जागौँ पोखरा अभियानले अनशनरत प्रा. डा. गोविन्द केसीको जीवन रक्षा गर्न माग सहित पोखरामा ध्वनीसहितको र्याली निकालेको छ। सरकार कान नसुन्ने भएको भन्दै पोखरामा दबावमुलक ध्वनी र्याली गरेको जागौ पोखरा अभियानकी संयोजक शिरिष गुरुङले जानकारी दिईन्। स्वास्थ्य शिक्षा सुधार र विगतमा भएका सम्झौता कार्यान्वयनको माग गर्दै डा. केसी अनशन बसिरहेका छन्। जुम्लाबाट १९ औ अनसन सुरु गरेका केसी हाल त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा छन् ।
सरकार विरुद्ध जागौँ पोखरा अभियानले ८ औं पटक विरोध र्याली गरेको छ। लामो समय देखि सरकारको विरोधमा सडकमा एक्लै आएकी शिरिष गुरुङको आन्दोलनलाई विभिन्न युवाहरुले साथ दिदैँ अभियानको रुपमा अघि बढाइएको छ। सरकारको लाचारिपनार अराजकताको विरोध गदैँ अभियान चलाएको गुरुङले बताइन्। सोमबार पोखराको पृथ्वीचोकबाट मानवअधिकारचोकसम्म प्रदर्शन गरेका थिए।