४० घर बगायो-
काठमाडौं, वैशाख २३ (नागरिक)- अन्नपूर्ण हिम शृङ्खलाको हिउँ पहिरोका कारण सेती नदीमा आएको बाढीबाट छ जनाको मृत्यु भएको छ। बाढीले ४० घर बगाएको छ भने बाढीको बहाव बढ्ने क्रम जारी छ। स्थानीय बासिन्दा त्रसित छन्।
तीन घन्टाअघि सुरु भएको बाढीले स्थानीय जनजीवन त्रासमय भएको छ। प्रशासनले बाढी आइरहेकाले सतर्क हुन सबैलाई आह्वान गरेको छ।
तातोपानीमा छ जनाको शव भेटिएको पोखराका सञ्चारकर्मी सन्देश श्रेष्ठले जानकारी दिए। यो हिउँ पहिरोबाट सीमपानी र ह्याङ्जा सबैभन्दा बढी प्रभावित भएका छन्। बाढीले भुजुङ गाविसको ४० घर बगाएको जानकारी पोखराकै सुदर्शन रञ्जितले दिए। उनका अनुसार रामघाटमा एक शव भेटिएको छ।