आगलागीबाट एक करोड क्षति
२२ भदौ २०६९
•
२ मिनेट पाठ
आगलागीबाट एक करोड क्षति
सिद्धराज राई, धनकुटा, भदौ २२- लेगुवा गाविसका रामबजारमा शुक्रबार राती भएको आगलागीबाट ६ वटा घर जलेको छ । मध्येरातमा भएको आगलागीबाट १ करोड ३ लाख ६० हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको प्रहरीले बताएको छ।
 




आगो निभाउने क्रममा ब्यापारी रमेश शाह घाइते भएका छन्। ग्यास सिलिन्डर पडि्किदा उनलाई चोट लागेको प्रहरी निरीक्षक कैलास राईले बताए।

आगलागीबाट देबेन्द्र शाह, चेतबहादुर पुरी, हेमकुमार अधिकारी, गन्जबहादुर राई, महाप्रसाद राई र काजी राईको घर जलेको छ। एक्कासी आगो लागेकाले उनीहरुले घरमा राखेको कुनै पनि सामग्री झिक्न नपाएको प्रहरीले बताएको छ। ब्यापारी देवेन्द्र शाहको घरमा विद्युतको लाइन सर्ट भएपछि सो आगलागी भएको थियो।

आगलागीको खबर पाउने वित्तिकै धनकुटाबाट गएको प्रहरी टोली र स्थानीयबासीको सक्रियतामा आगो नियन्त्रण गरिएको बताइएको छ। आगलागीबाट पिडित परिवार छिमेकीहरुको घरमा शरण लिइरहेका छन्।

पीडित परिवारलाई नेपाल रेड्क्रस सोसाइटीले लत्ताकपडा, भाडाबर्तन, कम्बल र खाद्यान्न सहयोग गरेको छ। त्यस्तै जिल्ला प्रशासन कार्यालय धनकुटाले दैवी प्रकोप राहत कोषबाट प्रत्येक घरलाई ५/५ हजारको दरले राहत वितरण गरेको छ।
अर्को समाचार
आगलागीबाट ९ करोड क्षति
१९ कार्तिक २०७०
•
३ मिनेट पाठ
आगलागीबाट ९ करोड क्षति
ताप्लेजुङ - सोमबार दिउँसो ताप्लेजुङ सदरमुकाम फुङलिङ ७ मा भएको आगलागीबाट ९ करोड बराबरको क्षति भएको विवरण प्रहरीले सार्वजनिक गरेको छ।पाँच घरको क्षति मात्र ७ करोड ४ लाख ९७ हजार १ सय ३४ रुपैंया बराबारको रहेको र आगो नियन्त्रणमा लिने क्रममा भत्काइएका घरको आशिंक क्षतिमा १ करोड ४१ लाख ९५ हजार रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरीक्षक गोविन्दप्रसाद आचार्यले जानकारी दिए। सोमबार भएको क्षतिको विवरण संकलन गर्न लामो समय लागेको कारण आज विहान मात्र पुर्ण विवरण आएको उनको भनाई छ। सोमबार दिउँसो २ः२० बजे फुङलिङ ७ टुक्रे स्थित काजी मादेनको घरबाट सुरु भएको आगोले भद्र बोखिम, योग्य पतंङ्वा, दावाएन लामा तथा पृथ्वीधोज लिम्बुको घर पूर्ण रुपमा जलेर नष्ट भएको थियो। आगो नियन्त्रणमा लिने क्रममा ८ वटा घरको केहि भाग समेत भत्काउनु परेको थियो।  यसैवीच अग्नि पिडित पाँच घरका १५ परिवारलाई हिजो  राहत वितरण गरीएको छ। घर जलेका परिवारलाई जिल्ला विपद् व्यवस्थापन समितिका तर्फबाट नगद ५ हजार रुपैयाँ, जिल्ला विकास समितिले २ र बहुउदेशिय सहकारी संस्थाले आफ्ना शेयर सदस्यलाई २ हजार गरी प्रति परीवार ९ हजार रुपैयाँ प्रदान गरिएको छ।
नेपाल रेडक्रस सोसाइटीले भने घर जलेका र विस्थापित भएका समेत गरी १८ परिवारलाई  पाल, कम्वल, भँडाकुडा, खाद्यान्न लगायतका सामाग्री वितरण गरेको विपद व्यवस्थापन समितिका संयोजक समेत रहनुभएका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले जानकारी दिए। यता विभिन्न स्थानमा हुने राहत संकलन र वितरणका लागि उद्योग वाणिज्य संघ ताप्लेजुङका अध्यक्ष तारानाथ घिमिरेको संयोजकत्वमा राहत संकलन समिति समेत निर्माण गरीएको छ। अब सो स्थानमा राहत वितरण र जिल्लामा राहत संकलन सोहि समितिबाट मात्र हुने समेत प्रजिअ पौडेलले बताए। ताप्लेजुङमा यसअघि २०६० साल चैत १५ गते विरेन्द्रचोक क्षेत्रमा आगलागी हुँदा ४५ घरमा क्षति भएको थियो। त्यसैगरी २०६९ साल माघ २८ गते राती शेर्पा टोल क्षेत्रमा भएको आगलागीमा ८ घर क्षति भएको थियो।


रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस