'वाइसिएलले नपाएको लडाकुको तलब कमाण्डर र नेताले खाए'
१६ फागुन २०६८
•
७ मिनेट पाठ
'वाइसिएलले नपाएको लडाकुको तलब कमाण्डर र नेताले खाए'
चाँदनी हमाल, चितवन, फागुन १६- बाहिर बसेका वाइसिएलका लागि दिने भन्दै लडाकुको तलबबाट कट्टा गरेको रकम शिविरका कमाण्डर र नेताहरुले खाएको आरोप पूर्व लडाकुले लगाएका छन्। शिविरमा भएको भ्रष्टाचारकै रकमबाट वाइसिएलका लागि व्यवस्थापन गर्न सकिने उनीहरु बताउँछन्।
शक्तिखोर शिविरमा वर्गीकरणअघिसम्म रहेका सबै लडाकुको तलबबाट मासिक कट्टा गरिने १ हजार र शिविरमा नरहेका लडाकुको सिङ्गै तलब वाइसिएलले नपाएको गुनासो आएपछि रकम गायब भएको खुलेको थियो। त्यसरी गायव करोडौं रकम पार्टी नेतृत्व र कमाण्डरले खाएको आरोप पूर्व लडाकुले लगाएका हुन्।

स्वेच्छिक अवकास रोजेर शिविर बाहिर जानेबेला यस्ता हिसाबकिताब खोज्न थालेपछि शक्तिखोरसहित कतिपय शिविरमा झडपसमेत भएको थियो। स्थानीय शिविर व्यवस्थापन समितिले नभएका लडाकुका रकम कमाण्डरकै हातमा दिने गरेको बताउँदै आएको छ। स्वेच्छिक रोजेर शिविर बाहिर हाल चितवनमै रहेका पूर्व लडाकु हुमबहादुर खड्काले भने- वाइसिएलकै लागि भनेर मासिक कटाइन्थ्यो, नभएकाको पूरै रकम कमाण्डरले लिन्थे। अझै भैपरी आएका बखत भन्दै कति लडाकुले पालैपालो सिङ्गै तलबसमेत दिएका छन्।

बाहिर निस्कने बेला सोही विषयमा छलफल हुँदा कमाण्डरले नमानेकाले झडपको स्थिति शक्तिखोरमा आएको उनले बताए। 'वाइसिएलले पाएको भए आहिले आन्दोलन हुन्थ्यो र ? पूर्व सहकमाण्डर उदय चलाउने भन्छन्- त्यही हिसाबकिताब पारदर्शी हुनुपर्‍यो भनेका थियौं निस्कने बेला। उनका अनुसार शक्तिखोर शिविरमा झण्डै १ हजार लडाकु वर्गीकरण पहिले नै बाहिरिएका छन्। उनीहरुको तलब कमाण्डर र नेतृत्वका केही नेताले भष्टाचार गरेर लिएको आरोप उनले लगाए। 'प्रचण्ड एण्ड कम्पनीका लागि गएका छन् लडाकुका रकम'- उनले अध्यक्षप्रति आक्रोश जनाउँदै भने।

शिविरमा बसेदेखि नै आफूहरुको तलब मासिक १ हजार कटाउँदै आएको. उनले बताए। तीन हजार हुँदा दुई हजार, पाँच हजार हुँदा चार हजार र पछिल्लो पटक ६ हजार पाँच सय हुँदा ६ हजार मात्र लडाकुले पाउने गरेको उनले बताए।

'हामीलाई घरबारविहीन बनाएर नेताहरु बिल्डिङ ठडाउँदैछन्, सोमबार बास खोज्दै गरेका बेला जुटपानीमा भेटिएका पूर्व लडाकु पूर्णबहादुर पाख्रिनले भने- पैसाको कुरा भन्दा पनि पारदर्शी नभएर राष्ट्रलाई नै घात गरिरहेका छन्। बचत रकम सार्वजनिक गरेर कि राष्ट्रलाई नै कि त वाइसिएललाई दिनुपर्ने उनीहरुले बताए। वर्गीकरणअघि शक्तिखोर शिविरमा ३ हजार ९ सय ७१ लडाकु थिए। जसमा ३ हजार ३ सय ५० मात्र वर्गीकरणमा सामेल भएका छन्। यीमध्ये पनि बाहिर गएर बोलाइएर चेक लिन लगाएकाहरुको नै बढीजसो चेक खोसिएको थियो।

तर तलब र खाना भत्ता भने शिविरमा नभएका ६ सय २१ जनाको समेत शिविर नै पुग्ने गरेको थियो। 'बाहिर बिदामा छन्, सुत्केरी छन् भनिन्थ्यो, त्यसैले कमाण्डरले नै उनीहरुको चेक बुझ्थे,' शिविर व्यवस्थापन समिति चितवनका लेखा अधिकृत शरदचन्द्र शर्माले भने। शिविरमा तीनचार वर्षदेखि करिब १ हजार लडाकु बाहिरै रहँदै आएको पूर्व लडाकुहरुको भनाई छ। व्यवस्थापन समितिको हिसाबअनुसार पछिल्लो समय शिविरमा नरहेका ६ सय २१ लडाकुको सिङ्गै तलब २०६६  देखि २०६८ को कात्तिकसम्म  पाँच हजारका दरले करिब ७ करोड ४५ लाख २० हजार रुपियाँ शिविरसँगै छ।

त्यसअघि दुई वर्ष लडाकुले तीन हजार तलब पाउँदै गर्दा पनि  ६ सय २१ मध्येकै धेरै लडाकु शिविरमा थिएनन्। मङ्सिरदेखि १५ सय तलब बढेपछि पनि ती लडाकुको  मासिक ६ हजार ५ सयका दरले ४० लाख ३६ हजार ५ सय शिविरले नै लिएको छ। त्यस्तै शिविरमा रहेका ३ हजार ३ सय ५० को प्रतिमहिना कट्टा भएको एक हजारका दरले लडाकुको पाँच हजार तलब हुँदा २०६६ देखि २०६८ कात्तिकसम्म ३ लाख ८४ हजार रकम पनि शिविरले नै लिएको छ।

लडाकुका लागि प्रतिव्यक्ति दैनिक ७२ रुपियाँका दरले आउने रासन भत्तामा समेत भ्रष्टाचार भएको आरोप लडाकुको छ। शक्तिखोरमा मरेका र कारबाहीमा परेका ३३ लडाकु थिए।

बाहिर निस्केका मात्र नभई समायोजनमा जाने लडाकुहरु पनि पारदर्शिताका विषयमा कमाण्डर र नेतृत्वसँग सन्तुष्ट छैनन्। 'वाइसिएललाई दिने हो वा पार्टीले नै लिने हो प्रष्ट भने भइहाल्थ्यो नि, समायोजनमा जाने एक लडाकुले भने- पार्टीकै लागि लडेकासँग गुपचूप किन खानू ?

शक्तिखोर शिविरका कमाण्डर धनबहादुर मास्की मगर भने पार्टीको आन्तरिक नियमअनुसार आफूहरु चलेको दाबी गर्छन्। कसैको चेक वा रकम लिनुभन्दा पनि व्यवस्थापनलाई सहज बनाउन आफूहरु लागिपरेको उनले बताए। 'सोही विषयमा साथीहरुले जाने बेला बाहिर हल्ला गरेका हुन, ब्रिगेड सहायक कमाण्डर धनञ्जय शर्माले थपे- अरु केही हैन।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
६ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस