असुरक्षित बालिका, प्रत्येक ३० घण्टामा बलात्कार
०१ भदौ २०७६
•
६ मिनेट पाठ
असुरक्षित बालिका, प्रत्येक ३० घण्टामा बलात्कार
गणेश विशु

वीरेन्द्रनगर - सुर्खेतकी नौ वर्षीया बालिका विद्यालयबाट घर जाँदै गर्दा गत जेठ २३ गते बाटोमै बलात्कृत भइन्। घर पुर्‍याइदिने भन्दै गाउँकै एक युवकले उनलाई सामुदायिक वनमा पुर्‍याएर बलात्कार गरेका थिए। उनीजस्तै सुर्खेत गुर्भाकोट नगरपालिकाकी १० वर्षीया बालिका पनि बलात्कारको सिकार बन्नुपर्‍यो। ती बालिका हिँडडुल गर्न नसक्ने भएपछि गत साउन २ गते बालिका बलात्कृत भएको पत्ता लागेको थियो।

पछिल्लो समय कर्णालीमा बलात्कारका घटना बढ्दै गएका छन्। प्रहरीकाअनुसार हरेक एक दशमलव २६ दिनमा एक महिला तथा बालिका बलात्कारको सिकार बन्ने गरेका छन्। घरमा एक्लै भएका बेला र एकान्त ठाउँमा हिँडडुल गर्दा महिला बढी असुक्षित हुने गरेका छन्। तथापि बलात्कारमा संलग्नहरू पक्राउ पर्ने क्रम जारी छ। सुर्खेत जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रदीप क्षेत्रीका अनुसार अधिकतर दोषी प्रक्राउ परेका छन्। केही व्यक्तिमात्र फरार रहेको र खोजी कार्य भइरहेको उनले बताए। पक्राउ परेकामध्ये केही दोषी प्रमाणित भएको र केही अदालती प्रक्रियामा रहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। डर, धम्की, त्रास र ललाइफकाइ गरेर बलात्कारका घटना हुने गरेको प्रहरीको भनाइ छ।

बलात्कारजस्तो जघन्य अपराघका दोषीलाई कडा सजाय हुनुपर्ने महिला अधिकारकर्मी देवीसरा सुनारले बताइन्। बलात्कारका घटना पनि व्यवहारिकतामा मिलापत्र गराउँदा यसले झनै प्रश्रय पाउने उनको भनाइ छ। पीडित महिला पक्ष संरक्षकको अभावमा कमजोर हुने हुँदा यस्ता घटनाहरू मिलापत्रमा टुंग्याइने गरेका छन्। दोषीलाई राजनीतिकरण हुँदा पीडकले छुटकरा पाउने भन्दै सुनारले निष्पक्ष छानबिनपछि कानुनी कारबाही गरिनुपर्ने धारणा राखिन्। ‘यस्ता घटनामा मिलापत्र गराउनु भनेकै पीडकलाई हौसला दिनु हो,’ उनले भनिन्, ‘कुनै पनि बहानामा दोषीलाई छुटकारा दिनुहुन्न।’

शिक्षा र चेतनाको विस्तारसँगै यस्ता आपराधिक घटना लुक्न छाडेको विद्यार्थी नेता कृष्णा हमालले बताइन्। पछिल्लो समय यस्ता घटना ढाकछोपभन्दा पनि बाहिर आउने गरेको उनको भनाइ छ। ‘पहिला यस्ता घटना नभएका होइनन्,’ उनले भनिन्, ‘पहिला बाहिर आउँदा सामाजिक बहिस्कार भइने डरले बाहिर आएनन्।’ कानुनी कारबाहीसँगै पीडितको मानसिक उपचार, वातावरणीय र सामाजिक पुनःस्थापनमा जोड दिनुपर्ने रुकुम पश्चिमकी महिला अधिकारकर्मी सरस्वती चनाराले बताइन्। कर्णालीमा जबर्जस्ती करणीसम्बन्धी दुई सय ८८ वटा घटना भएका छन्। जबर्जस्ती करणीका एक सय ९७ र जबर्जस्ती करणी उद्योगका ९१ वटा घटना भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ। सल्यान र मुगुमा बलात्कारका घटनामा कमी आएको छ। सल्यानमा २०७४÷०७५ मा २१ वटा बलात्कारका घटना भएका थिए भने २०७५÷०७६ मा १७ वटा यस्ता घटना भएका छन्। आठवटा बलात्कारका घटना भएको मुगुमा गत वर्ष तीनवटा मात्र यस्ता घटना भए।

सुर्खेतमा ८६, दैलेखमा १६, जाजरकोटमा १७, सल्यानमा १७, रुकुम पश्चिममा २५, जुम्ला १२, हुम्ला एक, डोल्पा पाँच, मुगु तीन र कालीकोटमा आठवटा जबर्जस्ती बलात्कारका घटना घटेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता लोकनाथ तिम्सिनाले जानकारी दिए। उनका अनुसार सबैभन्दा बढी सुर्खेतमा ८६ र कम हुम्लामा एकजना बालिका तथा महिला बलात्कृत भएका छन्। कर्णालीमा आर्थिक वर्ष २०७४÷०७५ मा ९८ वटा बलात्कारका घटना भएका थिए। वर्षभरिको आठ हजार सात सय ६० घण्टामा प्रति ३० दशमलव ४१ घण्टाभित्र यहाँका एक महिला तथा बालिका बलात्कार हुने गरेका छन्, जुन डरलाग्दो तथ्यांक हो। यो अझ बढ्दो क्रममा रहेकाले यसले सामाजिक अपराध बढाउने महिला अधिकारकर्मीहरू बताउँछन्।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस