धनुषा– धनुषामा चितुवाको छालासहित तीन जना पक्राउ परेका छन्। जिल्लाको धनौजी गाउँपालिका २ गोरदाहाबाट सशस्त्र प्रहरीको टोलीले शुक्रबार साँझ नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरुमा क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर बस्ने २८ बर्षीय सुनिल ढुँगेल, सोही ठाउँका ३९ बर्षीय शिवकुमार महतो र धनौजी गाउँपलिका ४ बस्ने ३६ बर्षीय जयराम मण्डल छन्। सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गण धनुषाबाट खटिएको टोलीले उनीहरुलाई एक थान चितुवाको छालासहित पक्राउ गरेको हो।
प्रदेश नं.२–०२–००१ प ६०२८ नम्बरको मोटरसाइकलमा महेन्द्रनगरबाट भारततर्फ जाने क्रममा उनीहरुलाई पक्राउ गरिएको सशस्त्र प्रहरी उपरीक्षक राजेश उप्रेतीले जानकारी दिए।