छोरीमाथिको बलात्कारमा आमाकै सहयोग (घटनाकाे नालीबेलीसहित)
०६ साउन २०७६
•
७ मिनेट पाठ
छोरीमाथिको बलात्कारमा आमाकै सहयोग (घटनाकाे नालीबेलीसहित)
धनुषा - महाेत्तरीकी एउटी महिलाले आफ्नै छोरीमाथि बलात्कार गर्न स्थानीय एक पुरुषलाई साथ दिएको घटना सार्वजनिक भएको छ। भंगहा नागरपालिकी एक आमाले आफैंले जन्म दिएकी १२ वर्षीया बालिका छोरीमा बलात्कार गर्न स्थानीय ४० वर्षीय सीताराम महतोलाई साथ दिएको घटना बाहिरिएसँगै सबैको होस उडेको छ। रोजगारीको प्रलोभन देखाई आफ्नै आमाले जनकपुर लाने भनी भारतको दिल्ली पु¥याएर आफूले समेत अनैतिक सम्बन्ध राख्दै आएका सीतारामसँग यौन सम्पर्क गर्न लगाएको पीडित बालिकाले बताएकी छन्।

दलित समुदायकी ती बालिकालाई आमाकै मिलेमतोमा सीतारामले दिल्ली पु¥याएर १५ दिन बलात्कार गरेको पीडित बालिकाले आरोप लगाएकी छन्। ‘दिल्लीमा आमाकै अगाडि दिनदिनै बलात्कार गथ्र्यो,’ पीडित बालिकाले भनिन्, ‘आमा केही भन्दिनथिन्। उल्टै मलाई गाली गर्थिन्। प्रतिकार गर्न खोज्दा ज्यान मार्ने, काटिदिनेलगायत अनेकखाले धम्की दिइन्थ्यो।’

कसरी पुगेको थियो बालिका दिल्ली ?

बालिकाकी आमा स्थानीय सीतारामको घरमा मजदुरी गर्थिन्। आमा र सीतारामसँग अनैतिक सम्बन्ध रहँदै आएको बालिकाले बताइन्। गत जेठमा रोपाइँका दिन सीतारामले छोरीसँग पनि सम्बन्ध राख्ने प्रस्ताव गरेको बताइएको छ।

बालिकाकी ठूली आमाका अनुसार पैसाको प्रलोभन दिएर सीतारामले जेठ २७ गते आमाछोरीलाई नै रोजगारीका लागि जनकपुर जाने भन्दै लगेका थिए। त्यसपछि जयनगर हुँदै दिल्ली जान हिँडेको उनले बताइन्। भारतको दरभंगा पुग्दा रेलवे स्टेसनमा ‘कसैले को हो र कहाँ जान लागेको भनेर सोधे बुबा हो, दिल्लीमा सँगै बस्छौं भनेर जवाफ दिन अह्राएको पीडित बालिकाले बताइन्।

आफूले प्रतिकार गर्न खोज्दा आमाले गाली गर्दै मारिदिने धम्की दिएको उनको भनाइ छ। ‘ज्यान जाने डरले बाटामा उनीहरूले सिकाएजस्तै जवाफ दिँदै दिल्ली पुगियो,’ उनले भनिन्, ‘दिल्लीमा घरबेटीले सोध्दा पनि आमाले सिकाएजस्तै भनदिएँ।’ बालिकाकाअनुसार दिल्लीमा तीनैजना एउटै कोठामा बस्थे। सीतारामले प्रत्येक दिन जबर्जस्ती गर्दा आमाले बालिकालाई संरक्षण दिनुको सट्टा उल्टै ती पुरुषलाई सघाएको भन्दै पीडित बालिकाले गुनासो गरिन्। बालिकालाई घरबाट बाहिर निस्कनसमेत दिइँदैनथ्यो। शौचालय पनि आमासँगै जानुपथ्र्यो।

कसरी नेपाल आइन् बालिका ?

घरबाट जनकपुरमा रोजगारी गर्न जान लागेको भनेर बालिकाकी आमाले आफ्नी ठूली दिदीलाई भनेकी थिइन्। ‘जनकपुरमा होटलको सरसफाइ गर्ने काम सीतारामले लगाइदिन्छ भनेकी थिई,’ उनले भनिन्, ‘घरबाट हिँडेको एक साता भइसक्दो पनि फोन आएन। शंका लागेर खोजी गर्न थालेकी हुँ।’ सुरुमा आफन्त सबैसँग सोधखोज गर्दा कुनै खबर नपाएको उनले बताइन्।

उनका अनुसार दिल्लीमा कपाल काट्ने काम गरिरहेको गाउँकै एकजनाले बहिनी र छोरी दिल्लीमा रहेको खबर पठाएका हुन्। त्यसको केही दिनपछि बालिका र उनकी आमाले भिडियो कल गरेकी थिइन्। त्यसैको भोलिपल्ट बालिकाले आमा र सीताराम नभएको मौका पारी फोन सम्पर्क गरी घटनाबारे जानकारी गराएको जनाइएको छ। ‘सो जानकारी पाएलगत्तै आमाछोरीलाई नेपाल ल्याइदिन सीतारामका बुवा रामअशिष महतो र उनकै आफन्त पर्ने स्थानीय नेता रामजतन महतोलाई गुहार गर्न थालें,’ बालिकाकी ठूलीआमाले भनिन्, ‘कसैलाई नभन्ने र उजुरी नगर्ने सर्तमा उनीहरूलाई नेपाल ल्याइदिने कुरा भयो।’ सो सर्त स्वीकार गरेकाले असार १७ गते बालिका आफ्नी आमासँग घर आइपुगेका हुन्।

घटनाबारे के हुँदैछ ?

पीडित बालिकाका अनुसार सीताराम, स्थानीय नेता रामजतन र आमा आइपुगेको भोलिपल्टैदेखि फरार छन्। उजुरीको सुइँको पाएलगत्तै उनीहरु कसैको सम्पर्कमा छैनन्। पीडित बालिकाले न्यायको लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा असार २२ गते उजुरी दिएकी थिइन्। तर उनलाई न्याय पाउने आस छैन। ‘आमा नै पापी भएपछि कसले न्याय दिन्छ,’ उनले दुखेसो पोख्दै भनिन्, ‘आमाले मसँग छोरी गएकी छैन भन्ने गरेको सुनेकी छु। अब मैले कुन आधारमा न्याय पाऊँ ? आमा फेरि त्यही मान्छेसँग भागेको भन्ने सुनेकी छु।’

पीडित बालिकाको मेडिकल उपचार भइसकेको छ। मेडिकल रिपोर्टमा बालिकामाथि बलात्कार भएको पुष्टि चिकित्सकले गरिसकेका छन्। तर बलात्कारमा संलग्न भने पक्राउ परेका छैनन्।

आफ्नो परिवार असाध्यै गरिब रहेको र त्यसमाथि मानसिक सन्तुलन गुमेपछि बुवा एक वर्षदेखि घर नआएको उनले सुनाइन्। ‘बालिकालाई अझै मेडिकल समस्या छ,’ उनकी ठूलो आमाले भनिन्, ‘औषधि किन्ने पैसा छैन। न्याय पाउने आधार देखिन्न। अब कसरी हाम्रो परिवार त्यहाँ सुरक्षित हुन्छ भन्ने कुरा पनि छ।’ महोत्तरीका प्रहरी उपरीक्षक श्याम अधिकारीले बालिकाको मेडिकल चेकजाँच भइसकेको बताए। उजुरीका आधारमा खोजी कार्य भइरहेको भन्दै प्रारम्भिक अनुसन्धानबाट मुख्य आरोपित बालिकाको आमा लिएर पुनः भारत फरार भएको बताए। किटानी दुईजनाविरुद्ध आए पनि मुख्य मान्छे नै फरार भएपछि बालिकाले न्याय पाउन ढिलो भएको उनले स्वीकार गरे।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस