अजित तिवारी/राजु अधिकारी,विराटनगर/झापा -विराटनगरका उद्योगपति तुलसीराम अग्रवालका अपहरणका दुई योजनाकार ११ वर्षपछि शुक्रवार अपरान्ह झापाको काकडभिट्टा नाकाबाट पक्राउ परेका छन्।
मर्निङ वाकबाट २०५८ माघ १३ गते अपहरणमा परेका नेपालकै ठूला औद्योगिक समूहमध्ये बिशाल गु्रपका सञ्चालक अग्रवाल ३ करोड रुपैयाँ फिरौती बुझाएर ४१ दिनपछि मुक्त भएका थिए।
मानव बेचबिखन तथा ओसारपसार मुद्दामा नेपाल प्रहरीलेे 'वान्टेड' सूचीमा रहेका भारत विहार राज्यका विधायक जाकिर हुसेन र उनका सहयोगी भोलाशंकर तिवारीलाई पक्राउ गरेको छ। जाकिर लोक जनशक्ति पार्टीबाट जोगवनी संसदीय क्षेत्रबाट निर्वाचित विधायक हुन्। प्रहरीका अनुसार उनीहरू दुवैबिरुद्ध जिल्ला प्रहरी कार्यालय मोरङमा मानव बेचविखन तथा ओसारपसार मुद्दामा केही समयअघि जाहेरी परेको थियो। सोही आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको काँकडभिट्टा प्रहरी प्रमुख डिएसपी गोविन्द थपलियाले जानकारी दिएका छन्। पक्राउ परेका दुवैलाई शुक्रबार साँझ मोरङ पठाएको प्रहरीले उनीहरूको पदीय हैसियतबारे भने अनभिज्ञता दर्साएको छ। 'हामीलाई पक्रन सूचना आयो,' डिएसपी थपलियाले भने,'सोही अनुसार पक्रेर उतै (मोरङ) पठाएका छौं। थप केही थाहा छैन।'
मोरङ प्रहरीका प्रवक्ता डिएसपी उमाप्रसाद चतुर्वेदीले पक्राउ परेका दुवै मोरङ प्रहरीको हिरासतमा रहेको जनाए। ‘दुवैलाई उद्योगपति अग्रवालको अपहरणमा संग्लन रहेकाले पक्राउ गरिएको हो,' उनले भने, ‘दुवैजना हाम्रो सर्वाधिक खोजीमा थिए।' मोरङ जिल्ला अदालतले ०५८ चैत १३ गते गरेको फैसला अनुसार दुवै फरार अभियुक्त थिए।
स्रोतका अनुसार नेपाल प्रहरीले खोजिरहेका मिया र तिवारी अपरान्ह चार बजे बीआर ०१ पीबी ४६८८ नम्बरको सेतो टोयोटा लक्जरी कार चढेर पश्चिम बंगालको पानीट्यांकी हुँदै पूर्वी नाकाबाट नेपाल भित्रेका थिए। तीनजना सुरक्षा गार्डसहित आएका उनीहरूलाई भन्सार नाकामा प्रहरीले सुरुमा सामान्य सोधपुछ गरी छाडेको थियो। त्यसको झण्डै ४५ मिनेटपछि उनीहरूले आराम गरिरहेको होटलबाट सबैलाई नियन्त्रणमा लिएको हो।
मिया र उनका सहयोगी तथा सुरक्षागार्डहरू दरबार होटलको कोठा नम्बर १००३ बाट पक्राउ परेका हुन्। 'उनीहरु आउँदैछन् भन्ने सबै थाहा थियो,' प्रहरी स्रोतले भन्यो 'नाकामै पक्रँदा समस्या हुन्छ भन्ने भएपछि होटलबाट पक्रिएका हौं।' उनीहरूले प्रयोग गरेको कार पनि नेपाल प्रहरीको नियन्त्रणमा छ।
मोरङ प्रहरीले विधायक मिया र तिवारी नेपाल आउँदै गरेको सूचना काँकडभिट्टा प्रहरीलाई दिएको थियो। उनीहरू शुक्रबार काँकडभिट्टामै बास बस्ने पक्का भएपछि प्रहरीले नाकामा कुनै अवरोध पुर्याउएन। प्रहरीले मियाका साथमा आएका तीनजना सुरक्षा गार्डलाई भने भारततिरै फिर्ता पठाइदिएको छ।
क्याप्सन : एघार वर्षअघि अपहरणमा परेका उद्योगपति तुलसीराम अग्रवाल।