अस्ताए हिमचितुवा
०६ असोज २०७७
•
५ मिनेट पाठ
अस्ताए हिमचितुवा
कृत्रिम अक्सिजनबिना १० पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर ‘हिमचितुवा’ उपनाम पाएका आरोही आङ्रिता शेर्पाको निधन भएको छ । राजधानीको जोरपाटीस्थित छोरीको निवासमा ७२ वर्षको उमेरमा सोमबार उनको निधन भएको हो । उनी दुई दशकदेखि कलेजो र केहीवर्षदेखि मस्तिष्कको रोगबाट ग्रसित थिए । ‘नेपालमात्र नभएर विश्व पर्वतारोहण जगत्ले ठूलो पर्वतारोही गुमाएको छ,’ विश्व पर्वतारोहण महासंघका मानार्थ सदस्य आङ्छिरिङ शेर्पाले भने, ‘पर्वतारोहण र हिमाली क्षेत्रमा उहाँले पु¥याउनुभएको योगदान अविस्मरणीय छ । उहाँको निधन हिमाली क्षेत्रका लागि ठूलो क्षति हो ।’

स मा सोलुखुम्बुको थामेमा जन्मिएका आङ्रिता पुख्र्यौली चौंरीपालन पेसा छाडेर हिमाल आरोहणमा लागेका थिए । १५ वर्षको उमेरमा भरियाका रूपमा पर्वतारोहण पेसा थालेका उनले पहिलोपटक २० वर्षको उमेरमा चोयु हिमालको सफल आरोहण गरेका थिए । त्यसलगत्तै उनी अक्सिजनबिना सगरमाथा आरोहण गर्नेतर्फ केन्द्रित भएका थिए । नेपाल पर्वतारोहण संघका पूर्वअध्यक्षसमेत रहेका आङ्छिरिङका अनुसार आङरिताले ३७ वर्षअघि सन् १९८३ मा नेपाली भेग (दक्षिणपूर्वी धार) बाट पहिलोपटक कृत्रिम अक्सिजनबिना सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका थिए । ‘उहाँमा रेकर्ड राख्ने सोच थिएन,’ आङ्छिरिङले भने, ‘उहाँले सुरुआती दिनमा मलाई अक्सिजन लगाउन आवश्यकता छैन । कुनै समस्या छैन भन्नुहुन्थ्यो । अक्सिजन भारी हुन्छ र मैले मेरो साथमा जाने अरू आरोहीलाई पनि सघाउनुपर्छ भन्ने गर्नुहुन्थ्यो ।’

त्यसपछि पनि उनले नौपटक अक्सिजनबिना सगरमाथाको सफल आरोहण गरे । उनले नेपाली भेगबाट सन् १९८४, १९८५, १९८७, १९८८, १९९०, १९९२, १९९३ र १९९६ मा तथा सन् तिब्बती भेगबाट १९९५ मा बिनाअक्सिजन सगरमाथा आरोहण गरेका थिए । सन् १९९६ को सगरमाथा आरोहण नै उनका लागि अन्तिम पर्वतारोहण बन्न पुग्यो । नेपाल पर्वतारोहण संघका मानार्थ निर्देशकसमेत रहेका आरोही आङ्रिताले सगरमाथामा नयाँ विश्व कीर्तिमान कायम गरेपछि पर्वतारोहण क्षेत्रले उनलाई ‘हिमचितुवा’ उपनाम दिएको थियो । उनले विश्वको सर्वोच्च शिखर सगरमाथाबाहेक धौलागिरि, चोयु, मनास्लु, ल्होत्से र पाकिस्तानको माउन्ट केटुलगायत हिमालको समेत सफल आरोहण गरेका थिए ।

‘उहाँ असाध्यै मिलनसार, बलिया र फुर्तिला पर्वतारोही हुनुहुन्थ्यो,’ आङ्छिरिङले स्मरण गरे, ‘बाल्यकालदेखि सहकार्य गर्ने अवसर पाएको हुँदा उहाँबाट धेरै कुरा सिक्ने अवसरसमेत पाएको थिएँ । उहाँ मेरो टाढाको नातेदारसमेत हुनुहुथ्यो । सन् १९८२ मा उमेरले केही वर्ष जेठा उहाँ र मैले धौलागिरि हिमालको सफल आरोहण गरेका थियौं ।’ आङ्छिरिङका अनुसार २० वर्षअघि कलजोसम्बन्धी रोग (लिभर सिरोसिस) देखिएपछि आङ्रिताले पर्वतारोहणलाई निरन्तरता दिन सकेनन् । ‘करिब २० वर्षअघि मेरो आरोहण दलका सदस्यहरूले सोलुमा आफन्तले उहाँको खुन्दे अस्पतालमा उपचार गराएर घर लग्दै गरेको बेला भेटेका रहेछन्,’ उनले भने, ‘काठमाडौं आएर उनीहरूले मलाई सुनाउनेबित्तिकै आफैं जहाजमा म लुक्ला पुगेर उहाँलाई सँगै ल्याई त्रिवि शिक्षण अस्पतालमा तीन महिना उपचार गराएँ । त्यस्तो अवस्थामा समेत उहाँ फेरि हिमाल आरोहणमा जाने कुरा गर्नुहुन्थ्यो ।’

उनका अनुसार साढे चार वर्षअघि आरोही आङ्रितालाई ब्रेन ट्युमर देखिएपछि राजधानीको बाँसबारीस्थित न्युरो अस्पतालमा राखेर उपचार गरिएको थियो । ‘साढे चार वर्षअघि डा. उपेन्द्र देवकोटाले उहाँको मस्तिष्कको शल्यक्रियाका निम्ति ४३ लाख रुपैयाँ खर्च लाग्छ भनेपछि हामी रकम जोहो गर्न लागिपरेका थियौं,’ उनले स्मरण गरे, ‘पछि उहाँको मस्तिष्कमा जमेको पानी सुक्दै गएपछि अस्पतालले शल्यक्रिया गर्नुनपर्ने बताएसँगै घरमा आराम गरिरहनुभएको थियो । लकडाउनअघिसम्म कुराकानी हुँदा उहाँ सामान्य अवस्थामा हुनुहुन्थ्यो ।’

उनको निधनमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले अक्सिजनबिना १० पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान राखेका आरोही आङ्रिताको निधनले आफूलाई अत्यन्त दुःखित तुल्याएको बताएका छन् । प्रधानमन्त्री ओलीले ट्विटरमार्फत दिवंगत आरोही आङ्रितालाई श्रद्धाञ्जली व्यक्त गर्दै लेखेका छन्, ‘अक्सिजनबिना १० पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम गर्नुभएका आङ्रिता शेर्पाको निधनले अत्यन्त दुःखित तुल्याएको छ । यस दुःखद घडीमा उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै शोकसन्तप्त परिवार र शुभेच्छुकहरूप्रति गहिरो समवेदना व्यक्त गर्दछु । उहाँको कीर्तिमानी सदास्मरणीय रहनेछ ।’

आङ्रिताले अक्सिजनबिना लगातार धेरै १० पटक सगरमाथा शिखरमा पुग्ने विश्व कीर्तिमान बनाएका थिए । पछि उनको यो कीर्तिमान तोड्दै आपा शेर्पाले २१ पटकसम्मको कीर्तिमान बनाए । हाल सबैभन्दा बढी २४ पटकसम्म लगातार धेरैपटक सगरमाथा शिखरमा पुग्ने विश्व कीर्तिमान कामिरिता शेर्पाले राखेका छन् । आङरिताले सन् १९८५ मा पहिलो नर्वेली आरोहण दलका टोली नेतालाई आँधी आइरहेको समयमा सगरमाथाको शिखरमा पु¥याएका थिए । त्यस्तै सन् १९८७ र १९८८ को हिउँदमा सगरमाथा आरोहण गर्ने क्रममा उनले एउटा दक्षिण कोरियाली समूहलाई सघाएका थिए । सन् १९९० मा नेपाली सेनाका सदस्य सम्मिलित टोलीलाई सगरमाथा आरोहण गर्न सघाएका उनले सन् १९९९ मा आफ्नो पर्वतारोहण करिअर अन्त्य गर्ने बेलासम्म पुग्दा उनले आठ हजार मिटरभन्दा अग्ला हिमालको आरोहण अक्सिजनबिना १८ पटक गरेको बताइन्छ ।

नेपाल पर्वतारोहण संघले आङ्रिताको निधनलाई नेपालको पर्वतारोहण क्षेत्रमा भएको ठूलो क्षति भनेको छ । ‘हिमचितुवा’ का नामबाट परिचित उहाँ हामी सबैको अभिभावक पनि रहँदै आउनुभएको थियो,’ संघका अध्यक्ष सन्तवीर लामाले भने, ‘हामीले नेपालको पर्वतारोहण क्षेत्रका एक नक्षत्रलाई गुमाएका छौं ।’ आरोहीकी छोरी डोमा शेर्पाका अनुसार उपचारका लागि नेपाल पर्वतारोहण संघले मासिक १५ हजार रुपैयाँ सहयोग गर्दै आएको थियो । अन्तिम सम्मान व्यक्त गर्न उनको शव दुई दिन बौद्धस्थित टुसालमा रहेको शेर्पा सेवा केन्द्रको गुम्बामा राख्ने र त्यसपछि बुधबार दाहसंस्कार गर्ने जनाइएको छ । उनका दुई छोरा र एक छोरी छन् । सात वर्षअघि पत्नीको निधन भएपछि उनी छोरीसँग राजधानीमा बस्दै आएका थिए ।
अर्को समाचार
हिमचितुवा ‘के वान सुपर वेल्टरवेट सुपर फाइट’ मा भिड्दै
०७ असोज २०७८
•
३ मिनेट पाठ
हिमचितुवा ‘के वान सुपर वेल्टरवेट सुपर फाइट’ मा भिड्दै
अन्तर्राष्ट्रिय बक्सर खेलाडी अविरल घिमिरेले ‘के वान सुपर वेल्टरवेट सुपर फाइट’ प्रतियोगितामा भिड्ने भएका छन्। यही असोज ३१  आइतबार जापानको नागोया सहरस्थित नागोया कङग्रेस सेन्टर इभेन्ट हलमा आयोजना हुने सो प्रतियोगितामा उहाँ जापानका व्यवसायिक किक बक्सर फुजीमुरासँग रिङ्मा उत्रदैछन्। फुजीमुरा पनि के वान के बक्सिङ प्रतिस्पर्धामा भिडन्त गरिसकेका अनुभवी खेलाडी हुन्।

आज सामाजिक सञ्चालमा के वान क्लबले ‘के वान सुपर वेल्टरवेट सुपर फाइट’ प्रतियोगितामा बक्सरद्वय अविरल र फुजीमुरा बीचमा  भिडन्त हुने जनाएको छ। ‘हिमालयन चितुवा उपाधि’ले विश्व प्रसिद्ध अविरलले गत चैतमा जापानको टोकियो सहरमा  सम्पन्न ‘के वान फेस्टिवल २०२१’ प्रतियोगिताको उपाधि चुम्ने कम उमेरका पहिलो नेपाली बक्सर बन्ने सौभाग्य प्राप्त गर्नुभएको थियो । उनले जापानी व्यावसायिक बक्सर खोतेचुलाई पहिलो राउण्डमा नै ढालेर नयाँ इतिहास कायम गरेका थिए।

यसैगरी अविरलले गत वर्ष नै ‘प्रोफेसनल किक बक्सिङ हिट ४८’ मा  जापानी खेलाडी योसिदा यइजी माथि सहज जित हात पारेका थिए। अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी एवं प्रशिक्षक देवकुमार घिमिरेका सुपुत्र अविरलले कोरोना कहरमा बीचमा सो प्रतियागिताका लागि  पिताकै विशेष प्रशिक्षणमा तयारी थालेकाे जनाइएको छ। उनले आज सामाजिक सञ्जालमार्फत प्रतियोगिताको आवश्यक तयारी सुरुआत भएको जनाएका छन्। 

प्रशिक्षक  देवले  पनि सामाजिक सञ्जालमा भनेका छन्, 'युवा बक्सर अविरलले पछिल्लो समय बक्सिङमा नयाँ उचाइ हासिल गर्नुभएको छ। के वान सुपर वेल्टरवेट सुपर फाइट’ चुम्नेमा म विश्वस्त छु। यो प्रतियोगितमा छनोट हुनु आफैँमा प्रतिष्ठाको विषय हो।' के वान बक्सिङ प्रतियोगितामा विश्वका चर्चित बक्सरलाई मात्र रिङभित्र उतारिने गरिन्छ। रोमाञ्जकारी भिडन्त हेर्ने अग्रिम टिकट लिनुपर्छ।

सानो उमेरमा उँचो सफलता

सानो उमेरमा बक्सिङमा ऐतिहासिक सफलता हात पार्दै आएका अविरलले  प्रतिष्ठित ‘के वन किक बक्सिङ अन्तर्राष्ट्रिय प्रतियोगिता २०२०’ मा दोस्रो स्थान प्राप्त गर्न सफल भएका थिए। नेपालको तर्फबाट कम उमेरमा सो प्रतियोगितामा भाग लिने पहिलो ‘बक्सर’ समेत भएका थिए। एक्काइस वर्षीय उनले बाज्रिलियन खेलाडी फिलिपसँग सो प्रतियोगितामा प्राविधिक कारणले मात्र पराजित हुनुपरेको थियो। चन्द्रागिरि नगरपालिका–१२ गुर्जुधारा निवासी उनीहरु विगत पाँच वर्षदेखि जापानको नागोया सहरमा बस्दै आएका छन्।

पछिल्लो समय उहाँले कम उमेरमा अन्तर्राष्ट्रिय किक बक्सिङ प्रतियोगितामा खेल्ने पहिलो नेपाली युवा बन्ने सौभाग्यसमेत पाएका छन्। केवानका बक्सिङ प्रतियोगितालाई जापानसहित अन्तर्राष्ट्रिय खेल क्षेत्रले उच्च महत्वका साथ हेर्ने बताइएको छ। वेष्टर्न युनाइटेड क्लबका अध्यक्ष रामनारायण घिमिरेले दिनुभएको जानकारीअनुसार अविरलले खेलेका अधिकांश व्यावसायिक किक बक्सिङमा भिडन्तमा सर्वप्रथम भई विश्व कीर्तिमान कायम गर्न सफल भएका छन्। 

उनले गत वर्ष नै टोकियोको नागोयामा सम्पन्न हिट ४६ किक बक्सिङको टाइटल जित्न सफल भएका थिए। रोमाञ्जकारी सो भिडन्तमा उहाँले जापानी च्याम्पियन मुकेवासलाई पहिलो राउण्डमै मुक्का प्रहार गरी मैदानमा ढालेर टाइटल उपाधि जित्ने कान्छा बक्सर बनेका थिए।

उनले हालसम्म हिट –२४ किक बक्सिङ खेलको मिडिल वेटको दुई पटक च्याम्पियन तथा हालसम्म विभिन्न खेलमा अपराजित यात्रा गर्ने क्रममा नौ खेलमा नकआउट गर्दै विजय हासिल गरिसकेका र तीमध्ये नौ अन्तर्राष्ट्रिय खेलका आठ खेलमा सर्वप्रथम भई विश्व कीर्तिमान कायम गर्न सफल भएको गुर्जुराधास्थित अन्तर्राष्ट्रियस्तरको भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टरका अध्यक्ष राजेश घिमिरे जानकारी दिए। अविरलले नियमितरुपमा सिमुरा डोजोमा प्रशिक्षण लिँदै आएको उनले जानकारी दिए।'अविरलसँग अद्भूत, अदम्य साहस, जोश र लगनशीलता छ। उ राष्ट्रिय प्रतिभा हो। सम्मान गरौँ।' उनले भने।  रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस