कलेन्द्र सेजुवाल, सुर्खेत, असोज २- लेखपराजुल-६ देवीस्थानबाट वीरेन्द्रनगरतर्फ आइरहेको लु २ त १४२७ नम्बरको ट्रयाक्टर सोमबार रत्नराजमार्गको सत्तरीमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। घाइते सात जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
दिउँसो करिब ३ बजे भएको दुर्घटनामा सुर्खेत लेखपराजुलकी पानसरी वादी र उत्तरगंगाका कृष्णबहादुर सुनारको मृत्यु भएको जिल्ला प्रहरीप्रमुख एसपी गोविन्दराम परियारले बताए। उनका अनुसार सुर्खेत लाटीकोइलीका बीरबहादुर वादी, लेखपराजुलका दले वादी, उत्तरगंगाका प्रेमबहादुर कसेरा र सर्जन विक, कैलाली जोशीपुरका विशाल चौधरी र दोधाराका पुरन चौधरी र बाँके गनापुरका मनहर भट्ट घाइते भएका छन्। उनीहरुको मध्यपश्चिमा अञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ।
क्रसरको ढुंगा ल्याएर आइरहेको ट्रयाक्टर सडकबाट २५ मिटर तल खसेको थियो। ट्रयाक्टरमा रहेका सबै क्रसर उद्योगमा काम गर्ने मजदुर रहेका एसपी परियारले जानकारी दिए।