काठमाडौं, कात्तिक २३ (नागरिक)- मुलुकभरका अदालतबाट एक वर्षमा ६९ हजार २ सय ८२ मुद्दा फैसला भएका छन् । तथ्यांक अनुसार सर्वोच्च, पुनरावेदन र जिल्ला अदालतमा अझै ७४ हजार १ सय ५० मुद्दा फैसला हुन बाँकी छन् ।
आर्थिक वर्ष २०६८-६९ मा सर्वोच्च, पुनरावेदन र जिल्ला अदालतमा नयाँ र पुराना गरि १ लाख ४३ हजार ४ सय ३२ मुद्दा विचाराधीन थिए। तीमध्ये सर्वोच्चबाट ६ हजार ३ सय ६०, पुनरावेदनबाट १६ हजार ८ सय ५२ र जिल्ला अदालतबाट ५६ हजार ७० मुद्दा किनारा लागेका छन्। सर्वाेच्चमा १९ हजार ४५, पुनरावेदनमा २७ हजार ९ सय ६५ र जिल्ला अदालतमा ९६ हजार ४ सय २२ मुद्दा विचाराधीन थिए।
पुनरावेदन पाटन र जिल्ला अदालत काठमाडौमा सबैभन्दा बढी मुद्दा दर्ता र फैसला भएको तथ्यांकले देखाएको छ। पुनरावेदन पाटनमा विचाराधीन १० हजार ४ सय ७० मुद्दामध्ये ५ हजार ९ सय १६ मुद्दा फैसला भएका छन्। जिल्ला अदालत काठमाडौबाट ८ हजार ५ सय ३३ मुद्दा फर्छ्योट भएका छन्। काठमाडौंमा १४ हजार ५ सय ६८ मुद्दा विचाराधीन थिए।
सर्वाेच्च, पुनरावेदन र जिल्ला अदालतमा २ सय ५० प्रकारका मुद्दा दर्ता भएका थिए। गत वर्षको तुलनामा यस वर्ष कर्तब्य ज्यान मुद्दाको संख्या बढेको अदालतको तथ्यांकले देखाएको छ। यस आर्थिक वर्षमा मात्र ७ सय ३१ थान मुद्दा सर्वाेच्च अदालतमा दर्ता भएको थियो। यस वर्ष ३ सय ६३ मुद्दा अन्तिम किनारा लागे पनि अझै १ हजार १ सय १६ कर्तव्य ज्यानका मुद्दा किनारा लाग्न बाँकी छ।
'एक वर्षमा कति र कस्ता मुद्दा परे र कति फौसला भएको भन्ने तथ्यांक आउन बाँकी छ,' सर्वोच्च अदालतका सहप्रवक्ता हेमन्त रावलले नागरिकसँग भने, 'मंसिरभित्र प्रतिवेदन तयार पर्न प्रक्रिया सुरु भइसकेको छ, तथ्यांक आउने क्रम जारी छ।'
न्यायाधीश समयमा नियुक्त नभएकाले मुद्दा फर्छ्योटमा समस्या आएको अदालतको भनाइ छ। 'न्यायाधीश अवकाश भएपछि समयमा पदपूर्ति हुन नहुँदा मुद्दा फर्छ्योटमा समस्या देखिएको छ,' रावलले भने, 'त्यसले के कति फरक पर्योन भने प्रतिवेदनमा खुलाउँछांै।'
गत वर्षको तुलनामा संख्यामा वृद्धि भएपनि प्रतिशतमा भने फौसलामा कमी आएको छ। यस वर्ष करिव ११ प्रतिसत कम मुद्दा मात्र किनारा लागेको तथ्याङ्कले देखाएको छ।
सर्वोच्चदेखि जिल्ला अदालतसम्म झन्डै सय न्यायाशीश खाली छन्। पुनरावेदन र जिल्ला अदालतमा रिक्त ७८ न्यायाधीश नियुक्तिका लागि प्रक्रिया सुरु भएको छ।