प्युठान, मंसिर २३ - अवैध चरेससहित प्युठानमा एक महिला पक्राउ परेकी छन्। कपिलवस्तु शिवगढी गाविस-३, घरभई दाङ जाँदै गर्दा कुश्मा जिएमलाई इलाका प्रहरी कार्यालय भिंगृले पक्राउ गरेको हो। बसमा सवार यात्रुको जाँच गर्ने क्रममा प्रहरी टोलीले तीन किलो १८ ग्राम चरेससहित उनलाई नियन्त्रणमा लिएको हो।
प्रहरीले उनलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा ल्याएको छ।
कानुनी रुपमा अवैध मानिने चरेस बिक्री वितरण, सेवन तथा उत्पादन गर्न पाइँदैन। यस्तो कार्यमा संलग्न हुने व्यक्तिलाई घटनाको प्रकृति हेरेर दुई वर्षदेखि १४ वर्षसम्म जेल सजाय हुने व्यवस्था रहेको प्रहरीले जनाएको छ। रासस