कलेन्द्र सेजुवाल, सुर्खेत, कात्तिक १४ -शनिबार राति धुलियाबीट-भेडावारी सडकको चिङ्गाडमा अन टेस्ट ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। राति करिब १० बजे भएको दुर्घटनामा चालक काशीराम चिताउरे र १२ वर्षीय बालक सागर सोमैको मृत्यु भएको प्रहरीले जनाएको छ।
ट्रयाक्टरमा रहेका अन्य तीनजना घाइते भएका छन्। उनीहरुको मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाको कारण थाहा हुन सकेको छैन।
ट्रयाक्टरमा रहेका अन्य तीनजना घाइते भएका छन्। उनीहरुको मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाको कारण थाहा हुन सकेको छैन।