एक शिक्षक, शून्य विद्यार्थी
२१ जेष्ठ २०७६
•
८ मिनेट पाठ
एक शिक्षक, शून्य विद्यार्थी
बाँके– विद्यालय भन्ने बित्तिकै हामीले सोच्ने गर्छौं जहाँ विद्यार्थी र शिक्षकहरु हुन्छ। शिक्षकले विद्यार्थीलाई ज्ञानगुनका कुरा सिकाइरहेका हुन्छन्।

डुडुवा गाउँपालिका–५ नानुपूर्वामा रहेको एउटा सरकारी विद्यालयमा तपाइँले सोचेजस्तो देख्नुहुन्न। जनता कल्याण राष्ट्रिय प्राथमिक सामुदायिक विद्यालयमा एकजना पनि विद्यार्थी छैनन्।

पहिलेका विद्यार्थी पनि अन्यत्र नीजि विद्यालयमा स्थानान्तरण भए भने यस वर्ष एक जना विद्यार्थी पनि भर्ना हुन आएनन्। यो वर्षको भर्ना अभियान पनि सकिसकेको छ। विद्यार्थी नै नभएको विद्यालयका एक्ला शिक्षक हुन् जगदीशप्रसाद रोका।

विद्यार्थी नै नभएपछि शिक्षक रोकाको दिनचर्या बिहान विद्यालय जाने र विद्यालय समयभर एक्लै कार्यालय कुरेर फर्कनुमा बित्ने गर्दछ। उनको यो अवस्था चालू शैक्षिक सत्र शुरु भएपछि मात्र आएको हो। गत वर्ष नै विद्यार्थीको सङ्ख्या अत्यन्तै न्यून थियो। अहिले एक जना पनि विद्यार्थी भर्ना नभएपछि उनलाई विद्यालय खोलेर समय बिताउन बाध्य हुनु परेको छ।

गत वैशाख २ गतेदेखि विद्यालयको शैक्षिक सत्र शुरु भएको हो। विद्यार्थी आउँछन् कि भन्दै कुरेर बस्नुपर्ने बाध्यता छ उनलाई। २०३४ सालमा स्थापना भएको यो विद्यालय कक्षा ५ सम्मको स्वीकृति छ। शिक्षक रोका भन्छन्  ‘दिनभर विद्यालय कुरेर साँझ परेपछि घर फर्किने गरेको छु।’

गत शैक्षिक सत्रमा यस विद्यालयबाट १० जनाले मात्र परीक्षा दिएका हुन्, नियमितरुपमा विद्यालय पढ्न आउने विद्यार्थीको सङ्ख्या दुई/तीन जनाभन्दा बढी कहिल्यै थिएन। उनले भने ‘त्यतिबेलादेखि नै हामीले जिल्ला तथा गाउँपालिका र स्थानीय अभिभावकलाई विद्यालयको अवस्थाबारे जानकारी गराएका थियौँ। कतैबाट पनि कुनै चासो देखाइएन।’

उनका अनुसार विद्यालयमा अङ्ग्रेजी माध्यमबाट निःशुल्क पढाउँदा पनि स्थानीय अभिभावकले शुल्क तिरेर आफ्नो बच्चा निजी विद्यालयमा पढाउँछु भनेर लगेपछि विद्यालय विद्यार्थीविहीन भएको हो। ‘अभिभावकले नै साथ नदिएपछि हामी शिक्षकले मात्र के गर्न सक्छौँ र? हामीले विद्यालय मिश्रणका लागिसमेत आग्रह गरेका थियौँ तर कतै सुनुवाइ भएन।’

उनले गाउँपालिका र जिल्ला शिक्षा समन्वय इकाइले चाँडै विद्यालय समाजयोजन वा मिश्रण गरेर आफ्नो व्यवस्था गरिदिन आग्रहसमेत गरे। उनले भने ‘विद्यार्थी भर्नाका लागि विद्यालयको कार्य क्षेत्रका सबै घरघरमा कार्यालय सहयोगीसहित पुगे तर अभिभावकको निजी विद्यालयको मोहले विद्यार्थी नै भर्ना नभएपछि विद्यालय खोलेर समय बिताउने काम मात्रै भएको छ।’

निकै थोरै विद्यार्थी भर्ना हुँदा गत वर्ष नै विद्यालय गाभ्ने कुरा उठे पनि नगाभिएपछि यस वर्ष विद्यालयले वैशाखको पहिलो साता भर्नाका लागि घरदैलो अभियान पनि गरेको थियो। उनले भने ‘विद्यालय व्यवस्थापन समितिका पदाधिकारीले समेत आफ्ना बच्चा निजी विद्यालयतिरै पठाएपछि अरूले त झनै पठाउने कुरै भएन।’

उनले गत वर्षसम्म २५ जना विद्यार्थी र तीन शिक्षक एक कार्यालय सहयोगी भएकामा तत्कालीन प्रधानाध्यापक शङ्कर सिंहले वैशाख १ देखि अवकाश लिएका छन् भने अर्का शिक्षक मालतीप्रसाद यादवले शिक्षा सेवा आयोग अनुत्तीर्ण भएपछि अनिवार्य अवकाश लिएपछि आफू र एक जना कार्यालय सहयोगी मात्र रहेको बताए।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुमबहादुर बुढाथोकीले आफ्नो विद्यालयमा भन्दा अभिभावकले नीजि विद्यालयमा नै पढाउन रोजाइ बनाएका कारण विद्यालय विद्यार्थीविहीन बन्न पुगेको बताए। उनले भने ‘मैले आफ्नै नातिनीलाई नीजि विद्यालयमा भर्ना गर्न बाध्य भएँ। छोराबुहारीलाई जति सम्झाए पनि मानेनन्।’

विसं २०३४ मा खुलेको यो विद्यालय साबिक कम्दी गाविसमा अब्बल मानिन्थ्यो। तर अहिले अभिभावकको निजी विद्यालयप्रतिको मोहले विद्यार्थी शून्य भएको विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष नरबहादुर बोहोराले बताए। उनले पञ्चायतकालमै निमावि तह माग गर्दा अनुमति नपाएपछि विस्तारै प्रावि तहमै खुम्चिनुपरेको बताए।

बोहोराले आफ्ना नातिहरुलाई यसै विद्यालयमा भर्ना गर्न सरकारी जागिरमा रहेका छोराहरुलाई भन्दा नमानेर नजिकको नीजि विद्यालयमा पठाएको दुःखेसो गरे। ‘हामी हाम्रा छोराछोरीलाई दाउरा बेचेर भए पनि नीजी विद्यालयमा पढाउँछौँ तपाइँ नबोल्नुस् भनेर वचन लगाएपछि चुप लागें’ उनको दुःखेसो छ।

विद्यालय व्यवस्थापन समितिकै पूर्वअध्यक्ष पदमसिंह बोहोराले राज्यको शिक्षा नीतिको कारण सामुदायिक विद्यालयको अवस्था नै धराशायी भएको आरोप लगाए। उनले स्थलगत सर्वेक्षण नै नगरी धमाधम निजी विद्यालयलाई स्वीकृति दिएकाले सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या घट्दो रहेको दाबी गरे। सो गाउँमा अहिले पाँच वटा नीजि विद्यालय र दुई वटा सामुदायिक मावि छन्। डुडुवा गाउँपालिकाले विद्यार्थी भर्ना नभएपछि गाभिने जनाएको छ।

गाउँपालिकाका अध्यक्ष नरेन्द्र चोधरीले भने ‘गत वर्ष ऐन नबन्दा मिश्रण गर्न कठीनाइ भएको थियो, यसपटक मिलान हुन्छ।’ उनले गाउँपालिकाभित्र विद्यार्थी सङ्ख्या न्यून रहेका विद्यालयलाई मिश्रण गर्ने तयारी भइरहेको बताए।

पक्की सात कक्षाकोठा रहेको विद्यालयमा विद्यार्थी सङ्ख्या घट्दै जाँदा गाउँपालिका–५ कार्यालयले दुई कोठा प्रयोग गरेको छ भने एक कोठा विद्यालयको कार्यालय सञ्चालन गरी बाँकी कोठामा ताला लगाइएको छ। रासस
अर्को समाचार
पर्वतका ३१ विद्यालय विद्यार्थीविहीन, रित्ता कोठा रुँग्दै शिक्षक
२४ साउन २०८२
•
३ मिनेट पाठ
पर्वतका ३१ विद्यालय विद्यार्थीविहीन, रित्ता कोठा रुँग्दै शिक्षक
बढ्दो बसाइँसराइ र गुणस्तरीय शिक्षाको खोजीमा गाउँहरू रित्तिँदै जाँदा पर्वतमा ३१ वटा सामुदायिक विद्यालयमा विद्यार्थीविहीन भएका छन्।

जिल्लाका सातवटै पालिकामा रहेका ३१ सामुदायिक विद्यालय विद्यार्थीविहीन बनेका छन्। शून्य विद्यार्थी हुने अधिकांश विद्यालय आधारभूत र प्राथमिक तहका छन्। लामो समयदेखि विद्यार्थी सङ्ख्या शून्य भइसक्दा पनि विद्यालयहरू समायोजन गर्ने प्रक्रिया समेत थालिएको छैन।

जिल्लाका सात स्थानीय तहमा २७२ सामुदायिक विद्यालय छन्। विद्यार्थी शून्य हुनेमा एक माध्यमिक तहको विद्यालय समेत छ। जिल्ला शिक्षा समन्वय एकाइ पर्वतले दिएको जानकारीअनुसार विहादी गाउँपालिकामा दुई सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या शून्य छ। मोदी गाउँपालिकामा नौ विद्यालयमा विद्यार्थी सङ्ख्या शून्य भएको छ।

यसैगरी फलेवास नगरपालिकामा छ वटा सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या शून्य पुगेको छ भने कुश्मा नगरपालिकामा विद्यार्थी सङ्ख्या शून्य भएका आठ सामुदायिक विद्यालय छन्।

यस्तै जलजला गाउँपालिकामा चार सामुदायिक विद्यालयमा विद्यार्थी शून्य छन् भने दक्षिण पर्वतको पैयूँ गाउँपालिकाका दुई सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या शून्य छ। जिल्ला शिक्षा समन्वय एकाइ पर्वतका प्रमुख मतिलाल चपाईले फलेवास नगरपालिका–५ मा रहेको ध्रुवनमुना माध्यमिक विद्यालयसहित ३१ सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या शून्य रहेको तर स्थानीय तहहरूले समायोजन गर्ने वा शिक्षकलाई विद्यार्थी भएको विद्यालयमा खटाउने काम नगरेको बताए।

शून्य विद्यार्थी सङ्ख्या हुँदा पनि सञ्चालनमै रहने विद्यालयहरूमा कुश्मा नगरपालिकाभित्रका हर्राचौर प्रावि, जनजागृति प्रावि, जनकल्याण प्रावि, मराङसिंह प्रावि, सहिद शुक्र प्रावि ठुलीपोखरी, धौलागिरि प्रावि, जनता प्रावि छन्। जलजला गाउँपालिकामा शून्य विद्यार्थी हुने विद्यालयहरूमा जनचेतना प्रावि शालिजा, सर्वोदय आधारभूत विद्यालय शालिजा, स्वस्वती आधारभूत विद्यालय धाइरीड छन्।

यसैगरी फलेवास नगरपालिकामा शून्य विद्यार्थी हुनेमा श्री वाल प्रावि, ध्रुव नमूना मावि, सूर्योदय प्रावि, जनता प्रावि लिमिठाना, तीनधारे प्रावि, मनकामना प्रावि, बेतेयानी प्रावि, देउराली प्रावि र भवानी प्रावि छन्। दक्षिण पर्वतको पैयूँ गाउँपालिकामा शून्य विद्यार्थी हुनेमा वालनयन प्रावि, वालज्योति प्रावि छन्। मोदी गाउँपालिकामा शून्य विद्यार्थी हुनेमा सिद्ध आधारभूत विद्यालय, कृष्ण आधारभूत विद्यालय, जनप्रकाश आधारभूत विद्यालय, हरि आधारभूत विद्यालय, सरस्वती आधारभूत विद्यालय, वालकल्याण प्राथमिक विद्यालय, भूमे आधारभूत विद्यालय, लक्ष्मी आधारभूत विद्यालय, दुर्गाभवानी आधारभूत विद्यालय र सिद्धबराह आधारभूत विद्यालय छन्।

विहादी गाउँपालिकामा जनसेवा प्रावि वहाकीठाँटी र वालज्योति प्रावि रानीपानीमा विद्यार्थी सङ्ख्या शून्य छ। यसरी विद्यार्थी नै नभएका विद्यालयको सङ्ख्या ३१ पुगिसक्दा पनि पर्वतका स्थानीय सरकारहरूले विद्यालय समायोजन गराउन कुनै चासो नदिएको फलेवासका स्थानीय धर्म पौडेलले बताए।

शिक्षकहरूलाई विद्यार्थी नै नभएका विद्यालयमा राखेर तलब सुविधा दिइएको छ। राज्यको बजेटको दुरुपयोग हुने भए पनि बाध्यतामा परेर शिक्षकहरू राख्नुपरेको फलेवास नगरपालिका–२ थापाठानाका वडाध्यक्ष गङ्गानारायण श्रेष्ठले बताए।

अहिले विद्यार्थी नभए पनि आगामी दिनमा विद्यार्थी आउन सक्ने भन्दै विद्यालयलाई समायोजन नगरिएको उनको भनाइ छ। शिक्षकहरूलाई सरुवा गर्नुको सट्टा रित्ता विद्यालय रुँगाएर जनप्रतिनिधिले राजनीतिक संरक्षण गरिरहेको पाइएको छ। करार, राहत शिक्षक र कार्यालय सहयोगीको रोजगारी जाने भएका कारण पनि कतिपय विद्यालय समायोजन नगरिएको जनप्रतिनिधिले बताएका छन्। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस