चुमन बस्नेत, बिराटनगर, फागुन २५ - नोबल मेडिकल कलेजको एम्बुलेन्समा भन्सार छलेर ल्याइँदै गरेको ४० लाख रुपियाँ बराबरको सामान प्रहरीले बरामद गरेको छ। इलाका प्रहरी कार्यालय रानीले कलेजले एम्बुलेन्समा भन्सार छलेर ल्याउदै गरेको मेडिकल सामान बरामद गरेको हो।
बरामद गरिएका सामानमा औषधि, सर्जिकलका १४ कार्टुन लगायतका भएको जानकारी डिएसपी उमाकान्त चतुर्बेदीले गराए।
जोगबनीबाट विराटनगरतर्फ आउँदै गरेको को १ च ४९३२ नम्बरको उक्त एम्बुलेन्सले को २ प ५५ २४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएर भाग्दैगर्दा प्रहरीले पिछा गरेर पक्राउ गरेको थियो। त्यसक्रममा चेक जाँच गर्दा उक्त सामान फेला परेको जनाइएको छ।
एम्बुलेन्सलाई सहज रुपमा आवत जावत हुन दिइने भएकाले गैर कानुनीरुपमा सामान ओसार्ने गरिएको घटनाले पुष्टि गरेको छ।