विनाअक्सिजन १० पटकसम्म विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका विश्व कीर्तिमानी आरोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ आज अन्त्येष्टि गरिएको छ।
विश्वपरिचित पर्वतारोही हुन् आङरिता शेर्पा। ‘हिम चितुवा’ को उपनाम पाएका उनै शेर्पाको सोमबार निधन भएको छ। १० पटक विना अक्सिजन सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका उनी लामो समयदेखि विरामी थिए।
नेपाली पर्वतारोही आङरिता शेर्पाको निधन भएको छ। बिना अक्सिजन सगरमाथा आरोहण गरेका शेर्पाको सोमबार बौद्धमा निधन भएको हो। उनले बिना अक्सिजन १० पटक सगरमाथाको सफल आरोहण गरेर किर्तिमान बनाएका थिए। उनी लिभर स...