सिद्धराज राई, धनकुटा, चैत ७- भोजपुरको उत्तरी खार्ताम्छा गाविस-१ मा सोमबार राति तीन जनाको रहस्यमय हत्या भएको छ। उनीहरु तीनै जना मङ्गलबार बिहान मृत अवस्थामा फेला परेका छन्। खार्ताम्छा-१ चाम्लाडाङ भन्ने ठाउँमा सुतिरहेको अवस्थामा आमा छोरासहित तीन जना मृत अवस्थामा फेला परेका हुन्।
मृत्यु हुनेमा २८ वर्षकी पासाङ ल्यामु शेर्पा र उनका अढाई वर्षका छोरा तेन्जिङ शेर्पा छन्। त्यस्तै उनीहरुका आफन्त पर्ने ११ वर्षका आङछिरिङ शेर्पा पनि मृत अवस्थामा भेटिएका छन्। उनीहरुको शव चोट र रगतले लत्पतिएको अवस्थामा रहेको भोजपुर प्रहरीले बताएको छ।
अढाई वर्षका बालक खाटमा सुतिरहेको अवस्थामा मृत भेटिएका थिए भने पासङल्यामु र आङछिरिङ भुइँमा मृत अवस्थामा रहेको स्थानीयबासीलाई उदृद गर्दै प्रहरीले बताएको छ।
पासाङल्यामुका श्रीमान् वैदेशिक रोजगारमा साउदी अरब गएका छन्। स्थानीयबासीका अनुसार शेर्पाले लगाएका गहनासमेत लुटिएका छन् । त्यस्तै दराजसमेत फुटेको अवस्थामा भेटिएको छ। पासाङल्यामु र आङछिरिङको टाउको क्षतविक्षत् अवस्थामा छ। उनीहरुलाई मार्न ढुङ्गाको सहयता लिएको हुन सक्ने प्रहरीले जानकारी दिएको छ।
घटनास्थल भोजपुर सदरमुकामदेखि ११ कोष उत्तरमा पर्छ। घटनास्थलमा इलाका प्रहरी कार्यालय दिङ्गलाबाट प्रहरी टोली घट्नास्थल पुगेको छ। उनीहरुको कसले हत्या गर्यो भन्नेबारे अनुसन्धान सुरु भएको भोजपुरका प्रहरी नायव उपरीक्षक युवनारायण वैद्यले बताए।