घरमै बसेर योगाभ्यास
०७ असार २०७७
•
५ मिनेट पाठ
घरमै बसेर योगाभ्यास
फाइल तस्बिर
कोरोना भाइरस महामारी नियन्त्रण र रोकथामका लागि गरिएको लकडाउन खुकुलो भएपछि राजधानीवरपर हुने गरेका योगाभ्यासका कक्षाहरू नियमित भर्चुअल माध्यमबाट सञ्चालन भइरहेका छन्।  

लकडाउन खुकुलो भएसँगै मानिसहरू सामान्य जीवनमा फर्कन प्रयासरत भइरहँदा राजधानीको गौशालास्थित ओम आरोग्य आश्रमकी योग प्रशिक्षक सरिता रेग्मीको दैनिकी व्यस्ततामा गुज्रिरहेको छ। कारण, उनले भर्चुअल माध्यमबाट नियमित योगाभ्यासको कक्षालाई निरन्तरता दिइरहेकी छन्। ‘योग नेपालीको दैनिकीको एक अंग बनिसकेको हुँदा भर्चुअल माध्यमबाट यसलाई निरन्तरता दिइरहेकी छु,’ उनले भनिन्, ‘कोरोना भाइरस महामारीको त्रासका कारण आत्तिएका मानिसहरू नियमित भर्चुअल योग कक्षामा सहभागी भएर डेढ घन्टा प्रशिक्षण लिइरहेका छन्। यसबाट समाजमा सकारात्मक भाव बढ्दो छ।’ उनले स्कुलमा अध्ययरत विद्यार्थीदेखि वृद्धवृद्धा गरेर नियमित ४० जनालाई डेढ घन्टाको भर्चुअल योग प्रशिक्षण दिइरहेकी छन्।  

बुटवलकी विपना श्रेष्ठले लकडाउनयता नियमित भर्चुअल माध्यमबाट योगको प्रशिक्षण लिइरहेकी छन्। घरमा केही दिन एक्लै प्रशिक्षणमा सहभागी भएकी उनी अहिले परिवारसहित भर्चुअल योग प्रशिक्षण सहभागी हुने गरेकी हुन्। ‘लकडाउनसँगै फुर्सदमा रहेका घरका सदस्यहरू आत्तिएको महसुस भएसँगै मैले निरन्तरता दिएको प्रशिक्षणमा सहभागी गराएँ,’ उनले स्मरण गरिन्, ‘केही दिन उनीहरू असहज भए पनि अहिले मसँगै योग गरिरहेका छन्।’  

लामो समयसम्म सुस्त अवस्थामा रहेको योगको पछिल्लो समयमा आएको जागरणले समाजलाई सकारात्मक प्रभाव पारेको छ। योगमा रुचि बढेसँगै मानिसहरूको खानपान र जीवनशैलीमा समेत परिवर्तन आउन थालेको छ।  

योगलाई प्राथमिकतामा राखेर आज (आइतबार) ‘स्वास्थ्यका लागि योग–घरमा योग’ भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय योग दिवस मनाइँदैछ। छैटौं अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञप्ति जारी गर्दै योग अभ्यास प्राचीन सभ्यताको मौलिक उपज भएको बताए।  

‘योग साधना हाम्रो प्राचीन सभ्यताको मौलिक उपज हो,’ उनले विज्ञप्तिमार्फत भने, ‘मानसिक अन्तर्यात्रामार्फत शारीरिक तथा मानसिक स्वास्थ्यको अध्ययन गर्ने योग शास्त्रको महत्व आधुनिक युगमा झनै मुखर भइरहेको छ। तनाव, अवसाद, द्वेष, ईष्र्या र निन्दाका दुष्प्रभावबाट मुक्त गर्दै समाजलाई स्वस्थ, खुसी र सकारात्मक मनोचेतनाले डो¥याउन योग मानवीय जीवनको अंग बन्नु आवश्यक छ। योगको महत्वबारे जनचेतना अभिवृद्धि गर्ने र यसका सरल विधिहरूसम्म जनसाधारणको पहुँच पु¥याउने काममा यस दिवसलाई सबै तह र क्षेत्रले सार्थक बनाउनुपर्छ।’

उनले योग अभ्यासले तनाव व्यवस्थापनमा सहयोग गर्ने तर्क गरेका थिए। ‘योग हाम्रो प्राचीन ज्ञानशास्त्रको महत्वपूर्ण विधा हो र यसले मानिसको शरीर, मन र कर्मलाई एकै स्थानमा अवस्थित गर्दछ,’ विज्ञप्तिमा उल्लेख थियो, ‘मन, शरीर र कर्मको दूरी हटाई एकरसता प्रदान गर्नु योग हो। योग अभ्यासले तनाव व्यवस्थापनमा सघाउँछ र मानव जीवनलाई स्वस्थ्य र नैतिकवान् बनाउन मद्दत पु¥याउँछ। हाम्रो प्राचीन शास्त्रले योगलाई मोहको त्याग र कर्मको कुशलताका रूपमा व्याख्या गरेका छन्।’

प्राचीन शास्त्रले योगका आठवटा चरण यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधिको अभ्यासबारे व्याख्या छ। सो अवधिमा नेपालमा योग अभ्यास गर्न आएका ऋषिमुनिहरूले ध्यान, आध्यात्मिक चिन्तन एवं आयुर्वेदिक पद्धतिको विकास गरेका थिए। ‘यतिबेला सिंगो विश्व सँगै हामी पनि कोरोना भाइरसको महामारीसँग जुधिरहेका छौं। यस्तो बेला औषधीय गुणयुक्त आहार, व्यायाम र उच्च मनोस्वास्थ्य अत्यन्तै महत्वपूर्ण विषय हुन्। यी विषयमा योग शास्त्रले ज्ञान दिँदै आएको छ। आधारभूत स्वास्थ्य सेवाभित्र योग र वनस्पतिक औषधीय वस्तुको प्रयोगमा समेत जोड दिँदै हामी निरोगी नेपालको उद्देश्य पूरा गर्न सक्छौं। समृद्ध नेपाल–सुखी नेपालीे हाम्रो राष्ट्रिय आकाङ्क्षा छ। शारीरिक एवं मानसिक रूपले स्वस्थ्य र निरोगी नागरिक यसका मुख्य आधार हुन्,’ विज्ञप्तिमा उल्लेख थियो।  

महामारीले त्रास सिर्जना गरिरहेको अवस्थामा योग अभ्यासले प्रतिरक्षा र स्वस्थ जीवनको महत्वलाई प्राथमिकता दिएको छ। कोरोना भाइरस महामारीविरुद्ध सामाजिक दूरीका उपायका कारण संयुक्त राष्ट्रसंघले ‘स्वास्थ्यका लागि योग–घरमा योग’ नारासहित अन्तर्राष्ट्रिय योग दिवस मनाइरहेको छ। विश्व स्वास्थ्य संगठनले योगलाई स्वास्थ्य सुधार गर्ने माध्यमको रूपमा ग्लोबल एक्सन प्लान एन्ड फिजिकल एक्टिभिटी (२०१८–२०३०) मा उल्लेख गरेको छ।  

सो अवसरमा विगतका वर्षहरूमा पतञ्जली योगपीठले आयोजना गर्दै आएको योग शिविरलाई यसपटक भर्चुअल माध्यमबाट निरन्तरता दिइने जानकारी पतञ्जली योगपीठ नेपालका ट्रस्टी शालिग्राम सिंहले गराए। ‘यसपटक हामीले भर्चुअल माध्यमबाट अन्तर्राष्ट्रिय योग दिवसको सप्ताह मनाउन लागि परेका छौं,’ उनले भने, ‘नेपालमा उत्पत्ति भएको योगबारे अहिले मानिसहरूले चासो राख्न थालेपछि देशभरका विभिन्न टोलमा सानो समूहमार्फत सामाजिक दूरी कायम गर्दै योग अभ्यास हुनेछन्।’

कोरोना भाइरस महामारी नियन्त्रण र रोकथामका लागि सरकारले लकडाउन गरेसँगै पतञ्जली योगपीठले भर्चुअल माध्यमबाट योग कक्षा सञ्चालन गरिरहेको छ। ‘योगले प्रतिरोधात्मक क्षमता बढाउने भएकाले हरेक दिनजसो दुई सय हाराहारीका सहभागीहरू भर्चुअल कक्षामा हुने गरेका छन्,’ उनले भने, ‘योग सिक्न इच्छा हुनु अत्यावश्क छ। यसले मानसिक र शारीरिक रूपमा समेत बलियो बनाउने हुँदा योग चौतारी भर्चुअल माध्यममार्फत दैनिक डेढ घन्टाको कक्षालाई निरन्तरता दिइरहेका छौं। विभिन्न अध्ययनले पुष्टि गरेका छन् कि योग गर्ने मानिस तुलनात्मक रूपमा निरोगी हुन्छ। त्यसैले निर्धक्क भएर योग गरौं र निरोगी बनौं।’

कोरोना भाइरस महामारीको अवस्थामा विदेशबाट नेपाल फर्किएका नागरिकलाई राख्न देशभर बनाइएको क्वारेन्टिनमा सामाजिक दूरी कायम गर्दै दैनिक योग कक्षा सञ्चालन भइरहेको छ। योग गुरुहरू देशभरका क्वारेन्टिनमा बसिरहेका मानिसहरूलाई फराकिलो चौर र आँगनमा योग सिकाउन लागिपरेका छन्।  

तीनपटक ‘ओम’ उचारणसहित शारीरिक कसरत हुने उठबस, सिंहासन र सूर्य नमस्कार गराउँदै क्वारेन्टिनमा बसेकाहरूलाई श्वासप्रश्वास र घाँटीको समस्या निदान र प्रतिरोधक क्षमता बढाउन योग अभ्यास गराइने गरिएको छ। त्यसबाहेक उद्यायी प्राणायाम, भास्त्रिका र कपालभातीलगायत योगको संगीतमार्फत अभ्याससमेत गराइन्छ। केही क्वारेन्टिनमा सञ्चालन भइरहेका योग कक्षामा स्यानिटाइजर र मास्क अनिवार्य गरिएका छन्। नेपालमा २०७२ सालदेखि राष्ट्रिय योग दिवस माघ १ गते मनाइन्छ।
अर्को समाचार
विद्यालय तहमा नै योग शिक्षाको अध्ययन गराउन आवश्यक छः प्रधानमन्त्री दाहाल
०१ माघ २०७९
•
२ मिनेट पाठ
विद्यालय तहमा नै योग शिक्षाको अध्ययन गराउन आवश्यक छः प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहालले विद्यालय तहमा नै योग शिक्षाको अध्ययन, अध्यापन गराउन सरकारले भूमिका खेल्ने बताएका छन्।

आइतबार भक्तपुरमा आयोजित ८ औं राष्ट्रिय योग दिवसको अवसरमा बोल्दै उनले मानिसलाई मानसिक रुपले पनि तन्दुरुस्त बनाउन विद्यालय तहमा नै योग शिक्षाको अध्ययन गराउनुपर्ने बताएका हुन्। उनले विद्यालय र विश्वविद्यालय तहमा नै योग शिक्षालाई प्राथमिकता दिएर अघि बढाउनसके नेपालबाट संसारभर योग प्रशिक्षक दिन र नेपाललाई नयाँ पहिचान दिनसक्ने बताए। भौतिक विकासले मात्रै मानिस सम्पन्न बन्न नसक्ने भन्दै योग शिक्षाबाट नै आध्यात्मिक, मनोवैज्ञानिक चेतनाको विकास अपरिहार्य भएको प्रधानमन्त्री दाहालले बताए।

‘भौतिक रुपले मात्रै सम्पन्न गराउने नभइ मानिसलाई मानसिक रुपले पनि तन्दुरुस्त राख्न विद्यालय तहमा नै योग शिक्षा अघि बढाउने र विश्वविद्यालयसम्म लग्यो भने मात्रै संसारभर योग प्रशिक्षक दिन र नेपाललाई नयाँ पहिचान दिनसक्छौँ।’, उनले भने।  

प्रधानमन्त्री दाहालले भौतिक रुपले सम्पन्न देशहरुमा धेरै डिप्रेसन र आत्महत्याका घटनाहरु भएको भन्दै मानसिक रुपमा पनि चुस्त राख्न योग आवश्यक रहेको बताए। मानिसहरुको आध्यात्मिक चिन्तन, मनोविज्ञान, ध्यान, योगको कमीका कारण आइरहेका समस्या समाधान गर्न योग, ध्यान र साधनाको आवश्यक रहेको उनको भनाई छ। उनले अहिले सारा विश्व, योग, ध्यान र साधनातिर केन्द्रित रहेको भन्दै योग र साधना नेपालको संस्कृति, सम्पदा र पहिचानको आधार भएको बताए। 

‘भौतिक रुपले धेरै नै विकसित भनेका देशमा पनि मानिसहरुको आध्यात्मिक चिन्तन, मनोविज्ञान, ध्यान, योगको कमीका कारण थुप्रै डिप्रेशनतिर जाने गरेका छन्’, उनले भने, ‘भातिक रुपले सम्पन्न र विकसित देशहरुमा तथ्यांकहरु हेर्दा मानसिक रुपले कमजोर भएको तथ्यांकहरु धेरै छ। आत्महत्यका तथ्यांकहरु त्यहाँ नै बढी छन्।’                                                                         

प्रधानमन्त्री दाहालले योग शिक्षालाई जनस्तरमा पुर्‍याउन सरकारको तर्फबाट संस्थागत व्यवस्थापन गर्ने प्रतिवद्धता जनाए। संस्कृति, पहिचान र परम्पराको जगेर्ना गर्न र आफू चुस्त रहन योग शिक्षालाई संरक्षण गर्न आवश्यक भएको उनको तर्क छ।

रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस