मनोज अधिकारी, पोखरा, भदौ १८ - प्रहरीले यार्सागुम्बा र लागूऔषध ब्राउन सुगरसहित पोखरामा पाँचजनालाई पक्राउ गरेको छ। पोखरा-९ चिप्लेढुंगास्थित होटल देउरालीबाट ६ सय १५ ग्राम यार्सागुम्बासहित चारजना र पृथ्वीचोकबाट १६ ग्राम ब्राउन सुगरसहित एकजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
कास्कीको ल्वाङ्घलेलका २० वर्षीय शिव अधिकारी, १९ वर्षका सन्तोष गौतम, २२ वर्षका हरि गौतम र अर्मला गाविस-३ का ४० वर्षका लिला शर्मा यार्चागुम्बासहित पक्राउ परेका हुन्। होटल देउरालीमा यार्चागुम्बा लुकाईछिपाई राखेका विशेष सुराकीको आधारमा वडा प्रहरी कार्यालय बगरको टोलीले तलासी लिँदा कोठा नम्बर ४ बाट उक्त यार्सागुम्बा बरामद भएको हो। प्रहरीकाअनुसार तीन जनासँग ५ सय र शर्मासँग छुट्टै प्लाष्टिकमा १ सय १५ ग्राम यार्सागुम्बा भेटिएको थियो। उनीहरुलाई वडा प्रहरी कार्यालय बगरमा राखेर अनुसन्धान अघि बढाइएको छ।
उनीहरुलाई स्वीकृत नलिई यार्सागुम्बा संकलन गरेको र बिक्रीका लागि लिएर हिँडेकाले पक्राउ गरिएको कास्कीका प्रहरी प्रमुख एसपी शैलेस थापा क्षेत्रीले जानकारी दिए। उनले यार्सागुम्बा संकलन र बिक्रेतालाई प्रहरीले मुद्दा चलाउन नमिल्ने भएकाले मंगलबार अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मा बुझाउने बताए।
यस्तै प्रहरीले लागूऔषध ब्राउन सुगरसहित तनहुँका १७ वर्षीय ज्ञानेन्द्र थापा मगरलाई पक्राउ गरेको छ। वीरगञ्जबाट लागूऔषध ब्राउन सुगर खरिद गरी ल्याएर पोखरामा बिक्री वितरण गर्ने सुचनाको आधारमा प्रहरीले उनलाई खोजी गर्दा पोखरा-९ बसपार्कबाट पक्राउ गरिएको हो। उनको साथबाट सेतो प्लाष्टिकभित्र प्याकिङ्ग गरी लुकाई राखेको ४ पोका (१६ ग्राम) ब्राउन सुगर बरामद भएको थियो। यस्तै प्रहरीले आज सराङ्कोट-७ स्थित ग्यारजातीमा प्राकृतिक रुपमा उम्रेको हरियो गाँजा फडानी गरेको छ।