तीन महिनामा तीनखाले धारणा-
माधव ढुङ्गेल, काठमाडौं, साउन २१- कार्यकारी प्रमुखबारे माओवादीले एक महिनामा दुईपटक धारणा परिवर्तन गरेको छ। एक महिनाअघि 'जनप्रतिनिधिसभा' बाट निर्वाचित हुने राष्ट्रपति कार्यकारी प्रमुख बन्ने शासकीय स्वरूप पेस गर्ने माओवादीले मंगलबार जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुने प्रस्ताव गरेको छ।
एकीकृत नेकपा माओवादीका स्थायी समिति सदस्य तथा सभासद् टोपबहादुर रायमाझीले संविधानसभाको शासकीयस्वरूप निर्धारण समितिमा प्रत्यक्ष निर्वाचित कार्यकारीलाई राष्ट्रपतिमा प्रस्ताव गरेका हुन्। उनले माओवादी केन्द्रीय समितिको बैठकको निर्णय भन्दै यो प्रस्ताव प्रस्तुत गरेका हुन्।
असारमा भएको पार्टीको पोलिटब्युरो बैठकको निर्णय केन्द्रीय समितिले परिवर्तन गरेपछि माओवादी प्रत्यक्ष निर्वाचित राष्ट्रपति हुने ढाँचामा गएको हो। असार १८ गते माओवादी पोलिटब्युरोको निर्णय भन्दै पोलिटब्युरो सदस्य पम्फा भुसालले 'जनप्रतिनिधिसभाबाट राष्ट्रपति चुनिने' प्रस्ताव समितिमा पेस गरेकी थिइन्।
माओवादी पोलिटब्युरोले मतभेद हुँदाहुँदै पनि निर्णय गरेको र आइतबार सम्पन्न केन्द्रीय समितिको बैठकले निर्णय उल्ट्याएको माओवादी स्थायी समितिका एक सदस्यले जानकारी दिए। 'पोलिटब्युरोले निर्णय गर्दा पनि मतभेद थिए,' ती सदस्यले भने, 'अहिले केन्द्रीय कमिटीमा पनि मतभेद हुँदाहुँदै सर्वसम्मतिले त्यो निर्णय उल्ट्याइदिएको हो।'
असारमा भएको पोलिटब्युरो बैठकमा देव गुरूङले 'जनप्रतिनिधिसभाद्वारा निर्वाचित राष्ट्रपति' को प्रस्ताव गरेका थिए। उनले प्रत्यक्ष निर्वाचित राष्ट्रपति निरंकुश हुने तर्क दिंदै व्यवस्थापिकाबाट निर्वाचित राष्ट्रपतिको व्यवस्थाका लागि पोलिटब्युरोलाई 'कन्भिन्स' गरेका थिए। पार्टीभित्र मोहन बैद्य खेमाको भनेर चिनिने गुरूङको विचारप्रति बाबुराम भट्टराई खेमा र नारायणकाजी श्रेष्ठले नेतृत्व गर्ने 'पूर्व एकताकेन्द्र मसाल' बाट एकीकरणपछि माओवादी भएका सहमत नभए पनि विरोध भने गरेनन्।
माओवादी सबैभन्दा ठूलो दल भए पनि २२ दलको गठबन्धनले माधवकुमार नेपाललाई प्रधानमन्त्री निर्वाचित गरेको घटना आलै रहेकोबेला प्रत्यक्ष प्रत्यक्ष राष्ट्रपति चुनिन माओवादीलाई हम्मे पर्ने अनुमानले पनि संसद्बाट निर्वाचित राष्ट्रपतिको तर्क माओवादीले ल्याएको हुनसक्ने बताइएको छ। माओवादी उम्मेदवारविरुद्ध सबै दलले साझा उम्मेदवारी दिएमा जनताबाट राष्ट्रपति चुनिन सजिलो नहुने गुरूङको तर्कबाट नेतृत्व 'कन्भिन्स' भएको स्रोतको दाबी छ।
अहिले माओवादीभित्र शासकीय स्वरूपका विषयमा बाबुराम भट्टराई पक्षधर र 'पूर्व एकताकेन्द्र मसाल' का नेता समान दृष्टिकोण राख्छन्। गुरूङको प्रस्तावमा भएको पोलिटब्युरोको निर्णयमा मोहन बैद्य संलग्न नभएकाले त्यसको पक्षमा कुनै पनि खेमाले आफूलाई नउभ्याएकाले केन्द्रीय समितिले सजिलै उल्ट्याइदिएको स्रोतले जानकारी दियो।
माओवादी संसदीय दलका सचिव खिमलाल देवकोटाले भने पोलिटब्युरोले निर्णय गरेको नभई समझदारीलाई नै दस्तावेजका रूपमा संविधानसभामा पठाएको दाबी गरे। उनले भने, 'पोलिटब्युरोले लगेको प्रस्ताव केन्द्रीय समितिले स्वीकार गरेन।' त्यसलाई पोलिटब्युरोले पनि 'इगो'का रूपमा नलिएको र जनतासँग मत माग्न ल्याइएको प्रत्यक्ष निर्वाचित राष्ट्रपतिलाई नै अघि सार्ने निर्णय गरेको उनले बताए।
माओवादीले संविधानसभा निर्वाचनदेखि अहिलेसम्मको डेढ वर्षभित्रमा राष्ट्रपतिबारे दृष्टिकोण तीनपटक फेरिसकेको छ। संविधानसभा निर्वाचनको 'प्रतिबद्धतापत्र' मा जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र प्रधानमन्त्री पनि रहने प्रस्ताव थियो। पोलिटब्युरो बैठकले 'जनप्रतिनिधिसभाद्वारा निर्वाचित कार्यकारी राष्ट्रपति' को धारणा ल्यायो र प्रधानमन्त्रीको व्यवस्था खारेज भयो। स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले भने, ...राष्ट्रपति र प्रधानमन्त्री दुवै राख्दा द्वैधसत्ताको खतरा हुने भएकाले कार्यकारी राष्ट्रपति मात्र रहने निर्णय भएको थियो।' अहिले, केन्द्रीय कमिटीले फेरि प्रत्यक्ष निर्वाचित राष्ट्रपति कार्यकारी प्रमुख हुने प्रस्ताव ल्याएको छ, प्रधानमन्त्री रहने/नरहने बारे माओवादी मौन छ।
पोखरेलका अनुसार राष्ट्रपति निरंकुश हुन नदिन पार्टीले फिर्ता बोलाउन सक्ने (राइट टु रिकल) प्रावधान संविधानमा राख्नुपर्ने प्रस्ताव गरिएको छ। पार्टीले फिर्ता बोलाउने निर्णय गरेको प्रस्तावलाई 'जनप्रतिनिधिसभा' ले पारित गरे राष्ट्रपति पदमुक्त हुने प्रावधान राखे निरंकुश हुन नसक्ने उनले तर्क गरे।