काठमाडौं, फागुन २४ (नागरिक)- कालिमाटीको आगलागीमा परेर चारजना गुमाएका परिवारका आफन्तले क्षतिको टुंगो नलागुञ्जेल शव बुझ्न अस्वीकार गरेका छन्।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा मंगलबार पुगेका उनीहरूले माग पूरा नभए संघर्ष गर्ने चेतावनी दिएका छन्।
मृतक परिवारलाई दस/दस लाख दरले क्षतिपूर्ति दिनुपर्ने उनीहरूको माग छ। 'हामीले आफ्नो कुरा सोझै सरकारसम्म पुर्याउन सकेनौं,' मृतक हिराबहादुरका भाइ खेमबहादुर पुन मगरले नागरिकसँग भने, 'त्यसैले समितिमार्फत् आफ्ना कुरा राख्न खोजेका हौं।'
उनीहरूले दिउँसो एक बजेतिर कालिमाटी बजारको मूलगेटमै ताला लगाएका थिए। केही बेरमै छेउका प्रहरी आएर ताला खोलेका थिए। आगलागीको भोलिपल्टै कृषि तथा गृहमन्त्रीले तत्काल राहत व्यवस्था गर्ने आश्वासन दिए पनि हालसम्म सहयोग नपाएको उनीहरूको गुनासो थियो।
समितिले किरिया खर्चबापत उपलब्ध गराएको २५ हजार रुपैयाँ पनि उनीहरूले नलिएको योजना अधिकृत विनय श्रेष्ठले जानकारी दिए। आगलागीमै मृत्यु भएका ओमकुमार साह र पुजन मिजारका आफन्तले भने मंगलबारै किरिया खर्च बुझेका छन्।