महेश्वर चामलिङ राई, कटारी, कात्तिक १३ - कटारी ९ मा एक बेवारिसे लास सडिसकेको अवस्थामा गएराति फेला परेको छ। स्थानीय खैरेनीस्थित धानखेतमा सडिसकेको बेवारिसे लास स्थानीयले देखेर प्रहरीलाई खवर गरेका थिए।
अन्दाजी ३७/३८ वर्ष उमेरको देखिने लास छोटो कपाल भएको, पहेलो गन्जी र रातो कट्टु लगाएको अवस्थामा फेला परेको छ। लासलाई स्थानीय कसैले पनि चिन्न नसकेकाले उनी त्यसआसपासको नभएर टाढाकै मान्छे हुनसक्ने अनुमान प्रहरीले गरेको छ।
इलाका प्रहरी निरीक्षक ज्ञानेन्द्र फुयालका अनुसार लगभग लासको प्रकृति हेर्दा चारपाँचदिनअघि नै मृत्यु भएको हुनसक्छ। केही स्थानीयका अनुसार ती व्यक्ति दशैँअघि कटारी बजारमा नालीमा लडिरहेको अवस्थामा भेटेर स्थानीयले कटारी अस्पतालमा उपचार गराएका थिए। त्यसयता देखा नपरेका उनी एक्कासी मृत अवस्थामा फेला परेको निरीक्षक फुयालले बताए ।
प्रहरी टोलीले लासको घट्नास्थल सर्जमिन मुचुल्का गरेर कटारी अस्पतालमा पोष्टमार्टमका लागि जिम्मा दिएको फुयालले जानकारी दिए ।