काठमाडौं वैशाख ५ (नागरिक)- प्रधान सेनापति रुकमाङ्गद कटवालले ओखलढुङ्गाको बर्णालु र रुम्जाटारमा निर्माण सकिएको करिव ६ किलोमीटर मोटर बाटोको शनिबार उद्घाटन गरेका छन्। रुम्जाटारस्थित भगवति युवाक्लवको सक्रियतामा तथा नारायण बहादुर गुरुङको स्मृतिमा उनका परिवारको आर्थिक सहयोगमा निर्माण भएको उक्त 'नारायणबहादुर गुरुङ स्मृति मार्ग' को निर्माण पश्चात ओखलढुङ्गाको सानीटारदेखि डाँडावारी ठूलो ढिक बुढाटोल हुँदै जिल्ला अस्पतालसम्म जाने बाटो जोडिएको छ।
उक्त क्लवको योगदानको सरहाना गर्दै प्रधानसेनापतिले सो क्लबलाई पच्चीस हजार रुपैयाँ सहयोग गरे।
उक्त क्लवको योगदानको सरहाना गर्दै प्रधानसेनापतिले सो क्लबलाई पच्चीस हजार रुपैयाँ सहयोग गरे।