१ सय ७३ थान लागुऔषधसहित युवक पक्राउ
१६ फागुन २०७६
•
५ मिनेट पाठ
१ सय ७३ थान लागुऔषधसहित युवक पक्राउ
उदयपुर- उदयपुरको चौदण्डीगढी नगरपालिकाबाट एक युवा भारी मात्राको लागूऔषधसहित पक्राउ परेका छन्। बिहीबार राति चौदण्डीगढी ४ को स्वामीचोकबाट २५ वर्षीय रोशन मगर १ सय ७३ थान बिभिन्न किसिमका लागुऔषध र गाँजासहित पक्राउ परेको प्रहरी चौकी बसाहालाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।




मगरलाई प्रहरी चौकी बसाहाबाट खटेको टोलीले शंका लागी सोधपुछ गर्दा उनको साथबाट स्पास्पेन नामक लागुऔषध १ सय १० थान र एप्काडोल नामक प्रतिबन्धित लागुऔषध ६३ ट्याब्लेट बरामद भएको प्रहरीले जनाएको छ। त्यस्तै मगरको साथबाट ५० ग्राम गाँजासमेत बरामद भएको चौकीलाई उद्धृत गर्दै जिल्ला प्रहरी प्रवक्ता डिएसपी हरिकृष्ण केसीले बताए।

पक्राउ मगरलाई प्रहरीले सोधपुछ गर्दा सोही ठाउँका राजकपुर यादवले सञ्चालन गरेको मेडिकलबाट किनेको वयान अनुसार स्वामी चोकस्थित लक्ष्मी मेडिकलमा छापा मार्दा यादव नभेटिएको बताइएको छ। उनी फरार रहे पनि उनको मेडिकलमा प्रहरीले छापा मार्दा झण्डै २ हजार थान ट्याव्लेट फेला परेको छ। यादवको मेडिकलबाट प्रहरीले प्रतिबन्धित स्पास्पेन ९ सय १० ट्याव्लेट, एप्काडोल ९ सय ४८ ट्याव्लेट तथा टाईफेनिकोल नामक लागुऔषध ५७ थान गरी १ हजार ९ सय १५ थान लागुऔषध बरामद भएको छ।

पक्राउ मगरलाई इलाका प्रहरी कार्यालय बेलटार ल्याएर अनुसन्धान सुरु गरिएको छ भने फरार यादवको खोजी तीव्र पारिएको छ। यादवको मेडिकलबाटै यसरी भारी परिमाणमा प्रतिबन्धित लागुऔषध बरामद हुनुले औषधि बेच्ने बहानामा वैधानिक मेडिकलहरु भित्रभित्रै गैरकानुनी काम गर्दै समाज विगार्ने मुख्य भूमिका खेल्दै रातारात धनी हुने धन्दामा लाग्ने गरेको प्रमाणित भएको छ।

यसअघि पनि जिल्लाका बिभिन्न मेडिकलहरुले लागुऔषध बेच्ने गरेको समाचार बाहिरिदै आएको छ। गतवर्ष आयोजित नगरपालिकाभरीका मेडिकल व्यवसायीहरुको भेलामा चौदण्डीगढी नगरप्रमुख खगेन्द्र राईले अवैध लागुऔषधको किनबेच मेडिकलहरुबाटै हुने गरेको गुनासो आएको भन्दै वैधानिक कामको आवरणमा अवैधानिक गतिबिधि नगर्न सुझाएका थिए। त्यसको केही महिनापछि बेलटारस्थित एक मेडिकल हलबाट लागू औषध बिक्री गरेको तथ्य बाहिरिएपछि प्रहरीले सबै मेडिकलहरुलाई सचेत गराएको थियो।

अहिले चौदण्डीगढीकै लक्ष्मी मेडिकलबाट पुनः यत्ति ठूलो परिमाणको लागुऔषध बरामद हुनुले वैधानिक व्यापारको आवरणभित्र अवैधानिक गतिबिधि गर्दै समाज विगार्ने क्रियाकलाप हुने गरेको तथ्य उजागर भएको छ। सदरमुकाम गाईघाटस्थित एक मेडिकलमा पनि लागुऔषध किनबेच हुन्छ भन्ने दुव्र्यसनीको बयान अनुसार प्रहरीले छापा मारेको थियो। तर, त्यहाँ भने लागुऔषध बरामद नभएको प्रहरीले जनाएको छ।

वैधानिक व्यापारको पर्दाभित्र बसेर गैरकानुनी काम गर्दै लाखौं युवायूवतीको भविष्य बर्बाद गर्ने मेडिकल सञ्चालकहरुलाई प्रमाण जुटाएर हदैसम्मको कारबाही गर्नुपर्ने चौदण्डी नगरप्रमुख खगेन्द्र राईको भनाई छ। औषधि बेच्ने बहानामा प्रतिबन्धित लागुऔषध बेच्ने जोकोही व्यापारी व्यवसायी कानुनी रुपमा दण्डनीय हुने भन्दै उनले यस्तो गैरकानुनी गतिबिधिविरुद्ध प्रशासन, प्रहरी, मेडिकल व्यवसायी संघ, उद्योग बाणिज्य संघ र सम्पूर्ण जनप्रतिनिधि एकजुट भएर लागी पर्नुपर्ने आग्रह उनले गरेका छन्।
अर्को समाचार
६८ थान लागुऔषधसहित तीन युवा पक्राउ
१२ चैत्र २०७७
•
१ मिनेट पाठ
६८ थान लागुऔषधसहित तीन युवा पक्राउ
लागुऔषधसहित पक्राउ अभियुक्तहरु । तस्बिरः महेश्वर
पछिल्लो केही समययता प्रहरीले दिनहुँजसो लागुऔषधका अभियुक्त पक्राउ गर्दै आएको छ। यसैक्रममा बुधबार पनि बिभिन्न थरीका लागुऔषधसहित ३ युवक पक्राउ परेका छन्।  




दिउँसो १ः०० बजेको समयमा जिल्लाको चौदण्डीगढी नगरपालिका ६ बेलटार बजारबाट उनीहरु पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय बेलटारबाट खटेको प्रहरी निरीक्षक कमाण्डको टोलीले ३ प्रकारका ६८ एम्पुल (थान) लागुऔषध र ५० ग्राम गाँजासहित ३ जनालाई पक्राउ गरेको जनाएको छ।

लागुऔषध कारोबार भईरहेको भन्ने सुराकीका आधारमा खटेको टोलीले चौदण्डीगढी नगरपालिका ६ का २५ वर्षीय प्रताभ मगर, सोही ठाउँका ३१ वर्षीय सुरज राई र चौदण्डीगढी ४ का ३० वर्षीय सुमन राईलाई पक्राउ गरेको इप्रका बेलटारलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।  

पक्राउ परेकाहरुको साथबाट लुपिजेसिक, फेनारगन र डाईजेपाम नामक लागुऔषध २७–२७ थान गरी ६८ थान फेला परेको छ। त्यस्तै ५० ग्राम गाँजा र ३ थान मोवाईसमेत उनीहरुबाट बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेका सबैलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान सुरु भएको जनाइएको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस