निर्मला हत्या अझै रहस्यमै
१२ असार २०७६
•
१२ मिनेट पाठ
निर्मला हत्या अझै रहस्यमै
धनगढी - कञ्चनपुर भीमदत्त पन्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलात्कारसबैको ध्यान तानेको सो बलात्कार तथा हत्याकाण्डको रहस्य अझै गर्भमै छ। प्रहरीका विभिन्न अलग–अलग टोलीले निरन्तर र गहिरो ढंगले अनुसन्धान गरे पनि निर्मलाको बलात्कार र हत्या कसले ग¥यो भन्ने ‘क्लु’ नजिक प्रहरी अहिलेसम्म पुग्न सकेको छैन।




प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबी र प्रहरीको टोलीले सो हत्याकाण्डबारे अनुसन्धान गरिरहेको छ। काठमाडौंबाट प्रहरी उपरीक्षक गणेश चन्दको टोलीले पनि अनुसन्धान गरिरहेको छ। ‘प्रहरीको अनुसन्धान शून्य वा एकैपटक शतप्रतिशत हुन्छ,’ सिआइबीका एक उच्चप्रहरी अधिकृतले भने, ‘अनुसन्धान जारी छ, सतप्रतिशत नभई त्यसका बारेमा बोल्नुको कुनै अर्थ हुँदैन।’ सिआइबीको प्रहरी निरीक्षक मदन गुरुङ इन्चार्ज भएर अनुसन्धानका लागि नयाँ टोली गएको उनले बताए।

निर्मला हत्यारा पत्ता लगाउनुपर्छ भन्ने आन्दोलन भने सेलाएको छ। निर्मलाको हत्यारा पत्ता लगाउन महेन्द्रनगरमा चर्किएको आन्दोलनका क्रममा शनी खुनाको मृत्यु भएको थियो भने केही घाइते भएका भएका थिए। निर्मलाका आमा र बुबाले प्रहरी प्रमुख, मुख्यमन्त्रीदेखि प्रधानमन्त्रीसम्म भेटेर हत्यारा पत्ता लगाउन बिन्ती गरे। पीडित आमाबुबासहित आफन्तहरू चार महिनासम्म अनवरत धर्नामा पनि बसे। तर निकै चर्चा पाएको र सरकारले धेरै दबाब खेपेको निर्मला पन्तको हत्याको रहस्य भने ज्युँका त्युँ छ।

प्रहरीले आँखामा कालोपट्टी बाँधेर यातना दिएको र गाँजा भरेको चुरोट खान लाएर अपराध कबुल गर्न दबाब दिएको पक्राउ परेका पीडितको गुनासो।

निर्मला हत्याको अनुसन्धानमा लामो समय सक्रिय सिआइबीका एक प्रहरी अधिकारीले निर्मलाको हत्यारा पत्ता लगाउने अनुसन्धान गहनरूपमा भइरहेको बताएका छन्। ‘परिणाम नआउन्जेल त के भन्न सकिन्छ तर अनुसन्धान सन्तोषजनक ढंगले अघि बढिरहेको छ,’ उनले भने, ‘समय लागे पनि हत्यारा पत्ता लाग्छ।’ निर्मलाका वरपरका करिब तीन हजार घरमा गएर विवरण र जानकारी संकलन गर्ने काम भइरहेको उनले बताए। घटनापछि भारततिर गएका र चाडपर्वमा समेत घर नफर्केका व्यक्तिको विवरण संकलन गरेर अनुसन्धान गरिरहेको उनको भनाइ छ।

शंकास्पद व्यक्तिलाई निगरानीमा राखेर गतिविधि अध्ययन गर्ने, शंकास्पद व्यक्तिको डिएनए परीक्षण गर्ने भइरहेको प्रहरीले जनाएको छ। प्रहरीकहाँ पुगेर सूचना भन्न डराउने र देखेजानेको कोहीबाट केही जानकारी पाइन्छ कि भनेर प्रहरीले घरदैलो पनि गरिरहेको छ। कञ्चनपुरका प्रहरी उपरीक्षक दिनेश आचार्यले सबै कोणबाट अनुसन्धान भइरहेको बताए। ‘सबै कोणबाट अनुसन्धान जारी छ,’ उनले भने, ‘तर अहिलेसम्म भन्नलायक कुनै ठोस कुरा खुलेको छैन।’

प्रहरीले अहिलेसम्म अभियुक्तको विश्वसनीय ‘स्केच’ समेत बनाउन सकेको छैन। प्रहरीले सात–आठवटा स्केच बनाएको थियो। तर घटनामा एक वा दुई व्यक्तिमात्र संलग्न भएको हुनसक्ने भन्दै प्रहरी आफूले बनाएको स्केचमा विश्वस्त हुन सकेन। ‘हामीले तीन महिनाअघि बनाएको स्केचअनुसार केही व्यक्ति समातेर पनि अनुसन्धान ग¥यौं,’ एक अनुसन्धान अधिकारीले भने, ‘स्थानीयको बयानलगायत आधारमा स्केच बनाए पनि ती संलग्न देखिएनन्।’

निर्मलाका बुबा यज्ञराज पन्त छोरीको हत्या भएको ११ महिना हुँदा पनि हत्यारा पत्ता नलागेको भन्दै निराश छन्। ‘हामी गरिब मान्छे लामो समय संघर्ष गर्दा बिरामी परियो तर न्याय पाइएन,’ उनले भने। छोरीको न्यायका लागि कात्तिक २५ देखि फागुन १० गतेसम्म जिल्ला प्रशासन कार्यालयअगाडि अनवरत रूपमा उनी, निर्मलाकी आमालगायत आफन्त धर्नामा बसेका थिए। निर्मलाका आमा दुर्गादेवी पन्तले छोरीको हत्यारा पत्ता लाग्ने कुराको आशा मारिसकेको बताइन्। ‘११ महिना बितिसक्यो, अब त छोरीको हत्यारा पत्ता लगाउलान् भनेर आस नै मरिसक्यो,’ उनले भनिन्।

नागरिक समाज कञ्चनपुरका अध्यक्ष भवराज रेग्मी निर्मलाको हत्यारा पत्ता लगाउनुपर्छ भन्ने न्यायप्रेमी नेपालीको माग यथावत् रहेको बताउँछन्। निर्मला पन्तको हत्यारा अहिलेसम्म पत्ता नलाग्नुको रहस्यबारे टिप्पणी गर्दै उनले केही व्यक्ति र केही महिला अधिकारकर्मीले निर्मलाको न्यायको आन्दोलनलाई व्यक्तिगत स्वार्थ र राजनीतिक फाइदा उठाउन उपयोग गरेका कारण पछिल्लो दिनमा निर्मलाको हत्यारा पत्ता लगाउनुपर्छ भन्ने आन्दोलन कमजोर भएको बताए।

अनुसन्धानका क्रममा प्रहरीले करिब चार हजार कल–डिटेल अध्ययन र दुई सयभन्दा बढी व्यक्तिसँग सोधपुछ गरेको छ। साउन १० गते घरबाट डेढ किलोमिटर दूरीमा रहेको साथी रोशनी बमको घरमा विज्ञान विषयको गृहकार्य गर्न गएका बेला उनी हराएकी थिइन्। छोरी घरमा नआएपछि त्यसै दिन साँझ खोजी गरिदिन निर्मलाकी आमाले गरेको आग्रह प्रहरीले अटेर गरेको थियो। दोस्रो दिन साउन ११ गते उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा उनको शव फेला परेको थियो। स्थानीय र आफन्तले सुरुदेखि नै हत्यारा पत्ता लगाउन माग राख्दै प्रदर्शन गरेका छन्। भदौ ४ गते भीमदत्त नगरपालिका–१९ का दिलिपसिंह बिष्टलाई प्रहरीले दोषी भन्दै सार्वजनिक गरेपछि उनी निर्दोष भएको र दोषीलाई बचाउन उनलाई फसाउन लागेको भन्दै स्थानीयले आन्दोलन चर्काउँदा भदौ ७ र भदौ ८ गते प्रहरीले गोली चलेर एकजनाको मृत्यु भएको थियो भने कयौं घाइते भएका थिए। पछि डिएनए मेल नखाएपछि दिलिपसिंह रिहा भएका थिए। घटनालगत्तै प्रहरीले फिंगर प्रिन्ट, फुट प्रिन्ट, रौं, रगत वा कुनै प्रमाण पनि संकलन गरेन। निर्मलाको शरीरमा भएको लुग समेत जलाइएको थियो। निर्मलाको भेजाइनल स्वावमा शुक्रकिटको अवशेष फेला परेर डिएनए प्रोफाइल बनेकाले यो मात्र एक प्रमाण रहेको छ।

प्रमाण नष्ट गरेको भन्दै तत्कालीन एसपी डिल्ली बिष्ट र इन्सेपेक्टर जगदीश भट्ट भविष्यमा अयोग्य नहुने गरी जागिरबाट बर्खास्त गरिएको छ भने अन्य ६ जना निलम्बनमा परेका छन्। तत्कालीन एसपी बिष्टसहित आठ प्रहरीविरुद्ध जिल्ला अदालतमा फौजदारी अपराध संहिता अनुसार प्रमाण नष्ट गरेको मुद्दा भने विचाराधीन छ।

यातनाविरुद्धको उजुरी प्रहरीले दर्ता गरेन

निर्मला हत्याको अनुसन्धानका क्रममा पक्राउ परेका विशाल चौधरीलाई यातना दिएको भन्दै चार प्रहरीविरुद्ध दिइएको जाहेरी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दर्ता गरेन। विशालका बुबा वीरबहादुरले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन एसपी कुबेर कडायत, डिएसपी कृष्ण ओझा र दुईजना प्रहरी जवानविरुद्ध गत बिहीबार र शुक्रबार जिल्ला प्रहरी कार्यालयमा जोहरी दिएका थिए। प्रहरीले जाहेरी दर्ता नगरेको वीरबहादुर चौधरीले बताए। प्रहरीले जाहेरी दर्ता नगरेपछि फौजदारी अपराध संहिताअनुसार वीरबहादुरले शुक्रबार नै प्रहरीले जाहेरी दर्ता नगरेको भन्दै सरकारी वकिल कार्यालयमा उजुरी दिएका थिए।

‘शुक्रबार प्रहरीले जाहेरी दर्ता नगरेको भन्दै सक्कल जाहेरीसहित उजुरी निवेदन हामीकहाँ आयो,’ सरकारी वकिल देवराज भारतीले भने, ‘मुलुकी फौजदारी अपराध संहिताअनुसार प्रहरीकहाँ लेखेर पठायौं।’ प्रहरीले शुक्रबार नै ६ महिना अभियोग म्याद नाघेकाले दर्ता गर्न नमिल्ने भन्दै जवाफ फर्काएको उनले बताए। प्रहरीले सो जाहेरी न नियमानुसार दरपिठ गरेको छ, न दर्ता गरेको छ। प्रहरी उपरीक्षक आचार्यले म्याद समाप्त भएको र कुनै आधार नभएकाले जाहेरी दर्ता नगरिएको बताए।

घटनाको अनुसन्धानका क्रममा १६ दिन प्रहरी हिरासतमा रहेका विशाललाई प्रहरीले अपराध कबुल गराउन धेरै यातना दिएको वीरबहादुरको आरोप छ। विशाललाई प्रहरीले मंसिर १९ गते पक्राउ गरी २० गते अनुसन्धानका लागि काठमाडौं पठाएको थियो। पक्राउ परेकै दिन प्रहरीले आँखामा कालोपट्टी बाँधेर यातना दिएको विशालले बताएका छन्। प्रहरीले गाँजा भरेको चुरोटसमेत खान लाएर अपराध कबुल गर्न दबाब दिएको उनले बताए।

केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौंमा प्रदीप रावललाई पक्राउ गरेपछि उनकै बयानका आधारमा भीमदत्त नगरपालिका–१८ भगतपुरका विशाल चौधरी र अर्का आरोपित दिनेश चौधरीलाई प्रहरीले पक्राउ गरी काठमाडौं पठाएको थियो।
अर्को समाचार
निर्मला हत्या काण्ड: पाँच वर्षसम्म रहस्यमै
१० साउन २०८०
•
६ मिनेट पाठ
निर्मला हत्या काण्ड: पाँच वर्षसम्म रहस्यमै
साउन १० गते निर्मला पन्त हत्या भएको पाँच वर्ष पुग्यो। बलात्कारपछि हत्या गरिएकी निर्मला जलाइएको महाकालीमा यो अवधिमा धेरै पानी बगिसक्यो। तर, उनको हत्यारा को हो भन्ने कुराको अहिलेसम्म सुइँको समेत मिलेको छैन।




घरपरिवार पनि अब निर्मलाले न्याय पाउँला भन्ने आस मारिसकेका छन्। देशको पश्चिमी सीमामा घटेको निर्मलाको कहालीलाग्दो घटनाले देश विदेशमा सबैभन्दा बढी चर्चा बटुल्यो। सायद, अनुसन्धानका लागि इतिहासमै सबैभन्दा बढी प्रहरीका छानबिन समिति बने। सडकदेखि सदनसम्म आवाज उठ्यो। सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समिति, राष्ट्रिय मानव अधिकार आयोग, मानवअधिकार संगठन लगायतको टोलीले घटनाको छानबिन गरे। तर, हत्यारा पत्ता लाग्न सकेन।

निर्मलाका आमा–बुवाले छोरीको न्यायका लागि धेरै धाए। अनशन बसे। काठमाडौंसमेत पुगेर प्रधानमन्त्रीलाई भेटे। जिल्ला प्रहरी कार्यालय त झन् उनीहरूको पानी पँधेरै बन्यो। तर, निर्मला हत्याका वर्षहरू घर्किँदै जाँदा उनीहरूको आशा पनि मर्दै गएको छ।

‘छोरीको हत्यारा पत्ता लागेर न्याय पाउला भन्ने आशै छैन,’ आमा दुर्गादेवीले भनिन्,‘अहिलेसम्म कसैले पत्ता लगाइदिएन, अब त कसैको आश नै छैन।’ छोरीको हत्यारा पत्ता कसैले पनि नलगाउने उनको भनाइ छ। हत्यारा कसैले पनि पत्ता लगाइदिने हैनन् भन्ने मनमा लागेर अचेल जिल्ला प्रहरी कार्यालय पनि जानै छाडेको दुर्गादेवी बताउँछिन्। ‘निर्मलाका बारेमा न्याय माग्दा माग्दै पाँच वर्ष त्रितिसक्यो,’ उनले भनिन्, ‘घटनाको सम्पूर्ण विवरण सबैलाई थाहै छ, जसको सरकार आए पनि न्याय दिलाउने हैनन्।’

निर्मलाका आमा–बुवाले छोरीको न्यायका लागि धेरै धाए। अनशन बसे। काठमाडौंसमेत पुगेर प्रधानमन्त्रीलाई भेटे। जिल्ला प्रहरी कार्यालय त झन् उनीहरूको पानी पँधेरै बन्यो। तर, निर्मला हत्याका वर्षहरू घर्किँदै जाँदा उनीहरूको आशा पनि मर्दै गएको छ।
तर, सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी भरत बोहराले अनुसन्धान निरन्तर चलिरेको बताए। उनले भने,‘पुराना कुरालाई पनि सुक्ष्म तरिकाले विश्लेषण गरेर विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ।’ ढिलो चाँडो दोषी पत्ता लाग्ने उनको भनाइ छ।

१ सय २३ जनाको डिएनए परीक्षण

बलात्कारपछि हत्या भएकी निर्मलाको घटना पत्ता लगाउन प्रहरीले अनेक कोणबाट अनुसन्धान जारी रहेको बताएको छ। कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश डाँगीले अनुसन्धान जारी रहेको बताए। उनले भने, ‘केही शंकास्पद व्यक्तिलाई निगरानीमा राखेर नयाँ कोणबाट अनुसन्धान गरिरहेका छौँ।’

घटनाको दोषी पत्ता लगाउन प्रहरीले अहिलेसम्म १ सय २३ जनाको डिएनए परीक्षण गरिसकेको छ। पछिल्लो एक वर्षमा प्रहरीले १० जना नयाँ शंकास्पद व्यक्तिको डिएनए परीक्षण गरेको छ। अहिलेसम्म ६ सय ८० जनाको लिखित बयान लिइएको उनले बताए।

पछिल्लो एक वर्षमा ४५ जना शंकास्पद व्यक्तिलाई सोधपुछ गरिएको छ। डिएनए विशेषज्ञ जीवन रिजाल नेतृत्वको विज्ञ टोलीले डिएनए परीक्षण प्रक्रियामै कमजोरी भएको तथ्याङ्क औल्याएको थियो। डिएनए प्रविधिबाट अपराधी पत्ता नलाग्ने प्रतिवेदनको निष्कर्ष भए पनि प्रहरीले डिएनएकै विधिलाई नै अनुसन्धानको मुख्य आधार बनाएको छ।

प्रतिवेदनअनुसार अनुसन्धान भएन

निर्मला पन्तको हत्या भएपछि महेन्द्रनगरमा न्यायका लागि आन्दोलन चर्कियो। आन्दोलन चर्किएपछि गृह मन्त्रालयले सह सचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा डिआइजीहरू सम्मिलित उच्चस्तरीय छानविन समिति गठन गर्‍यो। उक्त छानविन समितिले तयार पारेको ३७ पृष्ठ लामो प्रतिवेदनमा बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा प्रहरीले पटक पटक लापर्वाही र हेलचेक्र्याइँ गरेको निष्कर्ष निकाल्दै तत्काल प्रहरीमाथि नै छानबिन हुनुपर्ने सुझाव दिएको थियो।

निर्मलाको शव बरामद भएको स्थान, निजले प्रयोग गरेको साइकल एवम् नोटकपी, साथीको घरबाट ल्याएको अम्बा र यी सामग्री प्राप्त भएका स्थान र आसपासका क्षेत्रमा अपराधीको पहिचानका लागि तालिमप्राप्त कुकुरको प्रयोग नभएको, शव फेला परेको स्थान तथा आसपासका क्षेत्रमा पर्याप्त मात्रामा प्रहरी परिचालन नगरी सुरक्षा व्यवस्था नगरेको, निर्मला हराएको प्रहरीमा जानकारी गराउँदा पनि प्रहरी उदासीन रहेको, निर्मलाको हत्या घटनासँग सम्बन्धित प्रमाण संकलनमा खटिएको प्रहरीको लापरवाही र हलचेक्र्याइँ देखिएको, निर्मलाको बलात्कार हत्या घटनासँग सम्बन्धित प्रमाण लाग्न सक्ने भित्रीबस्त्र पानीमा चोपलेको, गुप्तांग र तिघ्रा पखालेको, तथा उक्त बस्त्र नै लोप भएको छानबिन समितिको प्रतिवेदनको निष्कर्षमा उल्लेख गरिएको छ।

अध्ययनले तयार पारेको प्रतिवेदनमा प्रहरीले प्रमाण नष्ट गरेको, गोली चलाउनुपर्ने अवस्था नहुँदा पनि प्रहरीले गोली चलाएको भन्दै प्रहरीलाई दोषी देखाउँदै सरकारलाई प्रतिवेदन बुझाएको थियो।

एआइजी धीरु बस्न्यातको संयोजकत्वमा प्रहरीले प्रमाण नष्ट गर्नुको कारणसहित अध्ययन गर्न विस्तृत छानविन टोली गठन गरेको थियो। उक्त टोलीको प्रतिवेदन अनुसार तत्कालीन प्रहरी उपरीक्षक दिल्ली बिष्ट र प्रहरी निरीक्षक जगदिश भट्टलाई भविष्यमा अयोग्य नहुनेगरी बर्खास्त गरेको थियो भने डिएसपी अंगुर जिसी र ज्ञानबहादुर सेठी लगायत ६ जना प्रहरीलाई निलम्बन गरेको थियो। त्यसपछि प्रमाण नष्ट गरेको भन्दै आठ जना प्रहरीविरुद्ध निर्मलाकी आमा दुर्गादेवीले उजुरी हालिन्। दिलीपका दाजु खडक बिष्टले भाइलाई प्रहरीले यातना दिएको भन्दै चारजना प्रहरीविरुद्ध उजुरी दिएका थिए।

अध्ययनले तयार पारेको प्रतिवेदनमा प्रहरीले प्रमाण नष्ट गरेको, गोली चलाउनुपर्ने अवस्था नहुँदा पनि प्रहरीले गोली चलाएको भन्दै प्रहरीलाई दोषी देखाउँदै सरकारलाई प्रतिवेदन बुझाएको थियो।
जिल्ला अदालत कञ्चनपुरले फौजदारी अपराध संहिता अनुसार प्रमाण नष्ट गरेको अभियोग र यातनाविरुद्धको अभियोगमा प्रहरीहरूलाई धरौटीमा रिहा गरेको थियो। अदालबाट सफाइ पाएर सबै प्रहरीहरू काममा फर्केका छन्। तत्कालीन आइजिपी सर्वेन्द्र खनालले गठन गरेको एआइजी धीरू बस्न्यातको प्रतिवेदनमाथि पुनरवलोकन अध्ययन गर्न डिआइजी सुरज केसीको संयोजकत्वमा पुनरवलोकन छानबिन समिति गठन गर्‍यो। केसीको संयोजकत्वमा गठित समितिले तत्कालीन एआइजी धीरू बस्न्यातको प्रतिवेदन कार्यान्वयन नगर्न सुझाव दिएको थियो। प्रहरी महानिरीक्षकको सचिवालयले उक्त प्रतिवेदन कार्यान्वयन नगर्न निर्देशन दिएको थियो।

यस्तो थियो घटना

महेन्द्रनगर उल्टाखामकी १३ वर्षीया निर्मला पन्त २०७५ साउन १० गते बिहानसाथी रोशनी बमको घरमा गइन्। उनी साँझसम्म घर नफर्केपछि आमा दुर्गादेवी रोशनीको घरमा पुगिन्। त्यहाँ पनि निर्मलालाई नभेटाएपछि उनले प्रहरी गुहारिन्।

प्रहरीले आलटाल गरेर राति खोजीमा जान मानेन। दोस्रो दिन बिहान (११ गते) नजिकैको उखुबारीमा घोप्टो परेको अवस्थामा निर्मलाको शव फेला पर्‍यो। शव फेला परेसँगै दोषीलाई पत्ता लगाउन माग गर्दै आफन्तले प्रदर्शन गरेका थिए। राजनीतिक दलको उपस्थितिमा प्रहरीले दोषी पत्ता लगाउने लिखित सहमति जनाएपछि चार दिनपछि साउन १४ गते निर्मलाका आफन्तले शव बुझेर दाहसंस्कार गरेका थिए। साउनको तेस्रो साताबाट निर्मला पन्त हत्याको दोषी पत्ता लगाउन आन्दोलन सुरु भयो।

महेन्द्रनगर उल्टाखामकी १३ वर्षीया निर्मला पन्त २०७५ साउन १० गते बिहानसाथी रोशनी बमको घरमा गइन्। उनी साँझसम्म घर नफर्केपछि आमा दुर्गादेवी रोशनीको घरमा पुगिन्। त्यहाँ पनि निर्मलालाई नभेटाएपछि उनले प्रहरी गुहारिन्।
साउन १३ गते सिआइवीका डिएसपी अंगुर जिसी निर्मलाको बलात्कारपछि हत्या अनुसन्धान गर्न कञ्चनपुर आए। जिसीसहितको टोलीको अनुसन्धानका आधारमा मानसिक सन्तुलन गुमाएका भनिएका भीमदत्त नगरपालिका–१९, धर्मभक्त टोलका दिलिपसिंह बिष्टलाई प्रहरीले बलात्कारपछि हत्या गरेको भनेर भदौ ४ गते सार्वजनिक गर्‍यो। निर्दोषलाई दोषी करार गरेको भनेर स्थानीयले आन्दोलन चर्काउँदा भदौ ७ र ८ गते महेन्द्रनगरमा गोली चलेको थियो।

प्रहरीको गोलीले शनी खुनाएको ज्यान गयो भने कयौ घाइते भए। डिएनए रिपोर्ट मेल नखाएको भन्दै प्रहरीले दिलिपसिंहलाई रिहा गरेका थिए। भदौ ७ गतेका दिन नेपाल सरकारले तत्कालीन जिल्ला प्रहरी प्रमुख एसपी डिल्ली बिष्ट, डिएसपी ज्ञानबहादुर सेठी र प्रमुख जिल्ला अधिकारी कुमार खड्कालाई फिर्ता बोलाएर नयाँ टिम खटायो।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस