राजु अधिकारी, झापा, साउन २९- झापा सतासीधामस्थित कन्काई नहरमा बुधबार साँझ ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने पाँच बेपत्ता भएका छन्।
दुधेबाट दक्षिण शिवगञ्जतर्फ ढुंगा लिएर जाँदै गरेको मे१त १४९२ नम्बरको ट्र्याक्टर साँझ पौने ६ बजे सतासीधाम- ६ र ७ को सीमामा पर्ने नहरचोकमा दुर्घटना भएको थियो।
घटनास्थल पूर्व-पश्चिम राजमार्गको दुधेबाट तीन किलोमिटर दक्षिण पर्छ।
प्रहरीका अनुसार तीव्र गतिमा रहेको ट्र्याक्टर कन्काई सिँचाई आयोजनाको नहरमा पसेको थियो। नहरको ७ मिटर गहिराइ पानीमा ट्र्याक्टरको अगाडिको भाग पसेको स्थानीयले बताएका छन्।
नहरभित्र ढुंगाले किचिएको अवस्थामा शिवगञ्ज-७ का तुलसी धिमालको शव भेटिएको छ। ढुंगाले किचिएको हुँदा अन्य पाँचको उद्धार हुन सकेको छैन। नहरको पानीभित्र ढुंगाले किचेको हुँदा उनीहरू जीवितै रहने कम सम्भावना रहेको प्रहरीको आशंका छ।
झिलझिले इलाका प्रहरी कार्यालयका निरीक्षक धनप्रसाद शिवाकोटीका अनुसार भारी वर्षाका कारण उद्धारमा समस्या आएको छ। उद्धारमा सशस्त्र प्रहरी, जनपथ र स्थानीय जुटेका छन्। ट्र्याक्टरमा सवार ११ मध्ये ट्रलीमा बसेका पाँचजनाले हाम फालेर ज्यान जोगाएका छन्। ट्र्याक्टरमा सवार सबै शिवगन्ज गाविसका थिए।