बालबालिकामा लगानी किन?
२९ भदौ २०७७
•
९ मिनेट पाठ
बालबालिकामा लगानी किन?
विगत

नेपालमा राष्ट्रिय रूपमा बाल दिवस मनाउन थालेको आधा शताब्दी नाघिसकेको छ। २०२२ सालदेखि चार दशकसम्म तत्कालीन बडामहारानीकोे जन्मदिनकोे अवसर पारेर ४ भदौमा राष्ट्रिय बाल दिवस मनाउने गरिएको थियो। २०६२/६३ को राजनीतिक परिवर्तनपछि तत्कालीन राजपरिवारका सदस्यको जन्मदिनका उपलक्ष्यमै राष्ट्रिय बाल दिवस मनाउने गरी निरन्तरता दिनु सान्दर्भिक हुन आएन।

त्यसैले २०६३ सालको बाल दिवस नजिकिँदै गर्दा यसलाई कुन दिन मनाउने भनी तत्कालीन महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले बालबालिकाका लागि क्रियाशील संघ–संस्था तथा निकायका प्रतिनिधिबीच छलफलको आयोजना गरेको थियो। त्यहीबेला बालअधिकारसम्बन्धी महासन्धि– १९८९ लाई नेपालले अनुमोदन गरेको दिन (भदौ २९)लाई बाल दिवसका रूपमा मनाउन गरिएको प्रस्तावमा केही छलफलपछि सहमति जुट्यो, सोहीअनुसार २०६३ सालदेखि बाल दिवस मनाउन थालियो।

स्मरणीय छ, बालअधिकारसम्बन्धी महासन्धिलाई नेपालले २९ भदौ २०४७ (१४ सेप्टेम्बर, १९९०) मा अनुमोदन गरेको थियो। यसरी परोपकारी दृष्टिकोणबाट कसैको जन्मदिनमा चकलेट, मिठाई, फलफूल बाँडेर, नाचगान गरेर मनाउने गरिएको राष्ट्रिय बाल दिवसमा क्रमिक रूपमा बालअधिकारप्रतिका प्रतिबद्धता गाँसिन थाले।

प्राप्त दस्तावेजअनुसार, २०६४ सालदेखि भने हरेक वर्ष सान्दर्भिक कुनै एक विषयमा मूल नारा तय गरी त्यसमा केन्द्रित भएर राष्ट्रिय बाल दिवसका कार्यक्रम आयोजना गर्न थालेको देखिन्छ। नेपालमा चलेको लामो सशस्त्र द्वन्द्वको अन्त्य गर्दै ५ मंसिर २०६३ मा शान्ति सम्झौता भएपछि नयाँ नेपाल बन्ने आशा सबैमा जाग्यो, २०६४ र ०६५ सालको राष्ट्रिय बाल दिवसको मूल नारा पनि ‘सुनिश्चित बालअधिकार ः नयाँ नेपालको पूर्वाधार’ रहन गयो।

नयाँ संविधान निर्माणको प्रारम्भिक अवधि (२०६६/०६७) मा भने मूल नारा ‘हामी सबैको सरोकार ः नयाँ संविधानमा सुनिश्चित बालअधिकार’ राखियो। राष्ट्रिय महत्वको विषयसँग जोड्दै २०६८/०६९ मा ‘हामी सबैको सरोकार ः शान्ति, संविधान र सुनिश्चित बालअधिकार’ भनियो। बालबालिकाप्रति हुने विभिन्न दुव्र्यवहारका शृंखलालाई रोक्नुपर्ने विषयलाई प्राथमिकतामा राख्न २०७०/०७१ मा भने ‘बालबालिकाका कुरा सुनौँ ः बाल दुव्र्यवहार अन्त्य गरौँ’ मूल नारा राखियो। २०७२ मा भूकम्पपछिको अवस्था समेतलाई ध्यान दिई ‘पुनर्निर्माण र संविधान ः बालअधिकारको संरक्षण हाम्रो अभियान’ राखिएको थियो।

राज्यले हरेक तहका बालबालिकामा लगानी गर्नुपर्छ, यो बालबालिकाको अधिकारको दृष्टिकोणबाट पनि महत्वपूर्ण छ।
संविधान जारी भइसकेपछिको अवस्था २०७३ मा ‘संवद्र्धन बालअधिकारको ः कार्यान्वयन संविधानको’ भन्ने नारा तय हुन गयो। त्यस्तै, २०७४ मा ‘बालमैत्री शासन ः बालअधिकारको सम्मान’, २०७५ मा ‘सुखी नेपाली, समृद्ध नेपाल ः बाल अधिकार सबैको सरोकार’, २०७६ मा ‘सुनिश्चित बालअधिकार ः समृद्ध नेपालको आधार’ नारा तय भयो। अहिले २०७७ मा ‘विपद्मा बाल अधिकारको सुनिश्चितता ः हामी सबैको साझा प्रतिबद्धता’ नारा रहेको छ। मूल नाराका मर्म गम्भीर छन्, तर तिनले हाम्रा कर्मलाई कति प्रभाव पार्न सके, त्यो भने समीक्षाकै विषय छ।

वर्तमान

‘एक दिन दिवस मनाएर के हुन्छ’ भनी तर्क गरेको पनि बाक्लै पाइन्छ। नेपालमा मात्रै होइन, विश्वभर अन्तर्राष्ट्रिय रूपमै कतिपय देश विशेषले विभिन्न विषयमा दिवस मनाउँदै आएका छन्। एक दिन दिवस मनाउँदैमा आमूल परिवर्तन भइहाल्छ भन्ने होइन, तर दिवसहरू मनाइने त्यो एक दिन भनेको सम्बन्धित विषयमा केन्द्रित रहने, भएका प्रयासको समीक्षा गर्ने र नयाँ प्रतिबद्धतासहित कार्यान्वयनमा जाने अवसर हो। सबैलाई घचघच्याउने दिन हो।

बालबालिकाले रमाइलो गर्ने, सिर्जनात्मक प्रतिभा देखाउने, खुसी मनाउने, बालबालिकाले आफ्नो अस्तित्व र महŒव महसुस गर्ने दिन पनि हो, बालदिवस। वास्तवमा बालदिवस घरघरमा, परिवार–परिवारमा मनाइनुपर्ने हो। तर यो हामी अभिभावककै पनि प्राथमिकतामा परिरहेको छैन। बालदिवस बालबालिकाका लागि मात्रै होइन, सिंगो राष्ट्रका निम्ति हुनुपर्छ। प्रत्येक जिम्मेवार निकाय र वयस्कले बालबालिकाका निम्ति बालबालिकाका साथमा मनाउनुपर्छ। बालबालिकाप्रतिको जिम्मेवारी हामी सबैमा तीन सय ६५ दिन नै रहनुपर्छ, तर यो एक दिन, विशेष दिनका रूपमा सबैले गम्भीरताका साथ आफूलाई व्यक्तिगत रूपमा र पदीय रूपमा समेत अझ बढी दायित्ववान बनाउन जरुरी छ। आफूले आफैँलाई बालबालिकाका निम्ति के गरेँ, के गर्न सक्छु भनी नियाल्न जरुरी छ।

एकैछिन यहाँहरूलाई म केही टाढा लैजाने प्रयत्न गर्छु। तर नडराउनुस्, तपाईं आफू बसिरहेको कुर्सी, ओछ्यान या भुइँबाट उठ्नुपर्दैन, हेरिरहेको पत्रिका, ल्यापटप वा मोबाइल पनि छाड्नुपर्दैन। तपाईंका कोठाका ढोका पनि खोलिनेछैन, मात्र मनको ढोका खोले पुग्छ, गन्तव्यमा पुगिन्छ। आउनुस् एकै छिन विचरण गरौँ।

हेर्नुस त, ऊ त्यो डाँडाको फेदमा गाउँ नै बगाएको छ, हिलोमा पुरिएको सानो हात देखिँदै छ। अलि पर जाऔँ, नदीले बगाएका बालबालिका पनि देख्नुभयो नि। अब तराई झरौँ, त्यो डुबानले जलमग्न ठाउँ, धमिलो पानीमाथि एक बालक बगिरहेको छ, सडक किनाराको खाल्डोमा साना बालबालिका डुबेका छन्। हेर्नुस् त उता केको कोलाहल हो ? ओहो ! एक किशोरी झुन्डिइन् रे ! 

बालबालिकामा गरिएको लगानीले जीवनभर सन्तोषजनक प्रतिफल दिन्छ भन्ने मान्यतानुरूप बाल्यकालमा गरिएको एक रुपैयाँ लगानीले १६ रुपैयाँबराबरको प्रतिफल दिन्छ भन्ने गरेको पनि पाइन्छ।
यिनीहरूले अब कहिल्यै बालदिवस मनाउन पाउनेछैनन्, सायद बाँचेकै बेला पनि बाल दिवसको अनुभव बटुल्न पाएका थिएनन्। मन त भारी भइसक्यो। तैपनि ऊ हेर्नुस् त, कुपोषणले ख्याउटेको बालकले पनि तपाईंलाई नियालिरहेको छ, भारी बोकेर थकित भएको अर्को बालक भारीसँगै ढुंगामाथि निदाइरहेको छ। सुन्नुभयो, एक बालिकाको चित्कार पनि यतैकतैबाट आइरहेको छ। ऊ उता शरीरभरि झिँगाले ढाकेको सानो बिरामी आँगनमा लडिरहेको छ। अर्कोतिर फर्कनुस्, आफू कहिल्यै इँटाको घरमा नबसेको उसले अरुका लागि धमाधम इँटा बनाइरहेको छ।

ऊ त्यो ठूलो घरमा जुठो भाँडोमै एक बालिका आफ्नो चोखो भविष्य खोजिरहेकी छिन्। सुन्नुभयो, तपाईंकै छिमेककी ९ कक्षामा पढिरहेकी छात्राको त अस्ति विवाह भएछ। पल्लो गाउँका दुई किशोरी बेपत्ता छन् रे। उसलाई देखेर नटोलाउनुस्, ऊ हिँड्न सक्दैन, घस्रेरै यताउता गर्ने हो, पढ्न जानेको छैन। फेरि उता हेरेर नझुक्किनुस्, उसको भ्वाङपरेको लुगा ‘रिप्ट जिन्स’को फेसन होइन। उसको अनुहारमा हेला, दुव्र्यवहार, भेदभावका छिटा देख्नुभयो, अनि त्यो हातमा छियाछिया कसरी परेको भन्ने घटना सम्झनुहुन्छ ? त्यो शिक्षकले ब्लेडले काटिदिएको हात हो। आजलाई यत्ति नै। आउनुस्, अब आफ्नै स्थानमा फर्कौं। आ–आफ्नो हैसियतमा रहेर आफ्नो परिवार, छिमेक समुदाय, समाज र सिंगो देशका बालबालिकाको संरक्षणका लागि प्रतिबद्ध बनौँ। कुरामा मात्रै होइन, व्यवहारमै केही परिवर्तन ल्याऔँ।

प्रत्येक बालबालिकाको जीवनका सबै पाटामा सदैव उज्यालो छाइरहोस्, कतै कुनै पनि बहानामा अन्धकारले बास नपाओस् भन्ने हामी सबैको चाहना हो। तर, समस्या र विपत्हरू जीवनमा आइरहन्छन्। त्यो आउन नदिन हामी कति सतर्क भयौँ, आइपर्न सक्ने जोखिमलाई रोक्न के उपाय अपनायौँ र आइपरेपछि कसरी व्यवस्थापन गर्न सक्यौँ भन्ने महत्वपूर्ण हो। अनुसन्धानले देखाएको कुरा हो, मानिसको दिमागको विकास ३० प्रतिशत गर्भमा रहँदा हुनेगर्छ, थप २५ प्रतिशत जन्मेको एक वर्षभित्र, अर्को २५ प्रतिशत दुई वर्षभित्र, अरु १० प्रतिशत पाँच वर्ष भित्र र बाँकी १० प्रतिशत पाँच वर्षपछि हुने गर्छ। गर्भमा रहेदेखि नै बालबालिकालाई उचित ध्यान नदिँदा राष्ट्रमै अधिकतम क्षमतावान् जनशक्ति कम हुँदै जाने जोखिम रहन्छ।

बालबालिकामा गरिएको लगानीले जीवनभर सन्तोषजनक प्रतिफल दिन्छ भन्ने मान्यतानुरूप बाल्यकालमा गरिएको एक रुपैयाँ लगानीले १६ रुपैयाँबराबरको प्रतिफल दिन्छ भन्ने गरेको पनि पाइन्छ। यसैगरी माध्यमिक शिक्षा पूरा गरेका एक प्रतिशत बालबालिकाको संख्याले राष्ट्रको प्रतिव्यक्ति आयमा ०.३ प्रतिशतले वृद्धि गर्न सघाउ पु-याउँछ भन्ने तथ्यांक पनि प्रयोगमा छ। त्यस्तै, माध्यमिक शिक्षाको एक वर्षले बालबालिकाको भावी आम्दानीमा २० प्रतिशतसम्म थप वृद्धि ल्याउँछ। बाल्यकालमा कुपोषण कम गर्न सके युवाको कमाइमा ५–१० प्रतिशतले वृद्घि हुन्छ, कुपोषणका कारण हुने पुड्कोपन घटाउँदा अफ्रिका र एशियामा कुल गाह्रस्थ्य उत्पादनमा ४–११ प्रतिशतले वृद्धि हुन्छ भन्नेजस्ता तथ्यांक पनि बालबालिकामा किन लगानी गर्न आवश्यक छ भन्ने सन्दर्भमा चर्चामा आउने गरेको पाइन्छ।

राज्यले हरेक तहका बालबालिकामा लगानी गर्नुपर्छ, यो बालबालिकाको अधिकारको दृष्टिकोणबाट पनि महत्वपूर्ण छ। बालअधिकारसम्बन्धी महासन्धिको धारा ४ ले बालअधिकारको कार्यान्वयनका लागि सबै राज्यपक्षले उपयुक्त वैधानिक, प्रशासनिक र अन्य उपाय अपनाउने तथा विशेषगरी आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको परिपूर्तिका सन्दर्भमा आ–आफ्ना स्रोतले भ्याएसम्म बढी लगानी गर्नुपर्ने र आवश्यकअनुसार अन्तर्राष्ट्रिय सहयोगको माध्यमबाट पनि बालबालिकाको अधिकार परिपूर्तिका लागि प्रभावकारी कदम चाल्नुपर्ने उल्लेख गरिएको छ। अतः बालबालिकाका लागि लगानी गर्नु राष्ट्रिय मात्रै नभएर अन्तर्राष्ट्रिय क्षेत्रको पनि दायित्व हो।

यसैगरी आर्थिक दृष्टिकोणबाट पनि हरेक राष्ट्रले बालबालिकामाथि लगानी गर्नु महत्वपूर्ण देखिन्छ। बालबालिकाप्रति संवेदनशील रहेका नीतिदेखि कार्यक्रमसम्म खासगरी सबैको पहुँच हुने गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा, पोषण, शुद्ध खानेपानी तथा सरसफाई, हिंसा दुव्र्यवहार शोषण हुनबाट संरक्षण, परिवार विहीनहरूको उचित संरक्षण आदिमा लगानी भनेको देशको मानव पुँजीमा लगानी हो। एक व्यक्ति शिक्षित, स्वस्थ र सक्षम हुनु भनेको अन्तमा राष्ट्रकै उत्पादकत्वमा वृद्धि हुनु हो। तसर्थ, बाल्यकालमा उचित हेरचाह, संरक्षण नभएमा एक दक्ष नागरिक हुने अवसर गुम्ने जोखिम बढ्दै जान्छ।

बालबालिकामा लगानी गर्नु राजनीतिक तथा सामाजिक दृष्टिकोणबाट पनि उत्तिकै महत्वपूर्ण छ। लोकतन्त्रका लाभग्राही बालबालिका पनि हुन्। बालबालिका बिनाको समाज परिकल्पना गर्न सकिँदैन। संख्याका हिसाबले पनि जनसंख्याका ४२ प्रतिशत हिस्सा बालबालिकाले ओगटेका छन्। बालबालिकालाई कस्तो संस्कार सिकाउँदै छौँ भन्ने राज्य संयन्त्रले बालबालिकाप्रति हेरेको दृष्टिकोणमा समेत भर पर्छ। सुशासनले अझ भनौँ, बालमैत्री सुशासनले बालबालिकालाई पनि अनुशासित र संवेदनशील नागरिक हुन सिकाउँछ। अशान्त, विद्रोहपूर्ण, अभावयुक्त, सधैँ गुनासो गरिरहनुपर्ने अवस्थाले शान्तिको संस्कृतिभन्दा हिंसाको संस्कृतितर्फ उन्मुख गर्छ। यसर्थ हरेकले, परिवारदेखि राज्यसम्मले बालबालिकाको लगानीमा उचित ध्यान पु-याउनु जरुरी छ। नीति निर्माणदेखि कार्यान्वयनका तहसम्म र स्रोत विनियोजनमा बालबालिकाको विषयलाई प्राथमिकतामा राख्नुपर्छ।

तर हाम्रो लगानीको प्राथमिकतामा अझै पनि आशातीत रूपमा बालबालिका पर्न सकेका छैनन्। यसको अर्थ केही पनि भएको छैन भन्ने होइन, बालअधिकार अभियानमा लागेको तीन दशकभन्दा लामो अनुभवको निचोडमा मैले भन्ने गरेको छु, हामीले बाटो नै बिराएका छैनौँ, विलम्ब भने अवश्य भएको छ। परम्परादेखि गरी आएको कामको निरन्तरताले मात्रै परिवर्तन सम्भव छैन, सकारात्मक परिवर्तनका लागि सबैको सिर्जनात्मक क्रियाशीलताको खाँचो पर्छ।
अर्को समाचार
संविधान मस्याैदामा बाल अधिकार
२७ साउन २०७२
•
१४ मिनेट पाठ
संविधान मस्याैदामा बाल अधिकार
संविधान निर्माणका क्रममा बालबालिकाका अधिकारसम्बन्धी विषयमा खासै चर्चा भएको छैन । समाजको वर्तमान र भविष्य सुन्दर बनाउन बालबालिकामा गरिएको लगानीलाई सबैभन्दा महत्वपूर्ण मानिन्छ । आमाको गर्भमा रहँदादेखि नै बालबालिकामा राज्यले लगानी गर्नुपर्ने हुन्छ । गाउँ वा सहर जहाँ पनि गरिब परिवारमा पोषणको कमीले गर्भावस्थामा र जन्मेपछि पनि आवश्यक वृद्धि नहुने गरेको तथ्य सरकारी प्रतिवेदनबाटै उजागर भएको पाइन्छ । बालबालिकाले नजन्मदैदेखि असमानता सहनुपरेको यो बलियो प्रमाण हो । यस्तो असमानता कम गर्न संविधानमा केही बोलिनु पर्छ। गर्भमा रहेका बालबालिकाको अधिकार सवैधानिक वा कानुनीरूपमा स्थापित गर्नु महिला अधिकारका दृष्टिकोणबाट त्रुटिपूर्ण हुने भए पनि तिनको अधिकार रक्षाका लागि गर्भवती महिलाको अधिकारमा पोषण, स्वास्थ्य र स्याहारको अधिकार समावेश गरिनु जरुरी हुन्छ। 

बालबालिकाको अधिकारभित्र सबैभन्दा पहिले स्वस्थरूपमा जन्मन पाउने अधिकारलाई संवैधानिक मान्यता दिने हो भने यसबाट बालबालिका गर्भावस्थामा रहँदा नै तिनको अधिकार सिर्जना हुन जान्छ । बालबालिकाको यस अधिकारलाई मान्यता दिएमा गर्भवती आमाहरूको केही कर्तव्य वा जिम्मेवारी सिर्जना हुन्छ । मसौदा संविधानमा नजन्मेका बालबालिका वा गर्भस्थ शिशुको एउटा अधिकारले मान्यता पाएको छ – महिला अधिकारअन्तर्गत गर्भलाई लैंगिक विभेद गर्न नपाइने अधिकार । यसको अर्थ सन्तान जन्माउछु भनेर गर्भधारण गर्ने महिलाले लिंगका आधारमा गर्भ तुहाउनु अपराध ठहरिनु हो । यसलाई निषेधात्मक अधिकार भन्न सकिन्छ । आमाले गर्भलाई तुहाउन त पाइनन् तर के यस अधिकारभित्र गर्भमा रहेको शिशुलाई स्याहार गर्नुपर्ने कर्तव्य समाविष्ट हुन्छ त ? अधिकारका दृष्टिकोणले अहिलेसम्म आमाहरूले गर्भको स्याहार गर्नैपर्ने दायित्व सिर्जना गरिएको छैन । पेटमा छोरी भएमा राम्रो हेरचाह नगर्ने आमालाई पनि यस व्यवस्थाले कारबाही हुन सत्तैmन ।

मसौदा संविधानमा 'सबै महिलालाई सुरक्षित मातृत्वको अधिकार' सुनिश्चित गरिएको छ । तर यो प्रावधान भएको वाक्य नै त्रुटिपूर्ण छ । यो अधिकार सबै महिलाको नभई विवाह र गर्भधारण गर्ने उमेर अर्थात् २० वर्ष पुगेका महिलालाई मात्र हुनुपर्ने हो । अहिले पनि १८ वर्ष नपुगी विवाह गर्नु दण्डनीय अपराध हो र १६ वर्ष नपुगेकी किशोरीसँग यौन सम्पर्क राख्ने कार्य त कानुनी दृष्टिमा बलात्कार हो । दोस्रो, सुरक्षित मातृत्वको अधिकारले पेटमा भएको बालबालिका र आमाको सुरक्षितरूपमा जन्मने र जन्माउने अधिकार सुनिश्चित गर्छ । यसले तत्काल गुणस्तरीय र प्रभावकारी चिकित्सा सेवाको माग गर्छ । औपचारिक क्षेत्रमा काम गर्ने महिलाका निम्ति यस अधिकारले रोजगारदाताको उपलब्ध गराउनुपर्ने गरी गर्भवती महिलाको आराम र छुट्टीका केही अधिकार सिर्जना गर्छ । तसर्थ, सन्तान जन्माउन चाहने आमा र पेटमा भएको सन्तानकोे अधिकारलाई एकै साथमा सुरक्षित गर्न गर्भवती महिलाको सामाजिक सुरक्षाको अधिकारलाई मान्यता दिनुपर्ने हुन्छ । यस प्रकृतिको सामाजिक सुरक्षाको अधिकारले गर्भवती र पेटको सन्तानको पोषण स्थितिको सुधार, अपाङ्गताको रोकथाम, शिशु मृत्युदरमा कमी गराउन प्रत्यक्ष भूमिका खेल्छन् । त्यसभन्दा बढी समानताको अभिवृद्धिमा यो सबैभन्दा शक्तिशाली कदम हुन जानेछ । मसौदा संविधानको धारा ४३ (५) मा भएको महिलाको सामाजिक सुरक्षाको हकभन्दा यसले पृथक महŒव राख्छ । अन्तरिम संविधानमा भएको बालबालिकाको अधिकारमध्ये अहिले हटाइएको बालबालिकाको सामाजिक सुरक्षाको अधिकारसँग गर्भवती महिलाको सामाजिक सुरक्षाको अधिकारले प्रत्यक्ष सम्बन्ध राख्छ । नजन्मदाँसम्म ऊ आमाको सामाजिक सुरक्षाअन्तर्गत संरक्षित हुन्छ र जन्मेपछि उसले आफ्नो सामाजिक सुरक्षाको हक प्राप्त गर्छ । नेपालको उज्ज्वल भविष्यको सुनिश्चितता चाहने हो भने प्रत्येक बालबालिकाको परिवारको आम्दानी कुनै एक स्तरभन्दा कम छ वा गरिब छ भने उसले आफ्नो पौष्टिक आहार, खोप र लगाउने कपडाको निमित्त राज्यको स्रोतलाई आफूप्रति उत्तरदायी बनाउने अधिकार राख्छ । मसौदा संविधानको धारा ४४ को पालनपोषणको अधिकारभित्र हुर्कने क्रममा बालबालिकाले राज्यबाट सहायता प्राप्त गर्ने अधिकार सुनिश्चित गर्नैपर्छ । सक्ने परिवारका बालबालिकालाई यो अधिकार चरितार्थ गर्न बाहिरी सहयोग चाहिँदैन तर नसक्ने परिवारका बालबालिकालाई यो अधिकार सुनिश्चित नभई हँुदैन । यो सुनिश्चितताले धारा ४१ (१), ४२ (१), ४० र ३६ (१) (२) र ४४ (३) को चरितार्थ गर्न सहयोग पुग्छ । अन्यथाः भोको, पूर्ण शारीरिक र मानसिक विकास नभएका बालबालिकाले अनिवार्य माध्यमिक शिक्षाबाट के लाभ पाउलान् ? अर्कोतर्फ घरमै न्यूनतम आवश्यकता पूरा भए बालबालिका अवसर खोज्दै सडकमा जाने वा पेट पाल्नैका निमित्त बेचिने अवस्था आउनेछैन । मसौदामा बालबालिकाको सामाजिक सुरक्षाको अधिकार लेख्न गाह्रो हुन्छ भने 'बालबालिकाको पालनपोषण अनुदान प्राप्त गर्ने अधिकार' लेखे पनि हुन्छ ।

बालबालिकाको नागरिकताको अधिकारका दृष्टिकोणबाट पनि संविधानको मसौदामा नागरिकतासम्बन्धी व्यवस्थामा केही अपूर्णता छन् । धारा १२ (३) अनुसार नेपालको सरहदभित्र फेला परेको बालबालिकाको आमाबाबु दुवै पत्ता लागेको छैन भने त्यो बालबालिका उसको आमाबाबु पत्ता नलागेसम्म वंशजको आधारमा नेपालको नागरिक हुन्छ भन्ने व्यवस्था छ । कुनै पनि बालबालिका नाजायज हुदैनन् भन्ने सिद्धान्तलाई यस उपधाराले पुष्टि गर्छ र यस समूहका बालबालिकाको निमित्त नागरिकताको व्यवस्थालाई निरन्तरता दिनु सराहनीय हो । परोपकार, बालमन्दिर जस्तै सयौं अन्य संस्थामा बाबुआमा पत्ता नलागेका बालबालिकाको पालनपोषण हुने गरेको छ । त्यस्ता संस्थामा हुर्केर नागरिकता लिएकाहरूले अरूलाई आफ्नोे नागरिकताको प्रमाणपत्र देखाउन हिचकिचाउने गरेको पाइन्छ । यसको कारण नागरिकता प्रमाणपत्रमा बाबुआमा पत्ता नलागेको भन्ने शब्दावली लेखिनु नै हो । यस व्यवस्थालाई बालमैत्री वा नागरिकमैत्री बनाउन मसौदामा संशोधन गर्नुपर्ने हुन्छ । सरहदभित्रका नागरिकलाई पत्ता लगाउन नसक्नु राज्यको कमजोरी हो । तसर्थ उक्त प्रावधानमा 'नेपालमा जन्मेका वा फेला परेका बालबालिकाको बाबुआमा पत्ता लगाउन नसकेसम्म उनीहरुको कानुनी संरक्षक नेपाल सरकार हुनेछ र उनीहरूलाई वंशज आधारमा नागरिकता प्रदान गरिनेछ ।' भनी पुनर्लेखन गरिनु उपयुक्त हुन्छ ।

त्यस्तै, मसौदाको धारा १२ (४) ले बाबु पत्ता नलागेका बालबालिकालाई आमाको नामबाट नागरिकता दिने व्यवस्था गरेको देखिन्छ । बालबालिकाका दृष्टिकोणबाट यो व्यवस्था राम्रै भएपनि यसको लेखाइ महिलाको मर्यादाविपरीत छ । बलात्कारबाहेकको अरू यौन सम्बन्ध महिला र पुरुषको सहसम्बन्ध नै हुन्छ । सम्बन्ध स्थापना भए पनि पुरुष भाग्यो वा ढाँटीछली महिलासँग सम्बन्ध राखेको रहेछ भने त्यस्तो ढाँटछलगर्ने पुरुषको भारसमेत महिलालाई बोकाएर महिलालाई सन्तानको बाबु पत्ता नलागेको भनेर होच्याउने सामाजिक मर्यादाविपरीतको शब्द संविधानमा प्रयोग गर्नु उचित हुँदैन । यो लेखन शैली नै पुरुषवादी संस्कारको उपज हो । धारा १२ (४) लाई तटस्थरूपमा यसप्रकार लेख्न सकिन्छ – 'नेपाली नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोवास गरेको तर बाबु आफ्नो पहिचान गुम गराई बेपत्ता भएको व्यक्तिलाई वंशजको आधारमा आमाको नामबाट नागरिकता दिइनेछ ।'

अहिलेको महिला र युवा आन्दोलनले मसौदामा नागरिकता प्रदान गर्ने विषयका सम्बन्धमा महिलालाई परेको अन्यायलाई मुखरित गरिसकेको छ । तर महिलाले आफ्ना सन्तानलाई बाबु को हो भनेर बताउन जरुरी छैन भन्ने चाहिँ बालअधिकारका दृष्टिकोणले गलत हो । सन्तानलाई आफ्नो आमा र बाबुको पहिचान पाउने अधिकार हुन्छ । बालबालिकाको दृष्टिकोणबाट हेर्दा 'नेपालमा जन्मेको कुनै पनि बालबालिका जन्मदाका बखत बाबु वा आमा दुवै वा एकजना नेपाली नागरिक रहेछ भने उक्त बालक वा बालिकाले वंशजको आधारमा नेपालको नागरिक प्राप्त गर्न सक्नेछ' भन्ने उल्लेख गर्नु उत्तम व्यवस्था हुनेछ ।

अहिले सन्तान तीन किसिमले जन्मन्छन् ः क. महिलाले कसैसँगको शारीरिक सम्पर्कविना वीर्य ग्रहण गरेर सन्तान जन्माउने, ख. सरोगेट (भाडा)आमाका रूपमा आफ्नो पाठेघर अरू दम्पतीलाई भाडामा दिने र ग. महिला र पुरुषको शारीरिक सम्बन्धबाट बच्चा जन्माउने । सन्तान जन्माउने पनि १. दुवै नेपाली नागरिक, २. पुरुष नेपाली र विदेशी महिला, ३. पुरुष विदेशी र महिला नेपाली हुनसक्छन् ।

मसौदा संविधानले पहिलो र दोस्रो स्थितिको परिकल्पनै गरेको छैन । नेपालमा कानुनी वीर्य बैंक छैन र नेपालीका बीचमा कोख भाडामा लिनेदिने प्रचलन (सरोगेसी) पनि प्रतिबन्धित छ । संविधानको व्यवस्था तेस्रो स्थितिको सेरोफेरोमा मात्र घुमेको देखिन्छ ।

मसौदामा सन्तान जन्माउने नेपाली आमाले सन्तानको बाबु पत्ता लागेन भनेमा वंशजका आधारमा नागरिकता दिलाउन सक्ने तर उक्त सन्तानको बाबु विदेशी भएमा चाहिँ नागरिकता दिलाउन नसक्ने अनौठो प्रावधान रहेको थियो । विदेशी बाबु भएपनि नेपालभित्रै जन्मेर नेपाल नछाडेका बालबालिकालाई नेपाली नागरिकता दिन मिल्ने बनाउनुपर्छ । यसले नेपाली बालबालिकाको राज्यविहीनतालाई अन्त्य गर्नेछ ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस