कास्की, वैशाख २६- सेती बाढीमा परी बेपत्ता हुनेहरूको खोजी कार्य घटनाको चौथो दिनसम्म पनि जारी छ। उद्धार टोलीले बाढी प्रभावित क्षेत्रमा डोजर र तालिमप्राप्त कुकुरसहित बेपत्ताको खोजी गरिरहेको छ।
आज थप पाँचजनाको शव फेला परेको प्रहरीले जनाएको छ। यो सहित बाढीमा परी मर्नेको सङ्ख्या २६ पुगेको छ। आज दुई महिला, दुई पुरुष र एक मानव खप्परसहित पाँचजनाकेा शव फेला परेको उद्धार टोलीले जनाएको छ।
आज मृत भेटिएकी सार्दीखोला गाविस भुजुङखोलाकी ५१ वर्षीय छेसाङ तामाङको मात्र सनाखत भएको छ। खारापानी, कसेरी र मणिपालनजिकै सेती नदीमा यी शव फेला पारिएको थियो।
प्राप्त शवमध्ये हालसम्म १९ वटा शवको मात्र सनाखत भएको छ। सनाखत भएका शवहरू आफन्तले बुझिसकेका छन्।
प्रहरीका अनुसार बाढीमा परेर अझै ४३ जना वेपत्ता छन्। बेपत्ताको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल आर्मी तथा पीडितका आफन्त र स्थानीयबासी समेत जुटिरहेका छन्। रासस