दमौली, मंसिर १६- व्यास नगरपालिका- १ मुसेखोलामा अरिङ्गालको गोलो पोल्न जाँदा शुक्रबार राति एक युवकको रुखबाट लडेर मृत्यु भएको छ ।
राति ९:१५ बजे अरिङ्गाल पोल्न गएका सोही ठाउँका २० वर्षीय दीपक मगर रुखबाट लडेर गम्भीर घाइते भएपछि दमौली अस्पतालमा उपचार हुँदाहुँदै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
गत वर्ष पनि तनहुँको घाँसीकुवा गाविसमा कालो अरिङ्गाल पोल्न जाँदा रुखबाट लडेर दुई जनाको मृत्यु भएको थियो ।
यसैबीच, वीरगन्जबाट पोखरातर्फ जादै गरेको ना३ख २३०५ नंको रात्रिबसले बन्दीपुर- १ डुम्रेबजारमा रोकिराखेको ना३ख १७५१ नंको ट्रकलाई गएराति ठक्कर दिँदा बसमा सवार तीनजना यात्रु गम्भीर घाइते भएका छन् ।
घाइतेहुनेहरूमा बसका सहचालक सुनसरी- ५ बस्ने ३१ वर्षीय राजेन्द्र थापा, वीरगन्ज उपमहानगरपालिका- ५ बस्ने २० वर्षीय दीपककुमार पण्डित र सोही ठाउँका २६ वर्षीय विजय उपाध्याय रहेका छन् ।
उनीहरूको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनापछि बसचालक फरार रहेकाले खोजी भइरहेको छ । रासस