ललितानिवासकाे जग्गा हडपे पनि आरोप अस्वीकार
२७ असार २०७६
•
६ मिनेट पाठ
ललितानिवासकाे जग्गा हडपे पनि आरोप अस्वीकार
काठमाडौं - बालुवाटारस्थित ललितानिवास र त्यसले चर्चेको जग्गा हिनामिना प्रकरणमा प्रहरीले तत्कालीन भोगाधिकारीहरूसँग बयान सुरु गरेको छ। पूर्वप्रधानमन्त्री सुवर्ण शमशेरका हकदारहरूसँग ब्युरोले अधिग्रहण भइसकेको जग्गा गैरकानुनी रूपमा फिर्ता लिएको विषयमा बयान लिन सुरु गरेको हो।




बुधबार ब्युरोको कार्यालय महाराजगञ्ज पुगेर सुवर्ण शमशेरका छोरा रुक्मशमशेर तथा उनका नातिहरू हेमाद्री र हाटक शमशेरले बयान दिएका छन्। प्रहरी स्रोतका अनुसार प्रारम्भिक बयानका क्रममा राणा परिवारले जग्गा हडपेर पनि आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन्। उनीहरूले आफ्नो जग्गा फिर्ता ल्याएको विषय कानुनसम्मत भएको जिकिर गरेका छन्। थप बयानका लागि उनीहरूलाई शुक्रबार पुनः बोलाइएको प्रहरी प्रधान कार्यालय उच्च स्रोतले जानकारी दियो। तर ब्युरो प्रमुख डिआइजी निरज शाही अनुसन्धानमा भएको विषयमा बोल्न नमिल्ने भन्दै पन्छिए। ‘अनुसन्धान भइरहेको विषयमा अहिले प्रतिक्रिया दिन मिल्दैन,’ नागरिकसँग उनले भने, ‘अनुसन्धानले पूर्णता पाएपछि यस विषयमा कुरा गरौला।’

ललितानिवासका तत्कालीन भोगाधिकारी राणरसँग सिआइबीले थाल्यो बयान

मुआब्जा तिरेर अधिग्रहण गरिएको जग्गा तत्कालीन भोगाधिकारीहरूबाट गैरकानुनी रूपमा हडपेको समाचार नागरिक दैनिकमा प्रकाशित भएपछि सुवर्ण शमशेरका आफन्त रुक्मशमशेर, हेमाद्री शमशेर र हाटक शमशेरले गत वैशाख १९ गते विज्ञप्तिमार्फत अस्वीकार गरेका थिए। झुटो विवरण पेस गर्दै उनीहरूले सरकारले मुआब्जा नै नदिएको दाबी गरेका थिए। सरकारले राजकाज मुद्दाको आरोप खेपेका सुवर्ण र उनका छोरा कञ्चन शमशेरको १४ रोपनी ११ आना जग्गामात्रै जफत गरेको थियो। बाँकी करिब सय रोपनी जग्गा चलनचल्तीको मूल्यभन्दा बढी मुआब्जा दिएर अधिग्रहण गरिएको मुआब्जा दिने निर्णयमा संलग्न पूर्वमन्त्री नवराज सुवेदीले बताइसकेका छन्। ललिता निवासको जग्गा हिनामिनासम्बन्धी अनुसन्धान गरिरहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोग र ब्युरोले राणा परिवारले सरकारबाट मुआब्जा लिएको प्रमाण फेला पारिसकेका छन्।

२०२१ सालमा मुआब्जा तिरेर सरकारले अधिग्रहण गरिसकेको करिव एक सय १४ रोपनी जग्गा राणा परिवारले राजनीतिक पहुँच, भूमाफिया र कर्मचारीसँग सेटिङ मिलाएर २०४९ मा फिर्ता लिएका थिए। २०४७ को अन्तरिम सरकारले पञ्चायतकालमा सुवर्ण शमशेरको जफत भएको घर–जग्गामात्रै कानुनी प्रक्रिया मिलाएर फिर्ता दिने निर्णय गरेको थियो।

तर त्यो निर्णयलाई गलत व्याख्या गर्दै डिल्लीबजार मालपोत कार्यालयका कर्मचारी, राजनीति पहुँच र भूमाफियासँग मिलेर राणा परिवारले अधिग्रहण र जफत भएको जग्गा एकमुष्ट फिर्ता लिएका थिए। त्यसको १३ वर्षपछि राणा परिवारले भूमाफियाद्वय रामकुमार सुवेदी र शोभाकान्त ढकाल तथा भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङलाई ललितानिवासको जग्गा सस्तोमा बेचेका थिए। राणापरिवार हुँदै सरकारी जग्गा हात पारेपछि गुरुङ, सुवेदी र ढकालले प्लटिङ गरेर नेता, व्यापारी, वकिल, कर्मचारीलगायतलाई बेचेका थिए। पछिल्लो पटक पूर्वसचिव शारदाप्रसाद त्रितालको समितिले ललितानिवासको जग्गा गैरकानुनी रूपमा व्यक्तिका नाममा पुगेको भन्दै फिर्ता ल्याउन र संलग्नमाथि कारबाही गर्नुपर्ने प्रतिवेदन बुझाएको थियो। त्यही प्रतिवेदनका आधारमा २०७५ फागुन २८ गतेको मन्त्रिपरिषद् बैठकले प्रतिवेदनसहित अनुसन्धानको जिम्मा अख्तियार र ब्युरोलाई दिएको थियो।

दुवै निकायले अहिले ललितानिवासको जग्गा हडप्नेमाथि अनुसन्धान जारी राखेका छन्। अख्तियारले जग्गा हडपेको आरोप लागेर सम्पर्कविहीन भएका ८९ जनालाई उपस्थित हुन सार्वजनिक सूचना नै जारी गरिसकेको छ। सम्पर्कमा भएका व्यक्तिमाथि भने अनुसन्धान जारी रहेको आयोगले जनाएको छ।क्तत्वलाई हरेक वर्ष आदिकवि भानुभक्त आचार्यको सम्मानमा ‘सूर्योदय भानु स्रष्टा सम्मान’बाट सम्मानित गर्दै आएको छ।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस