कोरोना संक्रमित भिआइपी संख्या बढ्दो
०२ असोज २०७७
•
३ मिनेट पाठ
कोरोना संक्रमित भिआइपी संख्या बढ्दो
सुरुका दिनमा विदेशबाट आउने विद्यार्थी तथा श्रमिकबाट सुरु भई समुदायस्तरसम्मै फैलिएको कोभिड–१९ संक्रमण पछिल्लोसमय उच्च पदस्थ व्यक्तिहरूमा पनि व्यापक बन्दै गएको छ । यसबाट विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता, निर्वाचित जनप्रतिनिधि तथा संवैधानिक निकायका उच्च तहका व्यक्ति पनि अछुतो रहन सकेका छैनन् ।  

अघिल्लो साता नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालामा कोभिड–१९ संक्रमण देखिएको छ । त्यसैगरी काठमाडौं महानगरपालिकका प्रमुख विद्यासुन्दर शाक्यसम्म संक्रमित भएका छन् । करिब १४ दिन आइसोलेसमा बसेका प्रमुख शाक्यको पिसिआर परीक्षण गर्दा नेगेटिभ दखिएको छ । तर, उनी नियमित काममा फर्किएका छैनन् । कांग्रेस महामन्त्री डा. शशांक कोइराला भने कोरोना संक्रमित भएको एक हप्तापछि ज्वरो बढेका कारण ओम अस्पतालमा भर्ना भएका छन् । कोइरालालाई ओम अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार भइरहेको छ । कोइरालाको स्वास्थ्य अवस्था गम्भीर र स्थिर रहेको अस्पतालले जनाएको छ ।  

सप्तरी क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य डा. सूर्यनारायाण यादवको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । यादव अहिले संक्रमण मुक्त भइसकेका छन् । यस्तै, अछाम २ का सांसद यज्ञबहादुर बोगटीलाई कोरोना संक्रमण पुष्टि भएको थियो । अहिले सांसद बोगटी संक्रमण मुक्त भइसकेका छन् । सांसद तथा व्यवसायी विनोद चौधरी कोरोना संक्रमित भएर १० दिन आइसोलेसनमा बसेर संक्रमणमुक्त भएका छन् । कोरोनाबाट संक्रमित पहिलो भिआइपी भने प्रतिनिधिसभाका सदस्य प्रदीप यादव हुन् । पर्सा १ बाट प्रतिनिधि सभामा निर्वाचित यादवलाई साउन १७ गते कोभिड–१९ पोजेभिट देखिएको थियो । यादव अहिले संक्रमणमुक्त भइसकेका छन् ।

अवकाशको मुखमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेलाई पनि कोरोना संक्रमण भएको थियो । घिमिरेलाई साउन २७ गते कोरोना संक्रमण भएको पुष्टि भएपछि सेल्फ आइसालेसनमा बसेका थिए । घिमिरे संक्रमणमुक्त भएर अख्तियारबाट विदा भइसकेका छन् ।  

पूर्वउद्योग राज्यमन्त्री कञ्चन वादेलाई पनि कोरोना संक्रमण भएपछि काठमाडौंको ह्याम्स अस्पतालमा आइसियूमा राखेर उनको उपचार गरिएको थियो । कांग्रेसका केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय र अजय चौरसिया पनि अहिले कोरोना संक्रमणमुक्त भइसकेका छन् । भौतिक पूर्वाधार तथा यातायात सचिव देवन्द्र कार्की र सहरी विकास सचिव मधुसुदन अधिकारीलाई पनि कोरोना संक्रमणको पुष्टि भएको छ ।  

प्रदेश एकका सामाजिक विकासमन्त्री जीवन घिमिरे पनि कोरोना संक्रमणबाट मुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयले बिहीबार नै मन्त्री घिमिरेको पिसिआर परीक्षण गर्दा संक्रमणमुक्त–कोभिड–१९ नेगेटिभ ) देखाएको जनाएको छ । प्रदेश एकको प्रदेश सभासद् कुसुम कुमारी श्रेष्ठलाई कोरोना संक्रमण भएर अहिले संक्रमण मुक्त भइसकेकी छन् । प्रदेश १ का मुख्य न्यायाधिवक्ता चूडामणि आचार्य पनि कोरोना संक्रमणमुक्त भइसकेका छन् ।

प्रदेश दुईका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादबलाई पनि कोभिड १९ संक्रमण भएको थियो । अहिले मन्त्री यादव कोरोना संक्रमणबाट मुक्त भएर नियमित काममा फर्किसकेका छन् । मन्त्री यादवसँगै गरिएको परीक्षणमा प्रदेश २ को प्रदेश सांसद रीना यादव कोरोना संक्रमण भएको पुष्टि भएको थियो । वीरगञ्ज महानगरपालिकाका प्रमुख विजय सरावगीलाई कोरोना संक्रमण भएकोमा संक्रमणमुक्त भएर नियमित काममा फर्किएका छन् ।
अर्को समाचार
‘म भिआइपी हैन हजुर’: हर्क साम्पाङ
१८ पौष २०८०
•
१ मिनेट पाठ
‘म भिआइपी हैन हजुर’: हर्क साम्पाङ
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफू भिआइपी नभएर जनताको सेवक भएको बताएका छन्। सामाजिक सञ्जालमा स्ट्याटस राख्दै मेयर साम्पाङले त्यसैले आफूले विमानस्थलमा भिआइपी लाउन्ज पनि प्रयोग नगर्ने गरेको बताए।

‘एयरपोर्टमा  मा मलाई सोधिन्छ: सर भिआइपी लाउन्जबाट जाने हो कि? म भन्ने गर्छु: म भिआइपी  होइन हजुर! म त ‘पी’ मात्रै हुँ! अनि लाइनमा सर्वसाधारण सङ्गै उभिने गर्छु! 

जनताको घर दैलैमा पुगेर भोट माग्ने  कुन अर्थमा  जनताभन्दा ठूलो भए भन्ने प्रश्न गर्दै यस्तो शोसकी र सामन्ती चलनको अन्त्य हुनु पर्ने बताए। ‘मलाई थाहा छैन जुन जनताको घरदैलोमा पुगी नमस्कार गरेर भोट माग्ने म जाबो सानो सेवक, जनताको आदेश पालक पाले कुन अर्थमा आज म जनता भन्दा ठूलो भएँ र?,’ उनी लेख्छन्,‘नहुने ढर्‍आले बिग्रेको यो देशलाई सही शैली र मार्गमा ल्याउनै पर्छ! करोडौँ, अर्बौँ रुपैयाँ फजुल खर्च गर्नु हुन्न! शोसकी र सामन्ती चलनको यस्ता नयाँ स्वरूपलाई चिनेर अन्त्य गर्नै पर्छ! जय देश!’
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस