श्याम भट्ट, काठमाडौं, भदौ २८ - -कर्णाली राजमार्गको सुर्खेत-जुम्ला खण्डमा सोमबार राति भएको बस दुर्घटनामा २८ जनाको मृत्यु भयो भने ११ जना घाइते भए। -आइतबार बिहान तम्घासबाट काठमाडौंका लागि छुटेको बस गुल्मी हर्दिनेटा-६, लुम्छामा दुर्घटना हुँदा १३ जनाले ज्यान गुमाए।
मध्यपश्चिममा २०६९ साल वैशाखदेखि भदौ २७ सम्म भएका १ सय २७ सडक दुर्घटनामा ७० जनाको ज्यान गयो। ३ सय ३० जना घाइते भए। उक्त अवधिमा सुदूरपश्चिममा भएका ४० सडक दुर्घटनामा ६७ जनाले ज्यान गुमाए। १ सय ६७ जना घाइते भए। यत्तिका विधि सडक दुर्घटना भए पनि सरकारले यसलाई गम्भीरतासाथ लिएको छैन।
२०६८ साल असोज ८ मा लालिपुरमा भएको बुद्ध एयर तथा गत जेठ १ गते जोमसोममा भएको अग्नि एयरको जहाज दुर्घटनामा सरकारले तत्काल छानबिन समिति बनाई अनुसन्धान थालेको थियो।
समितिले सार्वजनिक गरेको दुवै रिपोर्टमा पाइलटलाई दोषी देखाइएको छ। हवाइजहाज दुर्घटनामा सरकारले तत्काल छानबिन समिति गठन गर्छ। हवाई दुर्घटनाबारे विज्ञहरूले आफ्ना धारणा राख्छन्। तर, सडक दुर्घटना कसैको पनि चासोको विषय बन्दैन।
सडक दुर्घटनाबारे बिरलै छानबिन हुने गरेको छ। सडक दुर्घटना र त्यसमा ज्यान गुमाउनेको संवेदनाले यातायात व्यवस्थापनको जिम्मा पाएका यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी र यातायात व्यवसायीलाई फरक परेको हुँदैन, न यसले सरकारलाई नै।
जहाजमा उडने र गाडीमा गुडनेको मृत्युमा धेरै फरक छ। राष्ट्रिय मान्यताप्राप्त सडकमा भएको गाडी दुर्घटनामा मृत्यु हुनेका परिवारले बिमाबापत बढीमा ५० हजार पाउँछन्। तर, जहाजका यात्रुको मृत्यु भएमा १८ लाख बिमा उपलब्ध गराइन्छ।
नागरिक उडड्यन प्राधिकरणका अनुसार सन् २०११ भरिमा १८ वायुसेवा कम्पनीले १५ लाख ८३ हजार यात्रुलाई सेवा दिए। यातायात व्यवस्था विभागका अनुसार मुलुकभर ११ लाख भाडाका सवारीसाधन सञ्चालित छन्। यातायात व्यवस्था विभागका निर्देशक चन्द्र फुँयालका अनुसार विभिन्न ठाउँमा हुने सडक दुर्घटनाको अहिलेसम्म कुनै अध्ययन भएको छैन।
'कर्णाली राजमार्गलाई राष्ट्रिय मान्यता दिइएको छैन। राति बस चलाउन अनुमति दिने कुरै भएन्,' उनले भने। विभागको अध्ययन र स्टिमेटपछि मात्र विभागले सडक बनाउन अनुमति दिन्छ। तर, अध्ययनबिनै स्थानीय र यातायात व्यवसायीले बनाएका सडकमा पनि बस चल्ने गरेका छन्।
गुणस्तरहीन सडक, पुराना सवारी साधन र चालकको मानसिक तथा शारीरिक अवस्था सडक दुर्घटनाको कारक भएको फुँयालले जानकारी दिए। कुनै पनि सडकमा यातायात सञ्चालन गर्न सिडिओको सिफारिसमा यातायात व्यवस्था विभाग अञ्चल कार्यालयले चारमहिने अस्थायी रुट परमिट दिन्छ।
सडक निर्माण हुन नपाउँदै यातायात व्यावसायीले गाडी चलाउन थाल्छन्। यातायात असुविधाका कारण जनताले दुःख पाएको भन्दै स्थानीयले यातायातका साधन सञ्चालनका लागि अनुमति मागेपछि बाटो कायम गर्न यातायात व्यवस्था विभागलाई दबाब पर्ने गरेको छ।
मध्य पश्चिमाञ्चल क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुरका सब-इन्सपेक्टर वीरबहादुर थापाका अनुसार दैलेख-जुम्ला सडक सार्वजनिक सवारीसाधन चलाउनका लागि उपयुक्त छैन। तैपनि, जोखिम मोलेर व्यवसायीले गाडी चलाउँदै आएका छन् ।
जुम्लाका स्थानीय शान्तिलाल महतका अनुसार मृत्यु राजमार्गको दर्जा पाएको कर्णाली राजमार्गमा यातायातका साधन चल्न थालेको ६ वर्षयता २ सयले ज्यान गुमाइसके पनि यसबारे सरकारले चासो लिएको छैन। महत भन्छन्, 'राजनीतिक दबाबमा बनाइएको कालिकोट-मान्म खण्डको १२ किलोमिटर सडक खतरनाक छ, जहाँ बढी दुर्घटना हुन्छ।'
सुर्खेत-जुम्ला सडकको २ सय ३२ किलोमिटरमध्ये दैलेख र कालिकोटको सीमा खिड्कीज्युलादेखि जुम्ला र कालिकोटको सिमाना नाग्मासम्मको ८० किलोमिटर खण्ड अतिविकट र डरलाग्दो छ।