काठमाडौं, पुस ११ - ब्रिटिस गोरखा आर्मीमा कार्यरत नग्स राईले धरानमा रहेको अपाङ्ग पुनर्स्थापना गृहका लागि सिरक, बेडकवर र तौलिया प्रदान गरेका छन्।
शुक्रबार साप्ताहिकको गत अंकमा प्रकाशित अपाङ्ग पुनर्स्थापना गृहको समाचार पढेर प्रभावित बनेका राईले नेपाल रिपब्लिक मिडिया मार्फत गृहका बालबालिकाका लागि लत्ता कपडा प्रदान गरेका हुन्। बुधबार नागरिक दैनिक तथा शुक्रबार साप्ताहिकका प्रधानसम्पादक किशोर नेपाललाई उनले कार्यालयमै सो सामाग्री हस्तान्तरण गरे।
बेलायतमा रहेका राई क्रिसमस विदामा २ हप्ताकालागि नेपाल आएको बेला पत्रिकामा समाचार पढेपछि सहयोग गरेपछि प्रधानसम्पादक नेपालले उनलाई धन्यवाद दिँदै विदेशमा रहेका युवाहरुको सानो सहयोग पनि नेपालीहरुका लागि ठूलो हुने बताए। उनले सामाग्री हस्तान्तरण गर्दै आफ्नो पहिलादेखि समाजकालागि केही गर्ने सोच भएकाले सहयोग गरेको बताउँदै भने 'यहिँबाट मेरो समाजसेवा सुरु भयो, अब यस्तो सेवा निरन्तर गर्छु र रिटायर्ड भएपछि नेपालमै बसेर सामाजिक कार्य गर्छु।'
उनले यसअघि पनि बाढि पीडित, मृगौला पिडितलाई सहयोग गर्दै आएको बताए। पहिला इटहरी र हाल काठमाडौंका बासिन्दा राई सत्र वर्षदेखि ब्रिटिस सेनामा कार्यरत छन्। नेपाल रिपब्लिक मिडियाले उक्त सामाग्री अपाङ्ग पुनर्स्थापना गृह धरानमा पठाइदिने छ।
यस्तो थियो शुक्रबारमा प्रकाशित समाचार
दह्रो सहयोग
गोपाल दाहाल
कसैका खुट्टा चल्दैनन्, कसैका हात। कोही दृष्टिविहिन त कोही सुस्त मनस्थितिका। उनिहरु सवैका साझा अभिभावक बनेका छन् ५२ बर्षिय भीम राई।
विभिन्न प्रकारका अपाङ्गता भएका १८ बालबालिकाको स्याहार सुसार, लाउन खान, शिक्षा दिक्षा सवैको जिम्मेवारी छ भीमको थाप्लोमा। अपाङ्गता भएर घरघरमा घृणाको पात्र बनेका देखि सडकमा अलपत्र जीवन विताईरहेकाहरुका सहारा बनेका छन् उनि। धरान ४ छाताचौकमा अपाङ्गता पुनर्स्थापना गृह सञ्चालन गरिरहेका उनि यसरी अपाङ्गहरुको सहारा बनेको ११ बर्ष भयो।
गृहमा शारिरीक अवश्था ठिक नभएका १४, सुस्तमनस्थितिका ४, बहिरा १ र दृष्टिविहिन १ जना छन्। उनिहरु भीमलाई 'बाबा' भनेर बोलाउछन् भने भीमपनि छोराछोरी भन्छन्। सुनसरी, भोजपुर, इलाम, उदयपुर, तेह्रथुम र संखुवासभाका अपाङ्गहरु छन्। उनिहरुकालागि उभिन, हिड्न सिकाउने पुनर्स्थापना उपचार, स्कुल जान सक्नेलाई स्कुल शिक्षा र सिलाई बुनाई, हस्तकला लगायतका शिपमुलक तालिम दिईन्छ। भीम आफैं उनका श्रीमति र भीमका साथी सुरेन लामाले उनिहरुलाई तालिम दिन्छन्। गृह सञ्चालनकालागि मासिक ३५ हजारभन्दा बढि खर्च लाग्छ, त्यो खर्च आफैंले बनाएका हस्तकला विक्री र सहयोगीहरुबाटै जुट्दै आएको छ। अपाङ्गहरुलाई आफ्नै परिवारले भेदभाव गर्छ भने राज्यलेपनि उनिहरुकालागि खास कार्यक्रम ल्याएको छैन तर भीम एक्लैले १८ जनालाई पालन पोषण गरिरहेका छन्।
आफ्नै घरव्यवहार सम्हालिरहेका भीम उनिहरुका अभिभावक बन्नुको कथा बेग्लै छ। पञ्चायतकालमा धरान वरपर लुकीलुकी थानेश्वर राईबाट सितोरियो कराते सिकेका भीमले विरगञ्जमा धेरैलाई कराते प्रशिक्षण दिए। २०४६ सालको जनआन्दोलन ताका सरकारले मार्सल आर्टलाई आन्दोलनकारी विरुद्ध प्रयोग गरेपछि उनि धरान फर्किए। स्थानीय केही समाजसेवीहरु अपाङ्गता भएकाहरुका लागि केही गर्न सकिन्छ कि भनेर छलफल गरिरहेका बेला भीम टुप्लुक्क पुगे। सम्झन्छन् 'अरुले अपाङ्गलाई भेला गरेर खाना खुवाउने कुरा गरिरहेका थिए मैले उनिहरुलाई समाजमा ससम्मान बाँच्न सिकाउनु पर्ने विचार राखें। त्यसपछि सवैले मलाईपनि सहयोग गर्न आग्रह गरेपछि यता लागें।'
सहयोगका लागि भनेर अपाङ्गको तथ्याङ्क संकलन गर्न घरघर डुलेका भीम उनिहरुको अवश्था देखेर भावुक बनेछन्। भन्छन्'उनीहरुको अवस्था देखेर मन भत्भति पोल्यो अनि आफ्ना सन्तानपनि यस्तो भए भने के होला भन्ने सोचें, उनिहरुको हेरचाह गर्न हामी चुकेका रहेछौं भन्ने लाग्यो। त्यसैले उनिहरुकालागि आफुले सकेको सहयोग गर्न थालेको हुँ।'
अपाङ्गता धेरै पुरानो समस्या भएपनि कसैले यसलाई गम्भीर रुपमा नलिएको देखेर उनि आफैं केही गर्ने अठोटमा लागे। घरपरिवारमा आफ्नो इच्छा बताएर छलफल नै चलाए उनले। त्यसपछि २०५३सालमा धरानको भोटेपुलमा अपाङ्ग सेवा सरोकार समिति खुल्यो। भीमकै सक्रियतामा उनिहरुको अवश्थाको तथ्याङ्क संकलनपछि २०५८ सालमा छाताचौकमा रहेको पुरानो हस्पिटल भवनमा सुरु भयो अपाङ्ग पुनर्स्थापना गृह। हस्पिटल उठेपछि फोहोर थुपार्ने ठाउँ र लागुऔषध प्रयोग कर्ताको अखडा बनेको भवन सफा गरेर अपाङ्ग बालबालिकालाई राख्ने आँट त गरे तर उनिहरुलाई के खुवाउने, के लुवाउने अभावै अभाव थियो। दयालुहरुसँग सहयोग मागे, आफुले सकेको खर्च आफैं गरे। 'समस्या भईरहेको बेला एउटा प्रस्ताव आयो चाहिए जति सहयोग गर्ने, तर उनिहरुले म सहित सवै बालबालिकालाई क्रिश्चियन बनाउनु पर्ने सर्त राखे।' भीम सम्भि्कन्छन् 'उनिहरुको अस्थित्व बेच्न चाहिंन त्यसैले मैले मानिन।'
उनले सर्त स्विकार्न नमानेपछि गृहमा विवाद उत्पन्न भयो। ससर्त सहयोग लिन चाहनेहरु छुटिएर गए तर भीमले सहयोग जुटाएर गृह चलाईरहे। भीमका एक छोरा ब्रिटिस सेनामा छन् अरु २ छोरा पनि रोजगारीकालागि विदेशतिर छन्। भीम भने सपरिवार अपाङ्गहरुसँगै बस्छन्। उनका २ श्रीमति छन् लक्ष्मी र रोमा। उनिहरुपनि भीमसँगै मिलेर अपाङ्ग बालबालिकाको स्याहार सुसारमा लागेका छन्। विदेशमा रहेका छोराहरुले पनि बेलाबेला पैसा पठाई दिन्छन्। स्थानीय समाजसेवीहरुले गृहका अपाङ्गहरुलाई खानाको व्यवस्था गर्न सहारा समुह बनाएर दैनिक १० रुपैयाँ जम्मा गरिदिन्छन्। त्यस्तै विदेशमा रहेका धरानेहरुले सहयोग गर्छन् यसरी नै चलेको छ गृह। भीम गृहलाई आफुपछि पनि अरुले निरन्तरता देओस् भन्ने चाहान्छन्। भन्छन् 'अहिले परिवारका रुपमा चलाएको छु। यसलाई वैधानिकताकालागि संस्थागत गर्ने तयारीमा छु।'