झापाको चन्द्रगढीलगायत आसपासका क्षेत्रमा मंगलबार बिहानैदेखि अति ठूलो वर्षा भइरहेकाले स्थानीय बासिन्दालाई होसियारी अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।
बाढी पूर्वानुमान महाशाखाले मंगलबार बिहान ट्विटरमार्फत पछिल्लो तीन घण्टादेखि त्यस क्षेत्रमा ज्यादै ठूलो वर्षा भइरहेकाे जानकारी दिँदै मध्याह्न १२ बजेसम्म सतर्क रहन सुझाव दिएको हो।
‘पछिल्लो ३ घण्टा झापाको चन्द्रगढीआसपास अति ठूलो वर्षा भएको, झापा, मोरङ, सुनसरीको भारतीय सीमा आसपास मध्यम-ठूलो वर्षा भएकाले मेची, विरिङ, निन्दालगायत सीमा आसपासका साना नदीमा आकस्मिक बहाव हुन सक्ने, १२ बजेसम्म सतर्क रहौं,’ सूचनामा भनिएको छ।