उदयपुर, मंसिर २२ (नागरिक) - उद्योग बाणिज्य संघको निमन्त्रणा पत्रमा इजरायली राजदुत गोदेर-गोल्डवर्गर आउने समय तोकिएको थियो- दिउसो १:३० बजे। त्यसका लागि बिहानैदेखि सदरमुकाम आसपास विद्यालयबाट विद्यार्थी उपस्थित गराइएको थियो।
पिसजोन एकेडेमी, लालीगुराँस, पुष्पाञ्जली, क्यानभास, सगरमाथा, प्याराडाईजलगायत दर्जन नीजि विद्यालयबाट पाँच हजार हाराहारीमा कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई सडकमा उभ्याइएको थियो। राजदुतको स्वागत गर्न हात-हातमा फुलका माला, गुच्चा र नेपाल-इजराइलका झन्डा बोकेका थिए उनीहरुले। कतिपय विद्यार्थी करिब ५ घन्टासम्म लाईनमा उभिन बाध्य भए। बिहान साँढे १० बजेदेखि चोकमा पुगेका विद्यार्थी दिउसो साढे चारसम्म उभिनुपर्दा फतक्कै गले। भोक र प्यासले आकुल भए।
उनीहरुले उभिनु रहर नभएर बाध्यता भएको बताए। 'जाउँ भने सरहरुले गाली गर्छन्, नजाउँ त भोक र प्यासले दिक्क भईसकियो' एक विद्यार्थीले भने। कतिपय शिक्षकका आँखा छल्दै थचक्क बस्दै उभिने गरेका थिए।
आयोजक र नीजि विद्यालयको लापरबाहीले विद्यार्थीले कष्ट सहनु परेको गाइघाटकी शान्ता राईले बताईन्। 'शारिरीक कष्ट दिदै धुलोमा घण्टौ उभ्याउनु ठाडो बालअधिकार हनन हो', अधिकारकर्मी इश्वर मगरले भने।
त्रियुगा नगरपालिकाका पूर्व प्रमुख लालसेर राईले आयोजकको लापरबाहीका कारण बालबालिकाले दुःख पाएको बताए। आयोजक संघका महासचिव चुडामणि कार्कीले पाहुना ढिला आएकाले कष्ट हुन पुगेको र आइन्दा यस्तो नगर्ने याचना गरे।
विद्यार्थी राजदुतको स्वागतमा उभिने चलन पुरानै हो। कांग्रेस केन्द्रीय सदस्य तथा पूर्व सभासद नारायण खड्काले राजदुत आउँदा बालबालिकालाई उभ्याउने परम्परा बसाएको अभिभावकको भनाई छ। उनको सक्रियतामा १० वर्ष अवधिमा दर्जन देशका राजदुत उदयपुर ल्याइसकिएको छ।