दिलीप पौडेल, बाग्लुङ, असार २८- विद्यार्थी अनुपातमा शिक्षक दरबन्दी नहुँदा यहाँका विद्यालय सञ्चालनमा कठिनाइ भएको छ। शिक्षक अभाव भएपछि विद्यालयले एउटै कक्षामा सयभन्दा बढी विद्यार्थी कोचेर पढाउँदै आएको छ।
शिक्षा नियमावलीमा प्रति ४५ विद्यार्थीलाई एक शिक्षक दरबन्दीको व्यवस्था छ। यहाँको दर्लिङ माविले कक्षा १ मा एक सय २० विद्यार्थीलाई एउटै कक्षामा राखेर पढाइरहेको छ। एक शिक्षकले पूरै कक्षा सम्हाल्न सक्दैनन्।
'कक्षा कोठासमेत साँघुरा छन्। विद्यार्थीलाई थुन्ने मात्र काम भएको छ,' प्रधानाध्यापक खुदबहादुर गुरुङले भने, 'सेक्सन खोलेर चलाउने क्षमता छैन।' जिल्ला शिक्षा कार्यालयले विद्यार्थी संख्याको आधारमा शिक्षक दरबन्दी उपलब्ध गराएको छैन। विद्यालयमा सात प्रावि शिक्षकको दरबन्दी हुनुपर्नेमा चार जनाले काम चलाउँदै आएका छन्।
दर्लिङ मावि मात्र होइन, ज्ञानेन्द्र मावि, निसी, भानु निमावि दर्लिङलगायत दर्जनौं विद्यालयमा गरी चार सय ५१ शिक्षक अभाव रहेको शिक्षा कार्यालयले जनाएको छ। केही विद्यालयले निजी स्रोतमा शिक्षक नियुक्त गरे पनि अधिकांश विद्यालयले त्यतिकै काम चलाइरहेका छन्।
प्राथमिक, निम्न माध्यामिक र माध्यामिक तहमा तीन हजार १६ शिक्षक आवश्यक भए पनि दुई हजार पाँच सय ६५ दरबन्दी मात्र रहेको शिक्षा कार्यालयले जनाएको छ। विद्यार्थी अनुपातमा शिक्षक बढी भएको विद्यालयबाट कटौती गरेर अर्को विद्यालयमा लैजाँदा पनि साढे चार सय शिक्षक अपुग रहेको कार्यालयका उपसचिव तिलकप्रसाद सिलवालले बताए। 'आवश्यकता अनुसार विभागबाट दरबन्दी नआउँदा अपुग भएको हो,' उनले भने।
कार्यालयले विद्यार्थी नभएका विद्यालयका शिक्षक कटौती गरी दरबन्दी मिलाउन पनि सकेको छैन। बाग्लुङ नगरपालिका-५मा सिम्लेको सरस्वती प्राविमा पाँच विद्यार्थी भए पनि तीन शिक्षक दरबन्दी छन्। त्यसैगरी शारदा प्रावि नारायणस्थान, शिव प्रावि दुदिलाभाटी, परोपकार प्रावि रेश, विद्यामन्दिर उच्च मावि, धवि माविलगायत प्रावि तहमा विद्यार्थीको संख्या निकै कम भएपनि कार्यालयले दरवन्दी कटौती गर्न सकेको छैन।'
थोरै विद्यार्थी भएका विद्यालयबाट शिक्षक कटौती गरे केही समस्या सुल्झने जिल्ला शिक्षा अधिकारी महेन्द्र गौतम बताउँछन्। 'विद्यार्थी कम भएका विद्यालय मर्ज र दरबन्दी मिलान गदैछौं,' उनले भने।
दरबन्दी अभाव भए पनि केही राहत पुगोस भनेर 'प्रतिविद्यार्थी इकाई लागत' (पिसिएफ)को नामबाट तलब दिँदै आएको कार्यालयले जनाएको छ। अनुमति लिएर सञ्चालित सामुदायिक विद्यालयमा दरबन्दी न्युन हुँदा कार्यालयले अन्य शीर्षकको रकम काटेर सहयोग गर्दै आएको उनले बताए।