बरुण पनेरु, डडेल्धुरा, साउन १३ -बैतडी जिल्लामा मदिराका सेवन गरेको तीन महिनामा पाँच जनाको मृत्यु भइसकेको छ। जिल्ला प्रहरी कार्यालय बैतडीको तथ्याङ्क अनुसार बैशाख यता मदिरा सेवनकै कारण पाँच जनाको मृत्यु भएको छ।
मदिराका कारण महिला हिंसा लगायत अन्य अपराधिक घटनाहरु ९० प्रतिशत बढेको प्रहरी नायव उपरीक्षक विष्णुबहादुर कार्कीले बताए। 'गत वैशाख १० गते शर्माली-४ कुन्दा साउदको हत्या मृत्यु भएको छ,' प्रहरी नायब उपरीक्षकले भने।
बैशाख १७ गते भटना-९ का एकिकृत माओबादीका नेता नरदेव खत्रीको पनि मृत्यु भयो। यता श्रीकोट गाविसमा अर्जुन बिष्टमा पनि मृत्यु भएको प्रहरीले जनाएको छ।
मदिरा सेवक गरेपछि महारुद्र-२ का ३६ बर्षिय शिवराम पोखरेल पनि मृतमा अवस्थामा भेटिए। असार दोस्रो साता देहीमाण्डौमा मदिराले मात्तिएर छोराले बञ्चरो प्रहार गर्दा एक बृद्धको मृत्यु भयो। जिल्लामा घटेका हत्या लगायत अन्य अपराधिक घटनाहरुमा मदिराको प्रयोग भएकाले मदिराकै कारण समाजमा अपराधिक घटना घटिरहेको प्रहरी नायव उपरीक्षक कार्की बताए।
मदिरा सेवनका कारण धेरै व्यक्तिहरु मृत समेत भेटिने गरेका छन्। केही ठाउँमा मदिरा सेवन गरेपछि भएको झगडामा हत्याको घटना समेत हुने गरेका छन्। छोटो समयमै धेरै पैंसा कमाउने सपना बोकेर चिया पसल देखि औषधि पसलसम्म ठाउँ ठाउँमा मदिराको व्यवसाय फस्टाएको बैतडी सदरमुकामका स्थानीय वासिन्दा शेरबहादुर चन्दले बताए।
जथाभावी मदिराको बिक्रि वितराण तथा सेवनले मदिराकै कारण पछिल्ला समय दिनहँ महिला हिंसाका घटनाहरु बढ्दै गएको स्थानीय महिला अधिकारकर्मी सरस्वती नेपाली बताए।
मदिराका कारण घट्ने घरेलु हिंसाका कयौं यस्ता घटनाहरु कानुनी उपचारबारे थाहा नपाउँदा बाहिर आउन नसकेको समेत नेपालीको भनाई छ। बैतडीमा २०६३/०६४ को जिल्ला परिषदबाट मदिरा निषेध जिल्ला घोषणा हुनुपर्ने प्रस्ताव पारित भएको थियो। त्यसपछि माओबादी निकट युवाहरुको संगठन वाइसिएलले मदिरा बिरुद्ध सदरमुकाममा लाठी जुलुस पनि प्रदर्शन गरेको भएपनि तर कुनै हालतमा पनि मदिरा नियन्त्रण हुन सकेको छैन।