सृजनशील तन्नेरीहरू
२५ जेष्ठ २०७६
•
१८ मिनेट पाठ
सृजनशील तन्नेरीहरू
ज्योति श्रेष्ठ

टायरबाट टेबल  

ओजस्वी वैद्य स्क्वायर टेबल बनाउँदै छिन्। सामान्यतः काठ र फलामको प्रयोगबाट टेबल बन्छ। तर, ओजस्वीले बनाउँदै गरेको टेबल अरुभन्दा फरक छ। सवारीसाधनका टायरबाट तयार हुँदैछ त्यो टेबल। उनको सामुन्ने चार वटा टायर छन्। टायरमा पोतिँदै गरेका सुनौला रंगले नयाँ रूप लिँदैछ।

यो टेबल १० देखि १५ दिनसम्ममा तयार हुन्छ। उनले बनाउन सुरु गरेको हप्ता दिन भयो। ‘अब दुई÷तीन दिनमै तयार हुन्छ,’ ओजस्वीले भनिन्। टायरबाट फर्निचर र सजावटका सामग्री बनाउनु उनको दैनिकी हो। बेकामे भएपछि टायर फ्याँकिन्छ। कहीँकतै त्यस्ता टायर इँटा उद्योगमा पनि पुग्छन्। यसले वातावरणलाई दूषित बनाउँछ। एकपटक प्रयोग भएका सामानको समय सकिएपछि त्यसलाई नयाँ रूप दिई पुनः प्रयोग गर्न सकिन्छ भन्ने सोचको कमी छ। यहीँ सोचले पुनः प्रयोगमा आउने सामान पनि फोहोर बन्छ। २३ वर्षीया लुनिभा मानन्धर र २७ वर्षीया ओजस्वीले भने पुराना सामानलाई नयाँ रूप दिई पुनः प्रयोगमा ल्याउन टायर ट्रेजर सञ्चालनमा ल्याएका छन्।

फरक ढंगले सृजनशील काम गरेर केही युवा उद्यमशीलताको भ¥याङ चढ्दै छन् । स्वदेशमै पसिना चुहाएर नमुना बनेका छन् । आधुनिक प्रविधिको प्रयोग गरेर अब्बल बनेका छन् । 

बेकामे टायर संकलन गरेर त्यसलाई सजावटका सामाग्री बनाएर उनीहरूले उद्यम सुरु गरे। दुवै जना पढाई सकाएर नयाँ काम गर्ने सोचमा थिए। ‘ग्रिनोभेसन स्टार्टअप च्यालेन्ज’ उद्यमीका लागि लक्षित कार्यक्रममा सहभागिता जनाउँदै उनीहरूले वातावरणमैत्री व्यापार मोडल प्रस्तुत गरे। जसबाट फोर विनिङ आइडियामा उनीहरूले १ लाख ५० हजार रूपैयाँ जिते। यसले उनीहरूलाई वातावरण क्षेत्रमा नयाँ काम गर्न प्रेरित ग¥यो। उनीहरूले टायरको पुनः प्रयोगको सम्भावना देखे। र, ‘टायर ट्रेजर’लाई ०७४ देखि उद्यममा स्थापित गराए। 

सुरुका दिनमा गरेको दुःख, मिहेनत र संघर्ष उनीहरूको मष्तिस्कमा ताजै छ। ‘टायर कहाँ पाइन्छ भन्ने पनि थाहा थिएन, ओजस्वीले भनिन्, ‘कामदारलाई कसरी व्यवस्थित गर्ने भन्ने अन्योल थियो।’ उनीहरूले सुरुसुरुमा अटो वर्कसपबाट टायर सस्तो मूल्यमा ल्याए। व्यवसाय विस्तार भएपछि धेरै टायर चाहियो। महँगोमा  किन्नु परेपछि, धेरै ठाउँमा पनि भौतारिनुप¥यो। विस्तारै विभिन्न ठाउँमा लिंक बढ्दै गयो र किन्न सहज भयो। उनीहरूले ५० देखि १ सय ५० रूपैयाँसम्ममा टायर किन्छन्।

उनीहरू आफ्नो उत्पादनको ९ हजार रूपैयाँ भन्दा बढीमा बेच्छन्।

सुरुवाती चरणमा विशेष गरेर होटल र रेस्टुराँका लागि मात्र अर्डर आउने गथ्र्यो। तर, अहिले घरायसी प्रयोजन र साजसज्जाका लागि पनि माग बढी भइरहेको ओजस्वीले सुनाइन्। उनीहरू टायरबाट ढुकुटी, सरजयन्ती, जिन्स मुडा, स्क्वायर टेबल, गमला र अरु साजसज्जाका सामाग्री बनाउँछन्। टायर टेजरले दुई किशोरीहरूलाई पनि रोजगारी दिएको छ।

उनीहरू प्रायः साना सवारी साधनका हलुका टायरबाट थुप्रै थरिका उत्पादन निकाल्छन्। उनीहरूले अहिलेसम्म पाँच सय यस्ता सामग्री उत्पादन गरिसकेका छन्। ‘बजार निकै राम्रो छ,’ ट्रेजरको योजना उनले सुनाइन्, ‘अहिले काठमाडौँ उपत्यकामा बजार सीमित छ। चाँडै पोखरा र धरानमा पनि पुग्ने छौं। विदेशबाट पनि राम्रै प्रतिक्रिया आइरहेको छ।’

फोहोरबाट मोहर

हाम्रै भान्सा, घर, अफिस, स्कुल, कलकारखानाबाट दिनहुँ फोहोर निस्कन्छ। यसलाई कहाँ र कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता हुन्छ। कसैलाई यो चिन्ताको विषय बनि रहँदा कसैलाई यही आम्दानीको स्रोत बनिरहेको छ। फोहोरमै भविष्य देख्नेहरू पनि छन्। प्रविधिले फोहोरलाई मोहोरमा परिणत गर्न मद्दत पु¥याएको छ। फोहोर व्यवस्थापनमा जोडिएको एउटा नाम हो– डोको रिसाइकल। स्वदेशमै केही नयाँ काम गर्नुपर्छ भन्ने सोचका साथ विदेशबाट नेपाल फर्किएका पाँच युवा यसको नेतृत्व गर्दैछन्। ३५ वर्षीय पंकज  पञ्जियार रिसाइकलर्सका सञ्चालक हुन्। दुई वर्ष म्यानमार बसेपछि उनी नेपाल फर्किए। समस्यामै अवसर र सम्भावना देख्ने उनले नेपालमा प्रमुख समस्या बनेको फोहोर र त्यसको व्यवस्थापनमा पनि अवसर देखे। फोहोर व्यवस्थापन उनका लागि सम्भावनाको क्षेत्र बन्यो। उनीसँगै विभिन्न देशबाट स्वदेश फर्किएका चार जना साथीहरूको सोच पनि उस्तै छ।

योजनाबद्ध रूपमा पंकजसहितको पाँच जनाको टोली अगाडि बढ्यो। जमर्नीबाट फर्केका कुशल हर्जानी, भारतबाट फर्केका रुन्जित सरिया, ब्यांकबाट फर्केका रघबेन्द्र महतो, अमेरिकाबाट फर्केकी आश्मा बस्नेत र पकंजले दुई वर्षदेखि फोहर व्यवस्थापन गर्दैछन्। उनीहरूले पुनः प्रशोधन गर्न मिल्ने सामग्रीसँग मात्र काम गर्छन्। पुनः प्रयोग गर्न नमिल्ने केही सामग्रीलाई भने नयाँ स्वरूप दिई साजसज्जाका लागि प्रयोग गर्दैछन्। सुख्खा फोहोरलाई पुनः प्रशोधनका लागि संकलन गर्दै वातावरण संरक्षणमा रिसाइकलर्सले समन्वयमा गर्दैछ। ‘फोहोर व्यवस्थापन गर्नुभन्दा पनि फोहोरबारे बुझाउने काम निकै जटिल छ,’ सुरुवाती समयलाई पंकज सम्झन्छन्, ‘निकै संघर्षशील समय थियो। फोहोर भनेको के हो भनेर जनमानसमा बुझाउनै गाह्रो थियो। सुरुमा त आफ्नै परिवारलाई सम्झाउन कठिन भयो।’

उनीहरूले व्यवसायलाई व्यवस्थित गर्न पुनः प्रयोगमा आउने सामान एकातिर र नआउने अर्कोतिर छुट्याउँदै व्यवस्थापन प्रारम्भ गरे। सुरुका दिनमा मुस्किलले २० देखि २५ किलो मात्र फोहोर संकलन हुन्थ्यो। जनचेतनासँगै विश्वासको पनि खाँचो थियो। त्यसकै लागि उनीहरूले विद्यालय स्तरदेखि समुदायसम्म फोहोर र त्यसको व्यवस्थापनबारे जनचेतनामूलक कार्यक्रम सञ्चालन गरे। आज उनको रिसाइकलर्समा फोहोरको माग बढ्दो छ। सीमित स्रोत साधनले गर्दा बढ्दो माग व्यवस्थापन गर्न समस्या भएको पंकज बताउँछन्। रिसाइकलर्सले अहिले २४ युवालाई रोजगारी दिएको छ।

पहिले–पहिले फोहोर संकलनका लागि उनीहरू ग्राहक खोज्दै हिँड्थे। तर, अहिले ग्राहकहरू रिसाइकलर्स खोज्दै उनीहरूसम्म आईपुग्छन्। प्रत्येक दिन एक टनभन्दा बढी फोहोर संकलन हुन्छ। संकलन भएका फोहोरलाई त्यसको प्रकारका आधारमा छुट्टाएर पुनः प्रशोधनका लागि सम्बन्धित कम्पनीसँग समन्वय गर्छन्।

‘फोहोर संकलन र व्यवस्थापनमा सबैभन्दा पहिले वातावरण संरक्षण र कर्मचारीको स्वास्थ्यमा विशेष ध्यान दिने गर्छौँ,’ उनले भने, ‘कर्मचारीहरूलाई स्वास्थ्य सुरक्षाका सामाग्री दिनुको साथै उनीहरूको स्वास्थ्य बिमा पनि गराएका छौँ।’

फोहोर व्यवस्थापनका लागि सरकारले छुट्टै नीति बनाएको छैन। त्यसका लागि वातावरण मन्त्रालयमा पटकपटक मौखिक रूपमा प्रस्ताव राख्दा, त्यसको सम्बोधन नभएको पंकजको गुनासो छ। प्रयोगमा नआएका सामाग्री संकलन गरेर राख्ने अनि संकलकहरू  लिन आएपछि बेच्ने प्रचलन अझै छ। रिसाइकलर्समा ती संकलकहरूलाई आबद्ध गराई उनीहरूको जीवनस्तर उकास्न सहयोग गर्ने योजना छ। वातावरण अनुकूल दीर्घकालीन वस्तु उत्पादन गर्दै नेपालका ५ सहरमा पनि डोको रिसाइकलर्स बिस्तार गर्ने योजना पंकजलेसुनाए।

फोहोर व्यवस्थापन सजिलो काम होइन, हामीले देखेको फोहोरमध्ये ५० प्रतिशत प्रांगारिक मलका रूपमा प्रयोग गर्न सकिन्छ भने ३५ प्रतिशत पुनः प्रयोग गर्न। फोहोरलाई पहिचान गर्न नसक्नु भने समस्या हो। पहिचान गरेँ, यसले राम्रो आम्दानी दिन्छ।

इ–लौण्ड्री

प्रविधिको विकासले मानिसलाई धेरै कुरामा सहज गराएको छ। केही समय अघिसम्म कपडा धुलाईका लागि कि त धोवीकहाँ पुग्नुपथ्र्यो, कि त लौण्ड्री खोज्न भौतारिनुपथ्र्यो। तर, अहिले इन्टरनेटको पहुँच भएकाले कपडा धुलाइका लागि यस्तो समस्या भोग्नुपर्दैन। जनकपुरका २८ वर्षे मृगेन्द्र कर्णको नाम इ–लौण्ड्रीसँग जोडिएको छ। उनी नयाँ–नयाँ काम गर्नमा रुचि राख्छन्। पढ्न भारत पुगेका उनी केही नयाँ काम गर्ने सोच बोकेर नेपाल फर्किए। सूचना र प्रविधिको क्षेत्रमा दख्खल राख्ने भएकाले कपडा धुलाइका लागि अनलाइन बुकिङ सञ्चालन गर्ने निर्णय गरे। उनले दुई वर्षअघि सञ्चालनमा ल्याएको वासमाण्डु मुलुककै पहिलो इ–लौण्ड्री सेवा हो।

पढाईपछिको फुर्सदको समय सदुपयोग गर्दै उनले व्यवसाय सुरु गरे। सुरुमा उनलाई मार्गदर्शन गराउने र सल्लाह दिने कोही थिएनन्। सुरुका दिनमा चिनजानका साथीहरूको सहयोगबाटै व्यवसाय बिस्तार गरे। कारण– ग्राहकसँग घुलमिल हुनु र उनीहरूलाई रिझाउन नौलो थियो।  बिस्तारै व्यवसाय र ग्राहकसँग घुलमिल भएपछि सहज हुन थाल्यो। 

‘गर्मीभन्दा जाडोमा व्यवसाय गर्न सहज हुन्छ,’ कर्णले भने, ‘गर्मी समयमा पातला खालका कपडा प्रयोग हुन्छन्, यसको तौल कम पनि हुन्छ र धेरै केयर गर्नुपर्छ। तर, जाडोमा कपडा बाक्लो प्रयोग हुने हुँदा त्यसको तौल हुनुका साथै कपडा सुकाउन मौसम पनि अनुकूल हुन्छ।’

उनी वास एण्ड फोल्ड, वास एण्ड आइरन र ब्ल्याङकेट वास गरेर ३ प्रकारका सेवा दिन्छन्। ग्राहकलाई कपडामा नयाँपन महसुस गराउनु उनको पहिलो प्राथमिकता हो।   काठमाडौँमा मात्र सेवा प्रदान गर्दै आएको र फ्रि पिक अप र फ्रि डेलिभरी सभिर्सको व्यवस्था गरेको कर्णले बताए। उनी भन्छन्, ‘आफ्नो क्षमताले भ्याउन सक्ने मात्र काम गर्नुपर्छ।’

उनको उद्योगबाट प्रति दिन १ सय ५० केजी कपडा मात्र धुलाई गरिन्छ। उनीसँगै वासमाण्डुसँग आवद्ध अरु ९ कर्मचारी पनि व्यस्त हुन्छन्। ट्राफिक जाम पिक एण्ड ड्रपका लागि निकै चुनौती भएको कर्ण सुनाउँछन्। सुरुमा लौण्ड्रीमा विदेशीको आकर्षण बढी देखिन्थ्यो। तर, अहिले नेपालीको आकर्षण बढ्दै छ। अचेल होटल, हस्पिटल र घरायसी कपडा धुलाईका लागि वासमाण्डुसँग सम्पर्क हुने गरेको उनी बताउँछन्।

व्यवसाय विस्तार गर्ने उनको चाहना छ। प्रत्येक दिन एक हजार केजीसम्म कपडा धुलाई गर्ने, ड्राई क्लिनर्स, सु लौण्ड्री, सोफा कार्पेट वासिङ, हाउस एण्ड बिल्डिङ क्लिनिङ र कार एण्ड बाइक वासिङलाई पनि व्यवसायमा समेट्ने दीर्घकालीन योजना छ।

हनी गाइड

हिमाली भेगमा सञ्चार गर्न धेरै समस्या छ। त्यसैले केही नयाँ गर्ने सोचका साथ तीन युवा अघि सरे। हिमाली भेगको पर्यटनलाई सजिलो बनाउन उनीहरूले हनी एप सञ्चालनमा ल्याए। सूचनालाई नै आधार बनाएर उनीहरूले एप्स सञ्चालनमा ल्याए। एक नाम, दुई काम। हनी एप्समा पर्यटकीय क्षेत्रको जानकारी दिनुका साथै होटल, लज, टे«किङ, एयरलाइन्समा बुकिङको जानकारी दिइन्छ।

हनी गाइड एप्स हनी बर्ड चराको नामबाट राखिएको हो। हिमाली भेगमा पाइने चराले अन्य जीवजन्तुलाई गन्तव्यसम्म पु¥याउन मार्ग निर्देशन गर्छ। ‘पर्यटकलाई सहज तरिकाले गन्तव्यसम्म पु¥याउन समन्वय गर्ने भएकाले यो एप्सको नाम हनी गाइड राखिएको यसका सञ्चालक आशिष बताउँछन्।

चार वर्ष अमेरिका बसेर फर्केका आशिषलाई हिमाली भेगको सञ्चारको समस्याले छोयो। समस्या समाधान गर्न साथीभाइसँग छलफल गरेपछि तीन जनाको टोलीले निश्कर्षमा एप्स सञ्चालनमा ल्याउने निर्णय गरे। प्राविधिक क्षेत्रमा दख्खल राख्ने सञ्चालक दिवाकर घिमिरे, ट्रेकिङ क्षेत्रको लगानीकर्ता अभिषेक पाण्डे र बजार व्यवस्थापनमा समन्वय गर्ने आशिषको सहकार्यमा एप्स सञ्चालनमा ल्याए।

कुनै पनि काम आफैंमा सानो वा ठूलो हुँदैन। हाम्रो मानसिकताले नै कामलाई सानो र ठूलो बनाउँछ। मिहेनत र परिश्रम गर्ने बानीले जुनसुकै काममा पनि सफलता मिल्छ। आफूमा भएको इच्छाशक्ति उजागर गर्दै स्वदेशमै नयाँ कामको थालनी गर्न युवालाई उनीहरूको सन्देश छ।   
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
६ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस