मिथिलेश यादव, सप्तरी, भदौ ११- सप्तरी कमलपुर -७ स्थित चन्द्रनहरको पूर्वी बाँध फुट्दा ६० परिवार विस्थापित भएका छन्।
शुक्रवार दिउँसो चन्द्रनहरको पूर्वी तटवन्ध भत्केर गाउँ डुबानमा परेको थियो। शनिवारवाट तटवन्ध निमार्णको काम सुरु भएर आइतवार सम्पन्न भएलगत्तै राती पुनः सोही ठाउँमा तटवन्ध भत्किएको स्थानीय हिरालाल खड्काले बताए।
विस्थापितलाई सुरक्षित स्थानमा आश्रय लिएर बसेका छन्।
‘सिमेन्टको बोरामा माटो हालेर क्रेटिङ्गको काम भएको थियो', इन्जिनियर रमेश कुमार चौधरीले भने, ‘आईतवार राती नहरमा पानीको बहाव बढेर बाँध भत्किएको हो। बाँध कामचलाउ मात्रै भएकाले पानीको बहाब थेग्न नसकी भत्किएको उनले बताए।
कोसी पम्प चन्द्र नहर सिंचाई डिभिजन कार्यालयका प्रमुख इन्जिनियर राजेन्द्र साहले नहरको सम्पूर्ण संरचना जिर्ण भईसकेकाले अब मर्मतले नभइ पुर्ननिर्माण गरिनुपर्ने बताए।