काठमाडौं, भदौ ७ (नागरिक) - सर्वोच्च अदालतले सेनामा अधिकृत क्याडेटका लागि जारी भर्ना प्रक्रिया तत्काल रोक्न सरकारलाई अन्तरिम आदेश जारी गरेको छ।
सेनाको अधिकृत पदका लागि मधेशी तर्फबाट लिखित परीक्षा पास गरेर नाम निकाल्न नसकेका राकेश यादवले समावेशीमा कोही पनि मधेसी नपरेको भन्दै सेनाको पदपूर्ति प्रक्रिया रोक्न माग गर्दै मंगलबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
रिटको पहिला सुनुवाइमा त्यसको भोलिपल्टै सर्वोच्चका न्यायाधीश ताहिरअलि अन्सारीले सेना भर्ना प्रक्रिया भदौ १७ गते सम्मका लागि रोक्न आदेश दिएको हो। रिटमा उठाइएको विषय गम्भीर भएको भन्दै दुबै पक्षको छलफल सुनेर मात्रै अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा निर्णय लिनुपर्ने भन्दै उनले रिटमा सरकारसँग कारण देखाउ आदेश र छलफलका लागि १७ गते बोलाएको हो।
रिट निवेदक यावदले अधिकृत क्याडेटमा एकजना पनि मधेशी युवालाई उत्तीर्ण नगराइएको भन्दै त्यसलाई रोक्नुपर्ने माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए। सेनाको कार्यरथी विभाग भर्ना छनौट निर्देशनालयले २०७८ चैत १७ गते पद दरखास्त आव्हान गरेको थियो। अधिकृतका लागि खुल्ला तर्फ ७७ र समावेशी तर्फ १५ जनाको दरखास्त भएको थियो।
त्यसमा ३३ सयले आईक्यू उत्तिर्ण र ३ सय १५ ले लिखित परिक्षा उत्तिर्ण गरेकोमा एकजना पनि मधेशी युवालाई पनि पास नगराइएको भन्दै रिटमा दाबी गरिएको थियो। 'एकजना पनि मधेसी युवा लिखित परीक्षामा पास नहुनुमा राज्यको परम्परागत सोचको परिणाम रहेको हामीले ठहर गरेका छौं,' रिटमा भनिएको छ, 'त्यसतो विभेदपूर्ण भर्ना प्रक्रियालाई अन्तरिम आदेशमार्फत् रोक लगाइयोस्।'
रिटमा प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय, रक्षा मन्त्रालय, नेपाली सेनालाई विपक्षी बनाइएको छ।