रोल्पामा विवाह गर्ने उमेर नपुग्दै आमा
०५ साउन २०७७
•
३ मिनेट पाठ
रोल्पामा विवाह गर्ने उमेर नपुग्दै आमा
रोल्पा सुनछहरी गाउँपालिका–३ बाहिरी गाउँकी एक किशोरी उमेरले १९ बर्ष पुगिन। ६ कक्षा पढ्दा पढ्दै स्कुल छोडेकी उनले विवाह गरेको ४ बर्ष पुग्यो। उनको ३ बर्षको छोरा छ। उनको श्रीमान वैदेशिक रोजगारीका लागि विदेशमा छन्। ‘१६ बर्ष नपुग्दै विहे भयो। बुबाआमाले पनि पढ्न भनेनन्। हाम्रो गाउँ तिर पढेर राम्रो गरेको पनि कोहि छैन। सबै उस्तै त हो जस्तो लाग्यो’, उनले भनिन्।

घरको आर्थिक अवस्था कमजोर भएका कारण छिमेकी गाउँमा आफन्तको  घरमा बसेर पढेकी थवाङ गाउँपालिका उवाकी अर्की किशोरी पनि आउँदो फाल्गुनमा २१ बर्ष पुग्दैछिन। १६ बर्ष नपुग्दै विवाह गरेकी हुन्। उनको पनि श्रीमान पैसा कमाउने आशामा साउदी गएका छन्। ७ कक्षा पढ्दा पढ्दै विवाह गरेकी उनको अहिले मन कुडिन्छ।  ‘बिहे नहुदै बच्चा जन्मिदैन भन्ने सुनेको थिए। अहिले बर्बाद भयो। स्कुल पढ्दा पढ्दै गर्भ बस्यो अनि बिहे गरे’, उनले भन्छिन्, ‘हिजो आज त आफैसंग दिक्क लाग्छ।’  

दश बर्ष युद्ध गरेको रोल्पाली समाज ‘रोल्पा चेतना स्तर उठेको समाज हो। त्यसैले हाम्रो जनयुद्धको आधार भुमि पनि यहि हो’ भनेर दर्जनौ भाषण गरेका नेताले कहिल्यै वालविवाहबारे कसैले बोलेनन्। शान्ति स्थापना भएको एक दशक नाघि सक्दा पनि जनताको आधारभुत कुरामा ध्यान दिन नसक्दा शिक्षा, स्वास्थ्य जस्ता बिषय ओझेल परेका छन्। आज पनि जिल्लामा बालविवाह ब्यापक छ। घर छेउँमा आएको भनिएको स्थानिय सरकारले पनि यो बिषयमा खासै चासो दिएको छैन।  

रोल्पामा बिबाह गर्ने उमेर नपुग्दै आमा बन्ने किशोरीहरुको संख्या ठुलो रहेको एक तथ्याङ्कले देखाएको छ। गत आर्थिक बर्ष २०७६/०७७ मा जिल्ला अस्पताल रोल्पामा सुत्केरी भएका चार सय ४८ मध्य ८१ जना २० बर्ष मुनिका छन। ति मध्य १२ किशोरीको सुत्केरीका समयमा जटिलता देखिएपछि अप्रेशन गर्नु परेको थियो। त्यसो त ठुलो संख्यामा २० बर्ष मुनिका बालबालिकाहरु गर्भ जाच गर्न र गर्भपतन गर्न आउने गरेको तथ्याङ्कले देखाएको छ।  

जिल्ला अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरु किशोरीहरु आमा बनेको देखेर दिक्क बनेका छन। ‘रोल्पामा बालबिबाहको चलन घटेको छैन। सामाजिक र सास्कृतीक चालचलन नफेरीएर पनि यस्तो भएको हुन सक्छ।’ जिल्ला अस्पतालका स्टाफ नर्स मिना कवर भन्छिन् ‘सानैमा बच्चा जन्माउदा पाठेघर परिपक्क भएको हुदैन। सुत्केरी हुन गाह्रो हुन्छ। पछि उमेर बढ्दै जादा पाठेघरको समस्या देखिने सम्भाबना रहन्छ।’ बालबिबाह र गर्भबतीका समयमा राम्रो संग स्वास्थ्यको ख्याल नगर्दा आज पनि रोल्पामा पाठेघर खस्ने समस्याले महिलाहरु आक्रान्त छन्।  

ढिलो बिबाह गरे पछिको बेफाईदाका बारेमा जानकारी नै नपाएका रोल्पालीहरु सानोमा बिहे गर्ने र बच्चा जन्माउनेलाई सहज मान्छन्। परम्परागत चलन, जनचेतनाको कमि र बालबिबाहका बारेमा छलफल नचलाउनु बालबिबाहको मुख्य कारण देखिएको छ। उमेर नपुग्दै समान उमेर समुहका किशोर किशोरीले भागेर बिबाह गर्ने पुरानो चलन आज पनि रोल्पाका गाउँगाउँमा यथावत छ। बालबिबाह पछिको दुस्परिणामका बारेमा प्रयाप्त जानकारी प्रबाह हुन नसक्दा समस्या झनै बल्झिरहन्छ।  

बालबिबाहलाई कानुनी रुपमा अपराध मानिएको भए पनि गत आर्थिक बर्षमा प्रहरीमा एउटा पनि उजुरी परेको छैन्। गाउँ अनि टोलमा रहेका जनप्रतिनिधिलाई जानकारी भए पनि उनिहरुले प्रहरीलाई उजुरी गर्ने गर्दैनन्। त्यसो त कहिले काहि जानकारी पाए पनि प्रहरीले समेत बालबिबाहका घटना सकेसम्म गुपचुप रहोस भन्ने चाहान्छ। 
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
४ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस