दिलबहादुर छत्याल, धनगढी वैशाख ६
डोटी पचनालीका कृष्ण बिक हलिया मुक्तीको आन्दोलनका लागी काठमाडौंसम्म पुगे । सिँहदरवार घेरे । सरकारले भदौ २१ गते हलियामुक्तीको घोषणा गरेपछि पुर्खादेखि अर्काको हलोजोत्नु परेकोबाट छुटकारा मिल्ने खुशिले उनी फुरुगं हुदै घर फर्के । तर उनको त्यो खुशी सकार भएन । उनीले अर्काको हलो जोत्नुपर्ने बाध्यताबाट अझै मुक्ति पाएका छैनन्।
उनी जस्तै सरकारले घोषणा गरेको सात महिना बितिसक्दा पनि सुदुरपश्चिमका जिल्लामा रहेका हलियाहरु मुक्त हुन सकेका छैनन्। आफ्नो कमाई खाने जग्गाजमिन र कुनै बैकल्पिक उपाय नभएका हलियाहरुको पुनस्र्थापनाको ब्यबस्था नहुदाँ हलियाहरु मुक्त हुन नसकेका हुन्।
'आफ्नो एक टुक्रापनि जग्गा छैन । घर पनि आफ्नो नाममा छैन । कहाँ जाउँ । हलो नजोती त ओत लाग्न पनि ठाउँ छैन । न त बाल बच्चाको मुखमा माड लगाउने उपाय नै छ।' कृष्ण बि कले दुखेसो सुनाए - 'सरकारले घोषणा गर्दा साच्चै मुक्त भइन्छ भन्ने लागेको थियो । घोषणा मात्रै भयो । हाम्रा दुख हटेनन । मैले अहिलेपनि अर्काको हलिया भएर हलोजोती रहेको छु' उनले भने।
कमाइखान एक टुक्रा जमिन दिए बापत उनले गाउँकै एक जमिन्दारको हलोजोत्दै आएका छन । हलोजोत्न छोडेपछि जमिन कमाउन पाइदैन । जमिन कमाउन नपाइए बाल बच्चाको मुखमा माड लाग्दैन । जमिन कमाउने आशमा उनले हलिया बन्नुपर्ने बाध्यता छ ।
परिबार पाल्ने कुनै बैकल्पिक आधार नहुँदा उनीजस्तै अधिकांश हलियहरु मुक्त घोषणा भएपनि हलोजोत्न बाध्य भएका छन ।
कलेनाका घनीकामी हलो नजोतेमा त बिचल्ली हुने बताउँछन् । 'आफ्नो नाममा एकटुक्रा जमिन पनि छैन । अर्काको हलो जोतिदिए बापत पाएको जग्गाको टुक्रा पनि गुमेपछि के खाने । बिचल्ली हुन्छ' उनले बताए। तोलेनीका देउराम भुलले पनि बिचल्ली हुने डरले हलोजोत्न छोडेका छैनन ।
हलियाहरुले काठमाण्डौमा नै गएर आन्दोलन गरेपछि गत भदौ २१ गते सरकारले हलियलाई मुक्त घोषणा गरेको थियो ।
यस क्षेत्रमा तीन प्रकारका हलिया रहेको हलियाका नेता गोरख सार्कीले बताएका छन । एक लिएको ऋण तिर्न नसकेर ऋिणको ब्याज बाफत हलिया भएका छन । दुई जमिन्दारले कुनैठाउँबाट ल्याई आफ्नो जमिनमा बसालेर परम्परागत रुपमा हलिया बनाइएका र तीन कमाई खान एक टुक्रा जमिन दिएर हलिया बनाइएका हरु हुन । उनले बताए
ऋण लिए बाफतकाले छुटकारा पाएपनि जमिनदारले दिएको एक टुक्रा जमिन कमाएर हलो जोत्ने र अर्काको जमिनमा बसेकाहरु मुक्त हुन सकेका छैनन । उनले भने
आधाभन्दा बढी एकटुक्रा जमिन उपयोग गरेबाफत हलोजोत्ने भएकोले परिवारको मुखमा माड लगाउन उनीहरुले हलोजोत्न छोड्न सकेका छैनन । उनले भने केहि नभए एक टुक्रा जमिन पनि छोड्न सकिराखेका छैनन ।
ऋण पनि मिनाह गर्न नमानेर प्रत्यक्ष अप्रत्यक्ष तिर्न दवाव दिने गरेको उनले बताए
हलियाहरु कति छन भन्ने एकिन तथ्याकं छैन । सुदुरपश्चिममा मात्र २० हजार घरधुरी हलिया रहेको उनको दावी छ ।
सरकारले सँग यो अघि नै राखेका ११ सुत्रिय माग पुरा गरेमात्र बास्तवमा हलियाको मुक्ती हुने उनीहरुले बताएका छन ।
। मुक्त भएका हलियालाई प्रती परिवार १ लाख रुपैया । प्रति परिवार तराईमा १० कट्टा पहाडमा १० रोपनी जमिन उपलब्ध गराइनु पर्ने लगायतका माग सरकार सँग राखेको भएपनि पुरा नगरेको हलियामुक्ति समाज डोटीका गोरख सार्खीले बताए ।
हलियाको परिचय पत्र बनाईनु पर्ने हलियाका बालबच्चालाई शिक्षा स्वास्थ्यको ग्यारेन्टि गरिनुपर्ने बसेको घर उसको नाममा गरिनुपर्ने लगायतका माग अघि सारेको उनले बताए ।
सुदुरपश्चिम र मध्यपश्चिमका जिल्लाहरुमा हलियाहरुको तथ्यांक लिन शुरु गरिएको छ । प्रमुखजिल्ला अधिकारी संयोजक र हलियामुक्ति समाजको प्रतिनिधी जिबिसको प्रतिनिधी नगरपालीका र तथ्यांकको प्रतिनिधी रहेको समितीले तथ्याकं संकलन गर्न शुरु गरेको छ ।
सभासद हरि श्रीपाइलीको संयोजकत्वमा हलिया तथ्यांक संकलन समिती गठन गरिएको छ ।