन्।

डिएसपी शारदाप्रसाद चौधरीले अनुसन्धानको लागि पक्राउ गरिएको जानकारी दिएका छन्। पुनरावेदन अदालत सुर्खेतले १५ गतेसम्म जिल्ला प्रहरी कार्यालयलाई विपक्षी बनाएर के कति कारणले पक्राउ गरी अनुसन्धान गरेको भनेर लिखित रुपमा परमादेश जारी गरेको छ। जाहेरी दिएको ४ वर्षपछि उनीहरु अनुसन्धानको लागि पक्राउ परेका हुन्। आइतबार प्रहरीले जिल्ला अदालत दैलेखमा ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता गर्ने तयारी गरेका छ।

पत्रकार हत्या अभियुक्त पक्राउ परेपछि स्थानीयहरुले छोड्न दबाब दिन गएका एकिकृत नेकपा माओवादी इञ्चाज कर्ण बस्नेत तथा नेकपा-माओवादीका पुर्व सभासद् भरत रेग्मी लगाएत नेताहरुलाई प्रहरी कार्यालय बाहिर घेराउ गरेका थिए। सदरमुकाममा स्वर्गीय पत्रकार थापाको शुभचिन्तकहरुको ठूलो भिड् लागेको छ। माओवादी मिलिसियाको नियन्त्रणमा राखिएका डेकेन्द्रको ०६१ साउन २७ गते द्वारी-१ स्थित नेरा निमाविको कक्षाकोठामा हत्या गरिएको थियो।
अर्को समाचार
माओवादीविरुद्ध स्थानीयको प्रदर्शन
२२ पौष २०६९
•
२ मिनेट पाठ
माओवादीविरुद्ध स्थानीयको प्रदर्शन
डेकेन्द्र हत्या अभियुक्तलाई ५ दिन म्याद-
गोविन्द केसी, दैलेख, पुस २२- तत्कालीन नेकपा माओवादीद्वारा यातना दिएर हत्या गरिएका दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्या अभियोगमा अनुसन्धानका लागि पक्राउ परेका पाँच जनालाई जिल्ला अदालत दैलेखले ५ दिनको म्याद थपेको छ।

पाँच जना नेतालाई जिल्ला सरकारी वकिल कार्यायलले बयान लिएपछि अदालतबाट ५ दिनका लागि थप अनुसन्धान गर्न म्याद थपिएको अनुसन्धान अधिकृत विनोद शर्माले जानकारी दिए। म्याद थप हुनेमा रानीवन-१ का ६० वर्षीय जयबहादुर शाही, द्धारी-१ का ४५ वर्षीय लक्षीराम घर्तीमगर, बालुवाटार-९ का ४१ वर्षीय निरकबहादुर धर्तीमगर. वालुवाटार-७ का ४२ वर्षीय वीरबहादुर केसी र द्धारी- ३ का ५० वर्षीय हरिलाल पुन छन्।

म्याद थपेर ल्याउँदै गर्दा सदरमुकाममा हजारौं जिल्लाबासीले पत्रकार डेकेन्द्रको हत्यामा संलग्नलाई कडाभन्दा कडा कारबाहीको माग गरेका थिए। संस्थापक र वैद्य पक्षीय माओवादीले अनुसन्धानमा दबाब दिएको भन्दै विरोध गरेका छन्।
प्रहरीले गरेको कामको प्रशंसा गर्दै स्थानीयले धन्यवाद दिएका छन्। हत्यामा संलग्नमाथि अनुसन्धान गरी कानुनी प्रक्रियामा लैजान अवरोध गरे नेकपा-माओवादी र एकीकृत माओवादी जिल्लाबाटै सकिने जुलुशमा सहभागीले बताए। डेकेन्द्रको ०६१ साउन २७ गते द्धारी गाविसमा यातना दिएर जिउँदै विभत्स हत्या गरेका थिए।
हत्या गरेको ४ वर्षम्मपछि उत्खलनन् गरी दाह संस्कार गरिएको थियो। स्वर्गीय पत्रकार थापा पत्‍नी लक्ष्मीले २०६५ भदौ १२ गते दिएको किटानी जाहेरीका आधारमा आरोपी ४५ वर्षीय लक्षीराम घर्तीलाई पक्राउ गरी अनुसन्धान गरिएको हो। घर्तीले दिएको बयानका आधारमा अन्य ४ जना माओवादी कार्यकर्तालाई पक्राउ गरिएको हो।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस