विरोध गर्नेलाई स्थानीयले लखेटे-
कलेन्द्र सेजुवाल, सुर्खेत, असार ४- एक वर्षदेखि अन्यौलग्रस्त माथिल्लो कर्णाली जलविद्युत आयोजनाको निर्माणस्थल दैलेख, डावमा आइतबार सार्वजनिक सुनुवाई भएको छ। कार्यक्रममा सहभागी प्रभावित क्षेत्रका बासिन्दाले स्थानीयको हितअनुकूल हुने गरी आयोजना सुरु गर्नुपर्ने धारणा राखेका छन्।
असार ८ गते माओवादी कार्यकर्ताले आयोजनाको पाल्तडास्थित फिल्ड कार्यालयमा आगजनी गरेपछि सार्वजनिक सुनुवाईलगायतका काम प्रभावित भएका थिए। एकीकृत माओवादीको मोहन वैद्य समूह, नेमकिपा र जनमोर्चाका स्थानीय कार्यकर्ता सम्झौता 'राष्ट्रहीत बिपरित' भन्दै विरोधमा उत्रिएका छन्।
प्रभावित क्षेत्रका स्थानीयले भने सम्झौतामा गलत कुरा उल्लेख भए सुधारसहित काम अघि बढाउनुपर्ने माग राखेका छन्। लयाटी बिन्द्रासैनका दीर्घ विकले आयोजनाले प्रभावित क्षेत्रका नागरिकलाई रोजगारी दिनुपर्ने बताए। 'आयोजनाले हामीलाई रोजगारी र देशलाई उज्यालो दिन्छ भने बिरोध गर्नुको औचित्य छैन,' उनले भने, 'त्यसैले सरकारले सम्झौताअनुसार आयोजना सञ्चालन गर्नतिर लाग्नुपर्छ।'
सातलाकी बत्सना बिष्टले उत्पादित बिजुलीको पहिलो हकदार स्थानीयवासीलाई बनाइनुपर्ने माग राखिन्। उनले आयोजना प्रभावित क्षेत्रलाई बत्तिमुनी अँध्यारो बनाइए सह्य नहुने बताइन्। 'काठमाडौंमा बस्ने ठूला नेताहरु पश्चिममा विकास हुन नदिन एक वर्षसम्म चुपचाप बसे,' उनको आक्रोश थियो, 'अब हामी पनि यसरी नै बस्ने हो भने त यो कर्णालीबाट बिजुली कहिल्यै निस्किनेवाला छैन।'
अधिकांश स्थानीयले निःशुल्क शेयर र विकासलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने माग राखे। सरकारी प्रतिनिधिका रुपमा सहभागी उर्जा मन्त्रालयका उपसचिव प्रविण अर्यालले नेपाल सरकारले आयोजना प्रवर्द्धक भारतीय निर्मार्ण कम्पनी जिएमआरबाट निःशुल्क रुपमा पाउने २७ प्रतिशत शेयरबाट स्थानीयलाई केही हिस्सा दिन सकिने बताए। 'स्थानीयको जायज मागलाई सरकारले सोच्नुपर्छ,' उनले भने, 'यसको लागि सरकारले आफूले पाउने निःशुल्क शेयरलाई वितरण गर्न सक्छ।' आयोजना निर्माण भएपछि नेपालले अहिलेजस्तो भारतबाट बिजुली किन्ने अवस्थाको अन्त्य हुने उनले बताए।
जिएआरले सार्वजनिक सुनुवाईपछि काम गर्ने वातावरणमा सहजता हुने प्रतिक्रिया दिएको छ। कम्पनीका सुर्खेतस्थित कार्यालय प्रवन्धक केके शर्माले सार्वजनिक सुनुवाईमा ठूलो जनसमूह आउनु र उनीहरुले आयोजनाको काम अघि बढाउन माग गर्नुले खुसि तुल्याएको बताए। 'यसले हामीलाई उत्साहित बनाएको छ,' उनले भने, 'यसरी सबैको सहयोग रहे नेपाललाई उज्यालो बनाउने 'मेघा प्रोजेक्ट' छिट्टै सम्पन्न हुनेछ।' निःशुल्क पाउनेबाहेक भारत निकासी हुने अरु बिजुली नेपालले किन्न चाहे यहीँ बिक्री गर्न जिएमआर सहमत भइसकेको उनले बताए।
विरोध गर्नेलाई स्थानीयले लखेटे
सार्वजनिक सुनुवाईपछि कालो झण्डा देखाउँदै विरोधमा उत्रिएको एक समूहलाई स्थानीयले लखेटेका छन्। दिउँसो करिब २ बजे कार्यक्रम सकिने बित्तिकै १५/२० जनाको समूहले आयोजनाविरुद्ध कालोझण्डा देखाएको थियो। सो क्रममा भएको सामान्य झडपमा हरिप्रसाद ढकाल, दशरथ शाही र कृष्णप्रसाद चौलागाईलाई चोट लागेको घटनास्थल पुगेका स्थानीय पत्रकार गोविन्द केसीले जानकारी दिए। 'विरोध गर्नेहरु थोरै भएकाले त्यति ठूलो घटना हुन पाएन,' उनले भने, 'कार्यक्रमस्थलमा सुरक्षाकर्मीको उपस्थितिले पनि घटना त्यत्तिकै सेलायो।' निर्माणस्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका करिब ८० सुरक्षाकर्मी तैनाथ रहेका उनले बताए।
मध्यपश्चिमका निमित्त क्षेत्रीय प्रशासक सूर्यबहादुर खत्री, दैलेखका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल, सुर्खेत जिल्ला प्रशासन कार्यालयका प्रकाशकीय अधिकृत वुद्धिप्रसाद सापकोटालगायतका सुरक्षा अधिकारीहरु सार्वजनिक सुनुवाईमा भाग लिन आयोजना निर्माणस्थल पुगेका थिए।
पीडीए नहुँदा अझै अन्यौल
निर्माणस्थलमा भौतिक आक्रमण व्यहोरेको जिएमआरले पछिल्लो समय सरकारले आयोजना विकास सम्झौता (पीडीए)मा ढिलाई गर्दा अन्यौलता थपिएको बताएको छ। पिडिए नभए आयोजनालाई अघि बढाउन नसकिने उसको भनाइ छ।
कम्पनीको सुर्खेतस्थित कार्यालयले पिडिएको लागि दुई वर्षअघि नै आग्रह गरे पनि ढिलाई भइरहेको जनाएको छ। यसबाट आयोजनाको फाइनान्सियल डिपिआर पनि अघि बढ्न नसकेको कम्पनीको भनाइ छ। पिडिए विदेशी लगानीमा बन्ने आयोजनाहरुका प्रवर्द्धक र सरकारबीच हुने लगानीसम्वन्धी सम्झौता हो। यसमा राज्यले लिने लाभ, दिने सेवा-सुविधा र सहुलियत, लगानीमैत्री वातावरणको सुनिश्चितता, निःशुल्क बिजुली लिने-दिनेजस्ता विषय उल्लेख हुन्छन्।
विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)मा हालसम्म करिब ५५ करोड खर्च गरिसकेको जिएमआरले समयमै काम सम्पन्न गर्न नसक्दा दुईपटक अनुमतिपत्रको म्याद थपिसकेको छ। पछिल्लोपटक गत नोभेम्बरमा एक वर्षको लागि म्याद थपिएको छ। ९ सय मेगावाट क्षमताको यस आयोजनाको डिपिआर तयार गर्ने जिम्मा चार वर्षअघि जिएमआरले पाएको थियो।
(दैलेखबाट पत्रकार गोविन्द केसीको सहयोगमा)