कमल थापा, रुकुम, भाद्र ३१ - शनिबार बिहान ३ बजे पूर्वी रोल्पामा आएको पहिरोले घर बगाउँदा ७ जनाको मृत्यु भएको छ। पहिरोमा परी १९ जना गम्भीर घाइते भएका छन्। घरमा पाहुना आएकाहरु पनि पहिरोमा परेका छन्। घाइतेहरुलाई उपचारका लागि सुलिचौर स्वास्थ्यचौकी र स्थानीय मेडिकलमा लगिएको छ।
रोल्पाको मिझिङ १ रुइनिवाङ बजारमा आएको पहिरोमा परी सेरम ७ घुसवाङका ७५ बर्षीय नर बहादुर बुढाथोकी, गुम्चाल ३ का २६ बर्षीय काली परियार, ५ बर्षीय मिन्तु परियार, ३ बर्षीय निशा परियार र उवा निवासी ६० बर्षीय जुनताराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।
पहिरोले ३ वटा पक्की घर, ५ वटा कच्ची घर र ८ वटा पसल पुरेको छ। स्थानीय कमला वुढाथोकी, चन्द्रवहादुर वुढाथोकी, होमवहादुर खडका, लालवहादुर घर्तिको घर पूर्णरुपमा क्षति भएको प्रहरीले जनाएको छ। पहिरो जादाँ घर, पसल, होटेल गरी १ करोड रुपैयाँ बढीको भौतिक क्षति भएको छ। घटना स्थलमा इलाका प्रहरी कार्यालय सुलिचौर, जिल्ला प्रहरी कार्यालय रोल्पा, प्रहरी चौकी खुग्री, नेपाली सेनाको देबीदत्त गणका सेना र स्थानियवासीले उद्धारकार्य जारी राखेका छन्। घटनाको थप जानकारी आउन अझै बाकीँ छ।