आज बिहीबार पनि देशैभर वर्षा तथा बाढी/पहिरोको सम्भावना रहेको भन्दै मौसमविद्ले सम्बन्धित सबैलाई सतर्कता अपनाउन आग्रह गरेका छन्।
मौसम पूर्वानुमान महाशाखाले आफ्नो ट्विटर ह्यान्डलबाट दिउँसो दिएको जानकारीअनुसार यो खबर लेख्दासम्म प्रदेश ५ को पूर्वी भूभाग, प्रदेश ३ को दक्षिणी भूभाग, प्रदेश २ र प्रदेश १ मा मेघर्जनसहित वर्षा गराउने बादल विकसित भई थोरै स्थानमा वर्षा भइरहेको छ।
यस्तै महाशाखाले बिहान ६ बजे जारी गरेको तीन दिनसम्मको मौसमी बुलेटिनअनुसार आज दिउँसो सबै प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, प्रदेश ५ का एक-दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना छ।
यसैगरी राति पनि सबै प्रदेशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने प्रदेश १, गण्डकी प्रदेश, प्रदेश ५ का एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
यस्तै वर्षाका कारण आज देशका विभिन्न नदीनालामा बाढीको आउने सम्भावना रहेकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले पनि नदी तटीय क्षेत्रका बासिन्दालाई अनुरोध गरेको छ ।
महाशाखका अनुसार आज (बिहीबार) र भोलि (शुक्रबार) कन्काई, कमला, बागमती नदीमा बहाव बढ्ने तथा केही साना सहायक नदीमा जलसत सतर्कता तहसम्म पुग्ने सम्भावना छ। तसर्थ यी नदीका तटीय क्षेत्रमा सतर्कता अपनाउन आवश्यक छ।
वर्षा नभएकै अवस्थामा आएको बाढीले हिमालपारिको जिल्ला मुस्ताङको माथिल्लो भेगका भौतिक संरचनामा क्षति पुगेको छ। लोमान्थाङ गाउँपालिका–४ स्थित चुम्जुङ (छुआमा खोला समेत भनिने) खोलामा मंगलबार बेलुकीपख एकाएक बाढी आएको थियो।
नेपाल–चीन सीमा क्षेत्रमा रहेको उक्त खोलामा एकाएक बाढी आउँदा तीनवटा काठेपुल, एउटा मोटरेवल फलामे पुल, २ वटा पक्की पुल र स्ल्याबमा समेत क्षति पुगेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिए। उनका अनुसार डोल्पा, तिब्बत र मुस्ताङको सीमानाबाट उक्त खोला बगेर आउँछ। खोला कालिगण्डकीमा मिसिन्छ। बाढीको जोखिम बढेपछि छोसेरस्थित खोला किनारका २ वटा घरका ४ जनालाई अन्यत्र सारिएको पनि प्रशासनले बताएको छ ।
खोला कालिगण्डकी नदीमा मिसिने हुँदा नदी आसपासका क्षेत्रका बासिन्दालाई सुरक्षित रहनका लागि जानकारी गराइएको पनि प्रजिअ भुसालले बताए। ‘मंगलबार बेलुकी एकाएक खेलाको वहाव बढ्यो। माथिल्लो क्षेत्रमा केही पुलमा पनि क्षति गरेको रहेछ। पुल बगाउने गरि खोलाको बहाव बढेको थियो,’ उनले भने, ‘खोलामा बाढी नै आउनेगरि वर्षा भएको त होईन। तर, बाढीले क्षति भनेको गरेको छ। थप क्षति नहोस भनेर कालिगण्डकी आसपासका बासिन्दालाई सचेत गराएका छौं।’
उनका अनुसार खोलाको सिरान क्षेत्रमा ताल रहेको छ। त्यही ताल फुट्दा खोलाको वहाव एकाएक बढेको आशंका रहेको छ। प्रजिअ भुसालका अनुसार वर्षाबिना खोलाको वहाव बढेपछि प्रशासनले खोलाको सिरान क्षेत्रको अवस्था बुझ्न टोली नै पठाएको छ। स्थानीय तह, स्थानीय बासि र प्रहरी सहितको टोली फुटेको आशंका गरिएको तालको अवस्था बुझ्न गएका छन।
‘ताल फुटेको हो वा होइन भन्ने थाहा पाउनका लागि गाउँपालिका र प्रहरी सहितको टोली गएको छ। टोलीले त्यसबारेमा यथार्थ जानकारी दिनेछ,’ भुसालले भने, ‘अहिले नै बाढी कसरी आयो भनेर भन्न सकिन्न।’
लोमान्थाङ गाउँपालिका अध्यक्ष टसी न्हर्वु गुरुङका अनुसार समुन्द्री सतहदेखि करिब ५५ सय मिटर माथि छो ल्योङ जो ताल रहेको र त्यही तालमा माथिबाट खसेको हिउँको ठुलो ढिस्को बज्रिदा ताल विस्फोट भएको वा तालको पानी छचल्किएर खोलामा बाढीको रुप लिएर बगेको हुनसक्ने सम्भावना छ। ‘खोलामा यो आकारको बाढी आउने गरि पानी परेको छैन। पछिल्लो ६ दिनदेखि खासै पानी परेको पनि छैन। तर, घामले गर्दा हिउँको ढिस्को खसेको र त्यही ढिल्लो तालमा बजारिँदा ताल ओभरफ्लो भएर बाढीको रुपमा बगेको हुनसक्ने उनको अनुमान छ।
‘हिउँको ढिस्को बजारिँदा ताल फुटेको पनि हुनसक्छ तालमा हिउँको ढिस्को थपिएपछि पानी छचल्किएर वा खसेको हिउँ पग्लेपछि पानीको आकार ओभरफ्लो भएर बगेको पनि हुनसक्छ,’ अध्यक्ष गुरुङले भने, ‘नत्र पानी नै नपरेको अवस्थामा यसरी खोलामा बाढी आउनुपर्ने अरु कुनै कारण थिएन।’ खोलाको सिरानमा ताल रहेकोबारे आफुहरुलाई पहिल्यै जानकारी भएको तर, त्यो ठाउँसम्म यसअघि आफु कहिल्यै नगएको पनि अध्यक्ष गुरुङले बताए।
मंगलबार बाढी आएको भएपनि बुधबार भने माथिल्लो क्षेत्रमा वर्षा नभएको प्रजिअ भुसालले बताए। ‘खोला किनारका धिँगाउँ, चराङ, सुर्खाङ तथा कालिगण्डकी किनारका कागबेनी, एक्लेभट्टि, जोमसोम, मार्फा, कोवाङ लगायतका क्षेत्रका बासिन्दालाई सुरक्षित रहन प्रशासनले अनुरोध पनि गरेको छ।
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...