चाँदनी हमाल, चितवन, पुस १५ -माडीमा आतंक मच्चाउदै आएको जंगली हात्ती ध्रुवे नियन्त्रण प्रयास असफल बनेको छ। ध्रुवे खोज्ने पुरानो प्रयास असफल भएको भन्दै स्थानीय र जिल्लाका राजनीतिक दलहरुले नयाँ योजना ल्याउन माग गरेका थिए। पुस १ गतेदेखिको खोजीले ध्रुवे नभेटिएपछि थप स्रोध साधन सहितको तयारी निकुञ्जले गरेको छ।
'निकुञ्जले थप्ने मावन स्रोत नै हो,' प्रमुख संरक्षण अधिकृत डा.महेश्वर ढकालले भने, 'सुरक्षाका तर्फबाट पनि आफ्नै पहल भैरहेको छ।' अहिले करिब २५ देखि ३० जना सहितको तीनटोली निकुञ्जमा खटिएका छन्। त्यसैमा अझ थप गरेर ध्रुवे खोजीमा परिचालन गरिने जानकारी उनले दिए।
'डार्टका लागि निकुञ्जकै प्रविधि राम्रो छ,' ढकालले थपे, 'एकपल्ट धु्रवे भेटियोस भन्ने हो।' उनका अनुसार डार्ट गर्न जंगलमा प्रष्ट देखिने करिब २० मिटरको दुरी र खुला मैदानमा करिब एककिलोमिटरमा भेटिएमात्र डार्ट गर्न मिल्छ। जाडोको हुस्सुले नजिकका वस्तुहरु पनि नदेखिदा ध्रुवे नजिकै हुँदा पनि हान्न नसकिएको उनको भनाई छ।
डार्ट टोलीका नेतृतवमा तीनवटा डार्ट गन छ। जसमा डा.कमल गैरेले बोक्ने आवाज कम आउने प्रेसर गन र अन्य दुई प्राविधिकले बोक्ने डार्ट गन छ। तर ति सबैको रेन्ज खुला ठाउँका लागि मात्र रहेको प्राविधिकहरु बताउँछन्। टोलीसँग ध्रुवेको घाँटीमा जडान गरेको रेडियोकलर रिसीभर छ।