विशाल ग्रुपको ठगी धन्दा : खाद्यवस्तुदेखि निर्माण सामाग्रीसम्म
१९ असोज २०७७
•
३ मिनेट पाठ
विशाल ग्रुपको ठगी धन्दा : खाद्यवस्तुदेखि निर्माण सामाग्रीसम्म
म्याद सकिएका खाद्य सामग्रीमा नयाँ लेबल लगाएर बजारमा पठाएको विशाल ग्रुपकै भगिनी कम्पनी कमला रोलिङ मिल्सले उत्पादन गरेका डन्डी पनि गुणस्तरहीन भेटिएका छन्।

महानगरीय प्रहरी अपराध महाशाखा र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको संयुक्त अप्रेशनले उपभोक्ता स्वास्थ्यमाथि गम्भिर खेलवाड गर्दै म्याद सकिएका चकलेट, विस्कुट लगायतका सामानमा नयाँ लेवल लगाएको अवस्थामा ठूलो मात्रामा बरामद गरेको थियो।

म्याद गुज्रेका खाद्यवस्तु रि–लेबलिङ गरेर बेची मानव स्वास्थ्यमा गम्भीर खेलवाड गरेको विशाल ग्रुपकै कम्पनी कमला रोलिङले मापदण्डविपरीतका डन्डी उत्पादन गरेर बेचेको भेटेपछि नेपाल गुणस्तर तथा नापतौल विभागले कारबाही प्रक्रिया अघि बढाएको छ। कमला रोलिङको एफई ५०० टिएमटी बार १० एमएम, १६ एमएम, २० एमएम र २५ एमएम डन्डीमा केमिकलको मात्रा बढी भेटिएको छ।

न्यून गुणस्तरको डन्डी बिक्री गरेको भेटिएपछि कमला रोलिङ मिल्सको इजाजत स्थगन गरेको नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बताए। ‘तोकिएको मापदण्डविपरस्त डन्डी उत्पादन गरेको भेटिएपछि उत्पादन रोक्न निर्देशन दिएका छौं,’ पुडासैनीले भने, ‘उद्योगलाई कानुनबमोजिम कारबाही गर्छौं।’

कमला रोलिङ मिल्सबाट उत्पादित डन्डीमा सल्फरको मात्रा ०.०५५ प्रतिशत हुनपर्नेमा ०.०६ प्रतिशत ,फस्फोरसको मात्रा ०.०५५ प्रतिशत हुने पर्नेमा ०.०५९ प्रतिशत, सल्फर तथा फस्फोरसको मात्रा ०.१०५ प्रतिशत हुनुपर्नेमा ०.११९ प्रतिशत रहेको भेटिएको विभागले जनाएको छ। सल्फरको मात्रा बढी हुँदा रड कडा बन्छ। रडमा डक्टिलिटी (नरमपना वा तन्किने शक्ति) कम हुँदा बंग्याउँदा भाँचिन्छ।

शुक्रबार बाफलस्थित आयन इन्टरनेनेसलको खाद्यवस्तु गोदाममा निरीक्षण गर्दै अनुगमन टोली ।तस्बिर: नागरिक
 
प्रहरीले विहीबार कंलकी र बाफलमा छापा मार्दा विशाल ग्रुपका म्याद नाघेमा सामानमा रिलेवलिङ गरेको भेटेको थियो। ओरियो विस्कुट, स्नीकर्स, बन भिटा, प्रिङगल्स र युनिलिभर कम्पनीका उत्पादनसमेतमा पुन: लेवलिङ गरेको भेटिएको थियो। म्याद सकिएका सामानमा पुन: अर्को स्टिकर टाँसेर बजारमा पठाउन संलग्न ८ जनालाई प्रहरीले पक्राउसमेत गरेको थियो। सामान आयन डिस्ट्रिब्युटरले विशाल समूहको युनाइटेड डिस्ट्रिब्युटर र लाइफ केयर इन्टरनेसनलबाट खरिद गरेको अनुसन्धानमा देखिएको छ। यसमा विशाल ग्रुपको संलग्नता देखिएको छ। स्निकर्स, ओरियो बिस्कुट, प्रिंगल्सलगायतका सामान विशाल ग्रुपले आयात गरेर बिक्री गर्दै आएको छ।

अखाद्य वस्तु बिक्रीमा समूहको नाम जोडिएपछि विशालले ध्यानाकर्षण भएको सूचना जारी गर्दै आफ्नो संलग्नता नरहेको प्रस्टीकरण दिने प्रयास गरेको थियो। बरामद भएका खाद्य वस्तु विशाल ग्रुपमार्फत आयातित र प्रवद्र्धित भएको भने उसले स्वीकार गरेको छ।

कमलाले उत्पादन गरेको डण्डीसमेत कमसल पाइएपछि खाद्यन्नसँगै निर्माण सामाग्रीमा समेत उसको ठगी धन्दा बाहिरिएको हो। कमलाले उत्पादन गरेको डन्डीको गुणस्तरका विषयमा प्रश्न उठेपछि विभागले प्रयोगशालामा परीक्षण गरेको थियो। विभागले बजारान पठाएको डन्डी पनि फिर्ता ल्याउन आदेश दिएको छ। उत्पादन नेपाल गुणस्तर (प्रमाण चिह्न) अनुरुप नरहेकाले नियमावली २०४० को नियम १६ अनुसार कारबाही अघि बढाएको विभागका उपमहानिर्देशक दिनानाथ मिश्रले उद्योगलाई पठाएको पत्रमा उल्लेख छ।

म्याद नाघेको वस्तु उपभोग गर्दा विभिन्न प्रकारका रोग लाग्नुका साथै कलेजोमा पनि असर पुग्ने चिकित्सक बताउँछन्। मानव स्वास्थ्यमा असर पर्ने खाद्यवस्तु उत्पादन तथा बिक्री गर्नेलाई विदेशी मुलुकमा कडा कारबाही भए पनि नेपालमा सामान्य नसिहत दिएर छोड्दा यस्ता गतिविधिमा संलग्नको मनोबल बढेको छ।
अर्को समाचार
गैरखाद्य भन्दा खाद्यवस्तुको मूल्यवृद्धि बढी
२७ फागुन २०८०
•
१ मिनेट पाठ
गैरखाद्य भन्दा खाद्यवस्तुको मूल्यवृद्धि बढी
गत वर्षको तुलनामा यस वर्ष उपभोक्ता मुद्रास्फीति केही घटेको देखिएपनि गैरखाद्य वस्तुको तुलनामा खाद्य वस्तुको मुद्रास्फीति बढेको देखिएको छ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको सात महिनाको तथ्याङ्कमा आधारित ‘मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनअनुसार गत माघ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति पाँच दशमलव ०१ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यो मुद्रास्फीति सात दशमलव ८८ प्रतिशत थियो।

राष्ट्र बैंकका अनुसार माघ महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति छ दशमलव ५१ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति तीन दशमलव ८५ प्रतिशत रहेको छ।

खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उप–समूहको वार्षिक विन्दुगत मूल्य सूचकाङ्क ३२ दशमलव ११ प्रतिशत, दाल तथा गेडागुडीको ११ दशमलव १५ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको १० दशमलव ७८ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको नौ दशमलव ०६ प्रतिशत र तरकारीको सात दशमलव ५८ प्रतिशतले बढेको छ।  घ्यू तथा तेल उप–समूहको वार्षिक विन्दुगत मूल्य सूचकाङ्क भने १२ दशमलव ३३ प्रतिशतले घटेको छ।

गैर–खाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृति उप–समूहको वार्षिक विन्दुगत मूल्य सूचकाङ्क १२ दशमलव ६१ प्रतिशत, विविध वस्तु तथा सेवाको नौ दशमलव १५ प्रतिशत र शिक्षाको सात दशमलव ३१ प्रतिशतले बढेको छ। यातायात उप–समूहको वार्षिक विन्दुगत मूल्य सूचकाङ्क भने एक दशमलव ४१ प्रतिशतले घटेको छ।

माघ महिनामा काठमाडौँ उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति चार दशमलव ९६, तराईको चार दशमलव ७१, पहाडको पाँच दशमलव ५८ र हिमालको पाँच दशमलव ४४ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा उक्त क्षेत्रहरूको यस्तो मुद्रास्फीति क्रमशः आठ दशमलव ४७, सात दशमलव ८२, सात दशमलव ३० र सात दशमलव ९२ प्रतिशत रहेको थियोा
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock २ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ४ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ४ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस