वन्यजन्तु पीडितलाई राहत वितरण गर्न कठिनाई
१४ असार २०७७
•
२ मिनेट पाठ
वन्यजन्तु पीडितलाई राहत वितरण गर्न कठिनाई
कोरोना भाइरस नियन्त्रणका लागि लकडाउन भएपछि वन्यजन्तुबाट पीडित भएकालाई राहत वितरण कार्य रोकिएको छ।  लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र वन्यजन्तुबाट पीडित भएका ५२ जनालाई राहत वितरण गर्न बाँकी छ। चालु आर्थिक वर्ष २०७६/७७ मा निकुञ्जमा ४ सय ४२ वटा निवेदन आएकोमा ३ सय ९० लाई मात्र राहत वितरण गरिएको छ।  




लकडाउनका कारण पीडित आउन नपाएको र कार्यालयले पनि राहत पीडितसम्म पुर्यातउन नसकेको निकुञ्जका सहायक संरक्षण अधिकृत एंव सूचना अधिकारी भुपेन्द्रप्रसाद यादवले बताए। ‘लकडाउन नभएको भए सबै जना पीडितले राहत पाइसक्थे’, उनले भने, ‘लकडाउनका कारण समस्या सिर्जना भएको हो।’

निकुञ्जका अनुसार रसुवाको ठूलो स्याफ्रु, टिमुरे, बृद्घिम, खाम्जिङ, खैदी, दोमेन, कालिकास्थान, बेत्रावती, यार्सा, सरमथली लगायतको क्षेत्रमा बढी क्षति गरेको छ। यस क्षेत्रमा सबैभन्दा बढी बदेँल, दुम्सी, बाँदर, चितुवा, भालुले क्षति पुर्या उने गरेको छ। निकुञ्जको तथ्यांक अनुसार वन्यजन्तुले ३७० घरधूरीको बालीनाली क्षति, १३ वटा पशुधन क्षति र ७ जना मान्छेलाई गम्भीर घाइते बनाएको छ।  

निकुञ्जले चालु आर्थिक वर्ष २०७६/७७ को साउनदेखि हालसम्म ३७ लाख ५ हजार १ सय २५ रुपैयाँ राहत उपलब्ध गराएको छ। लाङटाङ राष्ट्रिय निकुञ्जभित्र पछिल्लो समय वन्यजन्तुले क्षति पुर्या उने क्रम बढ्दै गएको छ। पछिल्लो समय वन्यजन्तुले मान्छेलाई आक्रमण गर्ने, घरपालुवा पशुलाई मार्ने तथा अन्नबाली खाएर हैरान बनाउन थालेपछि स्थानीय चिन्तित बनेका छन्।  

वन्यजन्तुले क्षति गर्न थालेपछि पीडितले खेती गर्ने तथा पशुपालन गर्ने कार्य कम हुन थालेको छ।  धेरैजसो जंगली बदेलले बाली क्षति गरेको निवेदन आउने गरेको छ। वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका २०६९ (दोस्रो संशोधन २०७४) अनुसार राहत वितरण गरिएको प्रमुख संरक्षण अधिकृत सुस्मा रानाले बताइन्।  

‘वन्यजन्तुले क्षति गरे अनुसार क्षतिपूर्ति दिन सकिदैन', उनले भनिन्, सहयोग स्वरूप राहत दिएका हौं।’ मानव वन्यजन्तु बीच हुने द्वन्द्वका कारण संरक्षणमा चुनौति सिर्जना हुने उनको भनाइ छ।

निकुञ्ज क्षेत्रभित्र वन्यजन्तुले क्षति गर्ने क्रम बढ्दै गएपछि यसको दीर्घकालीन विकल्पसमेत खोज्न थालिएको छ। निकुञ्जले वन्यजन्तुबाट हुने क्षति कम गर्नका लागि यो वर्ष तारजाली लगाउने, ढुङ्गे पर्खाल लगाउने र चिराइतो खेती प्रवद्धन गर्ने कार्यक्रम अघि सारेको छ। जिल्लामा सबैभन्दा बढी बाँदरले क्षति गर्ने गरेपनि यसको समाधान हुन सकेको छैन्। बाँदरले क्षति गरेमा राहत दिने व्यवस्था पनि नभएकोले यसको समाधानको लागि विकल्प खोज्ने कार्य भइरहेको निकुञ्जकी प्रमुख संरक्षण अधिकृत रानाले बताइन्। २०६९ सालदेखि वन्यजन्तुबाट पीडित भएका परिवारलाई राहत वितरण गर्न थालिएको हो।  

हात्ती, गैडा, बाघ, भालु, चितुवा, हिउँ चितुवा, जंगली बदेल, ध्वासे चितुवा, जंगली कुकुर, अर्ना, मगर गोही, गौरी गाई र अजिंगरले क्षति गरेमा राहत पाउने निर्देशिकामा व्यवस्था छ। तर रसुवामा बाँदरले बढी क्षति पुर्यालउने गरेको छ। बाँदरले क्षति पुर्या।ए वापत पीडितले राहत पाउँदैनन्।
अर्को समाचार
वन्यजन्तुबाट बाली जोगाउन ‘धुआ’ र ‘बिजुली’
०३ फागुन २०८०
•
३ मिनेट पाठ
वन्यजन्तुबाट बाली जोगाउन ‘धुआ’ र ‘बिजुली’
न दिन भन्न पाइन्छ, न रात। महोत्तरीका गाउँनगर बस्तीमा नीलगाई, बँदेल, दुम्सी र बाँदरसहितका वन्यजन्तुले बाली सखाप पारेर हैरान बनाएपछि किसान परम्परागत साधनको सहारा लिन थालेका छन्। खेतबारीका सुरसुरमा ‘धुआ’ (मुर्कट, बुख्याचा, झिलुंगो ) ठड्याएर वन्यजन्तु तर्साउने यहाँको धेरै पुरानो चलन फेरि बाक्लिएको छ।




‘यो धुआ ठड्याउने त पुरानै चलन हो, बीचमा वन्यजन्तुको चहलपहल घट्दा हटेको थियो। अहिले फेरि हामीले यसको सहारा लिन थालेका छौँ’, भङ्गाहा– ५ कर्पुरगञ्जका ६० वर्षीय किसान रामजुलुम सर्दारले भने, ‘बाली माड्दै र उखेल्दै हिँड्ने वन्यजन्तु धुआ ठडिएको देखेपछि मान्छे हो भन्ठानेर हच्कँदा रहेछन्।’

पूर्वपश्चिम राजमार्गबाट करिब २० किलोमिटर दक्षिणतर्फिको यहाँको बस्तीमा नीलगाई र बँदेलले धुरुक्क रुवाएका उनको भनाइ छ। ‘बाँदर र दुम्सी त यता देखिएका छैनन्, तर घोडगदाहा (नीलगाई) र जङ्गली सुँगुर (बँदेल) ले भने हुर्मत लिएका छन्’, उनले भने।

महोत्तरीका मध्य र दक्षिणी क्षेत्रमा नीलगाई र बँदेल आतंकले आजित किसान बाली लागेका खेतबारीका सुरमा धुआ ठड्याउनसँगै ठाउँठाउँमा बिजुली बाल्न थालेका छन्। बिजुलीको चिम (बल्ब) को उज्यालोबीच हातमा छडी बोकाइएको मुर्कट अगाडि पर्दा वन्यजन्तु हच्केर भाग्ने गरेको पाइएको किसानको भनाइ छ।

जिल्लाको मध्य र दक्षिणी भेगसम्म नीलगाई र बँदेल आतंक छ भने वन क्षेत्र नजिकका उत्तरी क्षेत्रका बस्तीमा त बाँदर र दुम्सीले पनि हैरान खेलाएको किसानको गुनासो छ। बेलाबेलामा हुने हात्तीको आक्रमणबाट वाक्कदिक्क बनाएका बर्दिबास– ३ राईमण्डलका ६० वर्षीया कर्णमाया गुर्मछाने बताउँछन्। ‘बाँदरले त यी ठड्याएका मुर्कट केही गन्दैन, आँगनकै थाङ्राका मकैसमेत उधिन्छ, नीलगाई र बँदेल भने बिजुलीको उज्यालो र मुर्कट देख्दा हच्किदा रहेछन्’, गुर्मछानेले सुनाए।्

‘यो धुआ बाजेले ठड्याउनु भएको मलाई सम्झना छ’, विगत सम्झदै बर्दिबास–९ बनरझुल्लाका ७० वर्षीय रामचन्द्र महतो भन्छन्, ‘बीचमा वन्यजन्तुको हिँडडुल कम हुँदा यसको चलन हराउँदै गएको थियो।’

धुआ र बिजुलीको प्रबन्धले वन्यजन्तुको उपद्रव अलि कम भएको किसानको ठम्याइ छ। यसले बाली बच्ने र वन्यजन्तुलाई पनि चोट नलाग्ने भएपछि किसानले सन्तोषको श्वास फेर्न पाएका छन्। वन्यजन्तुले बाली खाएको देखेपछि लखेट्दा कैयौं बस्तीमा निलगाई मारिएका र बँदेललाई पासो थापेर मार्ने गरेका घटना पनि अब कम हुने किसानको विश्वास छ।

दिनभरि घारीतिर लुकेर मध्यरातपछि तरकारी बाली, गहुँ, उखुका बोट र केराका थामसमेत उखेल्ने बँदेलले हैरान नै पारेका बेला धुआ  र बिजुलीले आपूmहरुलाई राहत दिएको किसानको भनाइ छ। 

‘बिजुलीको चमकमा हातमा लौरो लिएको मुर्कट देखेपछि मान्छे ठानेर बँदेल र नीलगाई हच्कदा रहेछन्‘ बर्दिबास–७ प्रेमनगरका रामउद्गार महतोले भने, ‘खेतबारीमा बिजुलीको झलमल्ल उज्यालोमा जङ्गलीजन्तु हिँडेको पनि अलिक टाढैबाट देखिन्छ, देख्नासाथ हल्लीखल्ली गरिएपछि वन्यजन्तु भाग्ने भएका हुँदा अहिले क्षति कम भएको छ।’

महोत्तरीमा अचेल उत्तरदेखि दक्षिणसम्मकै किसानले धुआ र बिजुलीको बन्दोबस्त बढाएका छन्। बस्ती-बस्तीका किसानले खेतखेतमा बिजुली बालेपछि जताततै चहकिलो उज्यालो देखिन थालेको छ।  

‘खेतबारीमा झलमल्ल बिजुलीको उज्यालो हुन्छ, जङ्गली जनावरमात्र होइन, यसले चोर्न पल्केका पनि हच्कँदा रहेछन्’, भङ्गाहा– ४ रामनगरका किसान शुभनारायण ठाकुरले भने, ‘खेतमा बिजुली बल्न थालेपछि केराका घरी र तरकारी चोर्ने घटना पनि कम भएका छन्।’

सघन तरकारी खेती गरिने महोत्तरीका उत्तरीक्षेत्रका स्थानीय तह बर्दिबास, गौशाला, भङ्गाहा र औरहीसहित छिमेकको धनुषा जिल्लाको मिथिला र क्षिरेश्वर नगरपालिका एवम् बटेश्वर गाउँपालिकाका बस्ती-बस्तीमा पनि वन्यजन्तुबाट बाली जोगाउन किसानले धुआ र बिजुलीको उपाय बाक्लै अपनाउँदै छन्।  –रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस